संविधानसभाको म्याद छ महिना थप्ने सहमति,६ बुँदे सहमति-पूर्ण पाठ सहित

काठमाडौ, मंसिर १३ – ब्यवस्थापिका संसदको बैठकमा ब्यवस्थापिका संसदले आन्तरिम संविधानको संशोधन गरी मंगलबार संविधानसभाको म्याद छ महिना थपेको छ । यो चौथों पटक म्याद थपिएको हो ।

ब्यस्थापिका संसदमा भएको मतदानमा उपस्थित ५०८ सभासद् मध्ये ५०५ ले सरकारले प्रस्तुत गरेको संविधानसभाको म्याद थप सम्बन्धि संविधानसंशोधन प्रस्तावको पक्षमा मतदान गरेका थिए भने विपक्षमा तीन मत परेको थियो । उक्त तीन मत राष्ट्रिय प्रजातान्त्र पार्टी नेपालको हो ।

यसअघि मंगलबार बिहान मधेसी मोर्चासहितका माओवादी, काँग्रेस र एमालेको बैठक बसी छ बुँदे सहमति गरेर संविधानसभाको म्याद छ महिना थप्ने सहमति गरेको थियो । सर्वोच्च अदालतले एक पटक भन्दा बढी म्याद नथप्न आदेश गरेकाले यही समयसीमा भित्र संविधान जारी गर्नु पर्ने बाध्यात्म परिस्थिति रहेको छ । 

चार दलवीच मंगलबार भएको ६ बुदे सहमति
२०६८ साल कार्तिक १५ गते भएको सात बुँदे सहमतिलाई प्रगति र कार्यान्वयन गर्दै शान्ति प्रक्रिया निष्कर्समा पुर्उन र संविधान निर्माणकोलागी चार दलवीच निम्नाअनुसारको सहमति भएको छ ।
१. कार्तिक १५ गते भएको सहमति अविलम्ब पुरा गर्न शान्ति प्रक्रिया र संविधान निर्माण कार्यलाई समयमै सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गर्दछौ ।
२. सात बुँदे सहमतिमा मंसिर ७ गते सम्म गर्नु पर्ने भनि भएको सहमति लाई मंसिर मसान्तसम्म पुरा गर्ने ।
३. सहमति कार्यान्वयन र काम सम्पादनको समिक्षा गर्न प्रत्येक साता शिर्ष नेताहरुको बैठक बस्ने ।
४.२०६८ साल मंसिर २० गतेभित्र संबैधानिक समितिबाट संविधान निर्माणको कार्यतालिका निर्माण गर्ने । राज्यपुर्नसंरचना आयोगको पहिलो बैठक बसेको दुई महिनाभित्र पुर्नसंरचनाको स्वरुप सहितको प्रतिवेदन तयार पार्ने
५.अविलम्ब राष्ट्रिय सरकार गठन गर्ने
६. संविधानसभाको म्याद ६ महिना थप गर्ने
…………………                    …………………….    ……………    
पुष्पकमल दाहाल प्रचण्ड           शुशिल कोइराला      झलनाथ खनाल
अध्यक्ष एनेकपा माओवादी    सभापति नेपाली काग्रेस  अध्यक्ष नेकपा एमाले

        ………………………..
             विजयकुमार गच्छदार
            संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा

रहेनन् सम्पादक खत्

कारले साइकललाई ठक्कर दिंदा रुपन्देहीको सालझण्डीमा सोमबार एक पत्रकार सहित दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।
कारमा सवार कारोबार दैनिकका समाचार सम्पादक ३५ वर्षे विजयबाबु खत्री र साइकल चालक सालझण्डी ४ का ४० वर्षे पुर्ण बहादुर थारुको मृत्यु भएको हो । काठमाडौंमा लामो समयदेखि पत्रकारिता पेसामा लागेका खत्री रुपन्देही करहीया गाविस ३ का स्थायी निवासी हुन् ।

थारुको उपचारकालागि ल्याउदै गर्दा बाटोमा र पत्रकार खत्रीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । पश्चिमबाट पुर्वतिर आउदै गरेको बा.७. च ५९२ नम्मरको कारले अपरान्ह ४ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत सालझण्डीमा साइकललाई ठक्कर दिएपछि बचाउन खोज्दा दुर्घटना भएको थियो । दुर्घटनामा परी लमजुड गाउंशहर ६ का २५ वर्षे लीला घिमीरे, काभ्रे देवपुरकी २३ वर्षे राधिका ढकाल र झापा सुरुड. २ का ३० वर्षे विआर आचार्य घाइते भएका छन् ।

पहिलो डिभिजनमा लडाकुको पुनर्बर्गीकरण

चुलाचुली÷ ईलामको चुलाचुली स्थित माओवादी लडाकुको पहिलो डिभिजनमा लडाकुको पुनर्बर्गीकरण कार्य सोमबार सकिएको छ । तर पुनर्बर्गीकरण कार्यमा ४ सय भन्दा बढि लडाकु अनुपस्थित रहे । ति लडाकुहरु कहाँ गए भन्ने यकिन तथ्याङ्क भने आउन सकेको छैन ।
१० दिन अघि सेना समायोजन बिषेस समिति सचिवालयका बिज्ञहरु सहितको टोलीले पहिलो डिभिजनका १ हजार ५ सय १ लडाकुको पुनर्बर्गीकरण गरेको हो । पुनर्बर्गीकरण गरिएका मध्ये सबै भन्दा बढि लडाकुले सेना समायोजनको बिकल्प रोजेका छन् । पहिलो डभिजन मुख्यालय र माहतहका सहायक शिविरका ७ सय ८७ लडाकुले नेपाली सेनामा समायोजन हुने बिकल्प रोजेका हुन् । ति मध्ये ८५ जना महिला रहेका छन् । यसै गरि ७ सय १४ जना लडाकुले स्वेच्छिक अवकास लिने निर्णय गरेका छन् । अवकास लिने मध्ये २ सय १६ महिला रहेका छन् । पहिलो डिभिजन मातहतका कोहि पनि लडाकुले पुनस्र्थापनाको बिकल्प नरोजेको पुनर्बर्गीकरणमा खटिएका बिज्ञहरुको टोलीका प्रमुख डा। शम्भुराज िसंखडाले जानकारी दिए

ुलिम्बूवान प्रत्याभुत गरिनु पर्छु

११ मंशिर
बिराटनगर÷ माच सम्बद्ध संघिय लिम्बूवान राज्य परिषदका केन्द्रिय अध्यक्ष कुमार लिङ्देनले अव बन्ने संविधानले स्वायत्त लिम्बूवान राज्यको प्रत्याभुत गर्नु पर्ने बताएका छन् ।
शनिवार बिराटनगरमा संगठनले गरेको आमसभालाई सम्बोधन गर्दै उनले अव बन्ने संविधानमा सवै जात जातीले आफ्नोपन पाउनु पर्ने बताए । संघियता बिरोधी गतिविधीहरु अझै पनि नरोकिएको उल्लेख गर्दै उनले त्यसको प्रतिरोधका लागि आफ्नो संगठन तयार भएको उनको भनाई थियो ।
कार्यक्रममा संघिय लोकतान्त्रिक राष्ट्रिय माचका महासचिव खगेन्द्र माखिमले हालै बनेको राज्य पुनस्रंरचना आयोगले वर्षौ देखि उपेक्षित जाति-जनजातीको संवेदनशिलता बुझ्न आवश्यक रहेको बताए । कार्याक्रममा परिषदका बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ् द्वितिय उपाध्यक्ष ज्ञानबहादुर ईम्बुङ् महिला बिभाग प्रमुख शान्ता योङ्हाङ् बुद्धिजिवी परिषदका सायोजक भानु भट्टराई लगायले बोलेका थिए ।

ुनेभ्लाुको स्थपना दिवश

११ मंशिर
केर्खा÷ नेपाल पाराभेटेरीनरी एण्ड लाईभष्टक एसोसिएसन नेभ्ला ले शुक्रबार देशभर बिभिन्न कार्यक्रम गरी आफ्नो २२औं स्थापना दिवस मनाएको छ ।
ूदिगो विकास एवम् समृद्ध नेपाल निर्माणमा पशु बिकास को आवश्यकता प्रविधि र प्राविधिक जनशक्तिको सकि्रयता आजको अपरिहार्यताू भन्ने मुल नाराका साथ नेभ्लाले स्थापना दिवश मनाएको हो ।
यसै अवसरमा नेभ्ला जिल्लाकार्य समिती झापाले महेशपुरमा पशुहरुका निशुल्क भ्या_िक्सन लगाएको छ । सो अवसरमा ४ सय ५० पशुलाई एच।एस एण्ड बि क्यु भ्या_िक्सन लगाएको नेभ्लाका झापा जिल्ला अध्यक्ष रुद्र कटुवाले बताए । सो अघि बिभिन्न प्लेकार्ड सहितको मोटरसाईकल र् याली समेत गरिएको थियो ।

मंगलमयमा राई

९ मंशिर
लखनपुर÷ लखनपुर-१ स्थित मंगलमय उच्चमाविको व्यवस्थापन समिति अध्यक्ष हुकुमिसंह राई निर्विरोध निर्वाचित भएका छ् ।
शुक्रबार विद्यालयमा भएको कार्यक्रममा निर्वाचन समितिले अध्यक्ष सहित ३ जना सदस्यहरु निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । निर्वाचन समितिका संयोजक फणिन्द्र खत्रीले व्यवस्थापन समितिका सदस्यहरुमा धनप्रसाद तिवारी इन्द्र राई र पदमकुमारी राई को नाम सार्वजनिक गरेका थिए ।
व्यवस्थापन समितिको शुक्रबार नै बसेको बैठकले रघुनाथ पोखरेल पुष्प भट्टरँई र अतिनलाल राजवंशीलाई सदस्यमा मनोनित गरेको छ । समितिमा सदस्य सचिव प्राचार्य ओमप्रसाद खनाल रहेका छन् ।
निवर्तमान समितिका जेष्ठ सदस्य पदमकुमारी राईको अध्यक्षतामा भएको कार्यक्रममा लखनपुर गाविसका सचिव टेकबहादुर कार्की स्रोत व्यक्ति सूर्य सापकोटा विद्यालयका पूवर््ा अध्यक्षहरु युवराज खड्का र प्रमोद दाहाल सामाजिक अगुवा दिलिप राई ऋषिकेश सुवेदी पारसमणि राई विवेक मिश्र एकीकृत नेकपा माओवादीका रविन गुरु¨ नेपाली कांग्रेसका बालकृष्ण गौतम नेकपा एमालेका मणि भण्डारी माच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का भीम राई संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका गणेश आङ्देम्बे लगायतको उपस्थिति रहेको थियो ।

फलफूल वितरण

९ मंशिर
दमक÷ लैि¨क िहंसा विरुद्धको अभियानका अवसरमा अखिल नेपाल महिला संघ दमक नगर कमिटीले शुक्रबार बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।
नगर कमिटी अध्यक्ष सुमित्रा प्रसाईको अध्यक्षतामा नयाँ आम्दा अस्पताल खरखरेका बिरामीलाई फलफूल वितरण गरिएको हो । बिरामीहरुलाई अनेमसंघ नगर सचिव लिला ढु¨ेल नेकपा एमाले क्षेत्रीय कमिटी सदस्य महेन्द्र खड्का नगर अध्यक्षँ अम्बिका खनाल नगर सदस्य भक्ता दाहाल अनेरास्ववियु क्याम्पस विशेष जिल्ला कमिटी उपाध्यक्ष दिपेश दाहाल लगायतले फलफूल वितरण गरेका थिए ।

थालियो महोत्सवको तयारी

९ मंशिर
दमक÷ आगामी मंसिर १६ गते देखि हुने प्रथम ऐतिहासिक तोपगाछी महोत्सव २०६८ को तयारी पूरा तिव्र पारिएको छ ।
महोत्सवको तयारीका लागि बजार तथा चोक सरसफाई थालिएको छ । बजारमा छाडा चौपाया नछोड्न प्लाष्टिक तथा फोहर नफाल्न लगायतका आग्रह गर्दै झापा उद्योग वाणिज्य संघ तोपगाछी शाखा स्टार क्लव मेची युनेस्को क्लव लगायतले माईकिङ तथा मोटरसाईक र् याली गरेका छन् । झापा उध्योग वाणिज्य संघ शाखा तोपगाछीको आयोजना तथा तोपगाछी गाविस मेची युनेस्को क्लव सृजना क्लव स्टार क्लव सह-आयोजक रहेको महोत्सवमा नमूना मूल कृषक समूह र नेपाल आदिवासी जनजाति महासंघ इकाई तोपगाछीको प्राविधिक सहयोग रहने छ । यसैगरी महोत्सवलाई व्यवस्थापन गर्ने जिम्मा कोर्खा बजार व्यवस्थापन समितिको रहेको छ ।
आगामी २०६८ साल मंसिर १६ गते देखि पुष ३ गते सम्म साचालन हुने महोत्सवमा विभिन्न खाद्यवस्तु तथा सेवाहरुको एकै स्थलमा प्रदर्शन गरिने स्थानीय वस्तु तथा सेवाको बजार प्रबदद्धन गर्नुका साथै उद्योगी व्यवसायीलाई प्रोत्साहान गर्ने उत्पादक र उपभोक्ताबीच राम्रो सम्बन्ध स्थापित गर्ने कृषि पेशालाई व्यवसायिक बनाउन अभिप्रेरित गर्ने व्यवसायिक चेतना अभिवृद्धि गर्ने सूचना प्रविधि सम्बन्धी जानकारी गराउने पर्यटन शिक्षा र स्वास्थ्य क्षेत्रको अवसर खोजी गर्ने तोपगाछी गाविसलाई प्लाष्टिक मुक्त क्षेत्र बनाउने लगायतका उद्देश्य रहेको महोत्सव साचालन उप-समितिका सचिव प्रदीप राईले जानकारी दिए ।
एक लाख दर्शक भित्र्याउने र ३ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिइएको महोत्सवमा बिभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ । महोत्सवमा चौधरी ग्रुप्सले मूल प्रायोजकको भूमिका निर्वाह गर्ने जनाइएको छ ।

ुगाँठोु को उक्ति जस्तै हाम्रो राजनीित

कमन देवान
एउटा प्रख्यात चीनिया उक्ति छ । त्यहाँ कुनै सक्षम एक जना सम्राटले यस्ता सिपालु र पेशेवर मानिसहरु भेला गरे कि उनीहरु मध्ये एक थरीले डोरीको गाँठो बनाए र अर्का थरीको जिम्मा गाँठो फुकाउने तोकियो । सम्राट उनका साम्राज्यका उच्च ओहदाका हर्ताकर्ता भित्रिया बाहिरीया समेतले त्यो गाँठो पार्ने र फुकाउने कामलाई खेल तमासाकै रुपमा लिए । गाँठो बनाउने समूहले यति बलियो गाँठो कस्यो कि फुकाउने समूहका लागि त्यो असम्भव प्राय थियो । उनीहरु गाँठो फुकाउने काममा जति तल्लिन भएर लागे जति श्रम जक्ति र प्रयत्न गरे । तिनको लगाबलाई सम्राट र उनका आसेपासेहरुले बढी रमाइलो तमासाका रुपमा आनन्द लुटे । एकपछि अर्को इनामको हवाला दिँदै उक्स्याए । तथापि यथार्थमा गाँठो पार्ने र फुकाउने त्यो तमासाको औचित्य भने कहिल्यै पुष्टि हुन सकेन । त्यो कुनै ठोस उदाहरणका लागि वा उपलब्धिका लागि गरिएको÷गराइएको काम थिएन । केवल आनन्द लिने मनशायबाट शासनको दम्भले शासितहरु माथि लादेको हुकुमको परकाष्ठ मात्र थियो ।
असरल्ल बसाईको यो शृङ्खलामा यस्तै तुकबिनाको संस्कारलाई इंगित गर्ने प्रयत्न यसरी शुरु गरियो है त –
नेपाली राजनीतिको इतिहास विकास धरातल हैसियत उचाई उपलब्धि नोक्सानी फाइदा बेफाइदा आदि इत्यादि बखानहरु लेख्ने कार्य यति नै भए भनेर जोख्ने-तौलने सामथ्र्य कमैसँग मात्रै होला । तथापि बाङ्गो ढङ्गले सोझो बुझाईमा नेपाली राजनीतिको साख हिजो पनि शून्य र आज पनि शून्यकै हाराहारीमा छ भन्दा पाप नलाग्ला । मूलनः २००७ को राणा विरोधी क्रान्तिपछि प्राप्त प्रजातन्त्र ढुङ्गे युगका मानिसलाई अन्तरिक्ष यात्रा गर्ने रकेट प्राप्त भएकै जस्तो निरर्थक उपलब्धि थियो । किनकि नेपाल युगौँ अघि प्रजातन्त्रको अर्थ परिभाषा र विशेषता बुझ्ने युनानी समाजको तुलनामा अझै पनि पछाडी छ । त्यस लगत्तै १० वर्षको पूरा समय नगुज्री राजा महेन्द्रले प्रजातन्त्र माथि पाचायति ुकु गरेर ३० वर्षे चानचुन समय राजा-प्रजा युगमै धकेलिदिए । तथापि नेपाली राजनीति भित्र १० वर्षे सङ्कटको छनक २०२७ र २०३७ सालमा पनि देखिएकै हो । २०४६ जनआन्दोलन मार्पुत २०४७ मा पूर्णतया राजा महेन्द्रको पाचायती विरासत भत्किएकै हो । त्यसपछि पुनः प्रजातन्त्रका नाउँमा जे-जति सत्ताका फोहोरी खेल भए अन्ततः २०५८ मा तिथी मिति घटबढ भएर पनि प्रतिगमन दोहोरिएकै हो । त्यसबीचमा २०५२ मा माओवादीले शसस्त्र विद्रोह थाले पनि ०५८ पछि नै उसको सैन्य सत्ता तिव्रगतिले आक्रामक ढङ्गमा अघि बढ्यो । २०६२÷०६३ को जनआन्दोलन पछि मुलुकको मुहार फेरिएको व्याख्या र विश्लेषण सुन्दा एकैछिन आनन्द लाग्नु बेग्लै कुरो हो । तथापि २०४६-०६८ को २२ वर्षे कालखण्डलाई हेर्दा मुलुक र जनताले प्राप्त गरेका ठोस उपलब्धि देखिदैँन ।
२०४८-०६८ सम्मको २० वर्षे अवधिमा निर्वाचित मनोनित गरी संसदीय व्यवस्थाकै आडमा २१ ओटा सरकार बनेका छन् । यसर्थ जनता उधुम अन्योलमा परेका छन् । नेपाल अधिराज्यको संविधान २०४७ ले संसदीय व्यवस्थामा ५ वर्षे आवधिक निर्वाचन प्रणालीको व्यवस्था गरेको हो कि १ वर्षे समग्रमा २० वर्षको अवधिमा २१ सरकार गठन भएको मुलुक आर्थिक राजनीतिक सामाजिक विकास निर्माण शिक्षा स्वास्थ्य रोजगारी शान्ति अमनचयन लगायतका क्षेत्रमा कति फड्को मार् यो यो विषय कहिल्यै खोजी र निन्दाको विषय बनेन । २१ ओटा मन्त्री मण्डल फटाएको नेपाली राजनीतिले कुल ९ सय ६८ जना मन्त्री राज्यन्त्री र सहायक मन्त्रीहरुको नियुक्ति दिने सेवासुविधा बाँड्ने काम देखि संसद्मा रातो पासपोर्ट र सुत्केरी भत्ता समेत बाढ्यो । विभिन्न संस्थान आयेाग नियोग बोर्ड विश्वविद्यालय लगायतमा निकायहरुमा कार्यकर्ता भर्तीको सभ्यता विकास गर् यो । घुस कमिसन सोस्र र फोस्रको विकास गर् यो । तथापि यी सबै भन्दा बग्रेल्ती चाँही शिक्षित बेरोजगारहरु उत्पादन गर् यो । मुलुकमा काँशी जादैँ मुख धोएर आउने मन्त्रीहरुको फेहरिस्त पनि सूचिकृत गर्दा लामै लस्कर बन्ने पक्का छ । ुविजेखु टिम अहिले फुटे पनि खुम बहादुर खड्का बाहेकका टिमका अन्य दुईजना अहिले पनि सरकारमै छन् । ुविजेखु टिमलाई छाडेर मुख धुँदै र दौरा सुरुवाल फेर्दै पटक-पटक मन्त्रीको सपथ लिनेहरुमा रामशरण महत हृद्वेस त्रिपाठी मदन्ता ठाकुर कमल थापा पशुपति समशेर जबरा हुँदै ओरालिन्छ यो क्रम । अहिलेको सरकारलाई ऐतिहासिक मान्नु पर्छ । हामी वित्थामा विरोध गर्न उद्धत छौँ । शेरबहादुर देउवाको २०५२ ताकाको ४८ सदस्यीय मन्त्री मण्डलको किर्तिमान तोड्ने गणतन्त्र राज्य व्यवस्था प्राप्त भए यताकै जम्बो ४९ सदस्यीय मन्त्री मण्डल हो यो जसको मासिक पालन भरण खर्च मात्रै १ करोड बढी छ । संसदीय राज्य व्यवस्थाको इतिहासमै ६९ पटकको मन्त्री मण्डलपछि बनेको यो किर्तिमानी सरकारका प्रधानमन्त्री डा। बाबुराम भट्टराईको मासिक खर्च ८ लाख मात्रै हो । उहिले राजामहाराजाका पालामा तिनले गरेका खर्चको हिसाब किताब खोज्न राख्न टिक्का टिप्पणी गर्न पाइन्नथ्यो । अहिले त सबैले सबैका ’bout सोधिखोजी गर्ने सबैले सबैको गाजी भर्ने लोकतन्त्र प्राप्त भएको छ । मुलुकको सुशासन अग्रगमन संविधान विकास उन्नति प्रगति आदि विषय नेताका भाषण र पार्टीका घोषणापत्रका लागि आवश्यक मसला हुन् । तिनको व्यवहारमा कार्यान्वयन हुनै पर्ने बाध्यकारी नियम लोकतन्त्रमा बन्न सक्दैन । त्यस्तो हुने भए लोकतन्त्रिक मूल्य मान्यतामा ठेस पुग्छ ।
२० वर्षे राजनीतिक विकास क्रमले धनीलाई धेरै माथिल्लो उचाई दिएको छ । गरीबलाई अझ तल झारेको छ । क्यावाद ! असर त स्पष्ट छ छँदैछ नि भारतीय टाटा चियाको विज्ञापन जस्तै । मुलुक समृद्धितर्पु उन्मुख छ त्यसको पनि उदाहरण छ । मुलुक र जनताले के पाए भन्दा पनि राजनीतिक दलका नेता र तिनका आउरेबाउरेले के पाए महत्वपूर्ण्र विषय यो हो । एवम् प्रकारले मुलुकको राजनीति संस्कार भन्दा गलत ढङ्गले चलेको छ । राजनीतिको उत्कर्ष विन्दु सत्ता हो । निश्चय पनि तर जुन सत्ता राजनीतिक संस्कार भन्दा गलत तरिकाले चलेको छ त्यसको राजनीतिक संस्कार भन्दा अथवा उठाना व्याख्या गरिएको उक्ति भैष निरर्थक खेल भएको छ नेपाली राजनीति ।

पूर्वी मोरङमा काठ तस्करी बढ्दो

७मंशिर
उर्लाबारी÷ पछिल्लो समयमा पूर्वी मोरङका सामुदायिक वनबाट तिब्र रुपमा काठ तस्करी हुने गरको पाईएको छ ।
तस्करीमा संलग्न इलाका बन कार्यालय उर्लाबारीमा अहिले ट्याक्टरसहितका सवारी साधनको लाम रहेको छ । को।१ ख १७३८ नम्बरको बस को।१ च ६४९५ नम्बरको टाटा पिकअप को।१ त १६१५ को।१ त ६४९५ को।१ त ५११८ नम्बरको ट्याक्टर लगायतका आधा दर्जन सवारी साधन तस्करहरुले काठ ल्याउदै गर्दा पक्राउ गरी कार्यालयमा राखिएको छ । ति सवारी साधन पक्राउ परेपनि त्यसमा संलग्न भने फरार रहेका छन् । मोरङ जिल्लामा ५५ हजार ५ सय बन क्षेत्र रहेको छ । इलाका वन कार्यालय उर्लाबारीले दक्षिणमा भारतीय सिमाना उत्तरमा इलाम धनकुटा पश्चिममा डाँस खोला र पूर्वमा मावा खोला सम्मको करिब १५ सय हेक्टर वन क्षेत्रको संरक्षण गदै आएको रेन्जर प्रेमकुमार शाहले जानकारी दिए । मोरङको ६० प्रतिशत बनको मुद्धा उर्लाबारीले हेदै आएको र काठ राख्ने ठाउँ समेत नभएको उनले बताए । पछिल्लो समयमा काठ तस्करी बढेको कारण बरामद गरिएको काठको लिलामी प्रकि्रयामा ढिलाई हुदाँ कार्यालय मै सड्ने अवस्थामा पुगेको कर्मचारीहरु बताउँछन् । इलाका बन कार्यलयमा सवारी साधन हतियार प्रयाप्त जनशक्तिको अभाबले गर्दा तस्करी नियन्त्रण गर्न समस्या हुने गरेको इलाका बन कार्यालय उर्लाबारी प्रमुख यज्ञबहादुर थापाले जानकारी दिए । २०६५देखी २०६८ कार्तिक मसान्त सम्म ७ सय ४३। ८२ क्यूविक काठ बरामद गरिएको इलाका बन कार्यालय उर्लाबारीले जनाएको छ । पूर्वी मोरङको मधुमल्ला जाँते लेटाङ लगायत क्षेत्रका बनबाट बढी तस्करी हुने गरेको बताइएको छ ।

पत्रिका बोक्ने गाडीमा काठ
उर्लाबारी÷ पत्रिका बोक्ने गाडीलाई दुरुप्रयोग गरी तस्करीमा प्रयोग गर्ने गरेको खुलासा भएको छ ।
अन्नपूर्ण पोष्ट दैनिक पत्रिका बोक्ने को। १ च ४७०५ नम्बरको गाडीमा काठसहित मोरङको उर्लाबारीबाट पक्राउ परेपछि सो खुलासा भएको हो । पूर्वबाट पश्चिम तर्फ गइरहेको सो टाटा पिकअप गाडीमा ७।८१ क्यूबिक बत्ती काठसहित उर्लाबारी ४ का बद्री श्रेष्ठ र उर्लाबारी ८ का जिबन श्रेष्ठलाई पक्राउ गरिएको इलाका बन कार्यालयका प्रमुख यज्ञबहादुर थापाले बताए । मंगलबार बिहान पत्रिका बोक्ने गाडीसहित पक्राउ परेकालाई कानुनी कारबार्ही गरिने जनाइएको छ ।