दमकदेखि काठमाण्डौ, काठमाण्डौ देखि दमकसम्म – यात्रास्मरण –

सुमित्रा बाङ्देल चेली
क्रमागत
बालकुमारी क्याम्पस अवलोकन पश्चात केही कुरा अति राम्रो व्यवस्थित पाइयो भने केही कुरा दमक क्याम्पसको उत्तम केही कुरा धेरै सुधार गर्नुपर्ने रहेछ भन्ने बोध भयो यस्तै विषयमा कुराकानी गर्दै मनन गर्दै चितवनको बसपार्क रत्ननगर हुँदै बस पर्ूव हुइकियो साँझ निक्कै छिप्पिदाँ हामी खाना खान रोकियौँ त्यो ठाउँको नाउै मैले टिप्न भुलेको उल्लेख गर्नु सकिन खाना राम्रो थियो खाना खाँदै गर्दा एकजना युवकले मलाई चिन्नु भएनभन्ने प्रश्न राधिका गुरुमासँग राख्यो चिने तिमी यहाँ भन्ने प्रश्नको जवाफमा यही छु मेडम यो होटल हाम्रै हो भन्ने जवाफ दियो खानपानमा अलि कियर पनि गर्यो खाना खाएर बाहिर निस्कँदा एकजना अधबैसेँ मान्छे नमस्कार पनि झापाली गौरादहको हुँ नि भन्दा नभन्दै प्राध्यापक डिल्ली सरले वहाँ मेरो साथी सहपाठी १६ वर्षा भेट भएको भन्नुभयो निक्कै विशाल तले भवन कठ्ठा जग्गा पनि जोरेकेा छु भनेर उक्त होटलमालिकले जानकारी गरायो त्यसो पो पर एउटा ठाउँमा खाना खानुपर्छ साह्रै राम्रो हुन्छ भन्नु हुदैँथ्योभनेर मैले थपे हामी सबै हाँस्यौ अलिवर उभिएर मनन गरे दुवै सहपाठी, साथी, एकजना होटल मालिक करौडो आर्जन गर्न सफल व्यक्ति अर्का क्याम्पसका प्राध्यापक सामान्य जीवनचर्चा को ठूलोमनले तर्क दियो प्राध्यापक ठूलो, जो सम्पत्ति करौडौँ नभएता पनि विद्वान, हजारौँलाई बाटो देखाउने पथप्रदर्शक, समाजमा आफ्नो विशिष्ट पहिचान यस विषयमा गुरुमासँग पनि कुरा गरे वहाँ मेरो तर्क सुनेर हाँसी मात्र रहनुभयो कुनै प्रतिक्रिया दिनु भएन
अब १२ को बीचमा घर पुगिन्छ भन्ने अड्कलवाजी गर्दै गाडी चढियो गाडी गुड्न लाग्यो यात्राले थकित शरीर तातो खाना पाएपछि के चाहियो निन्द्रादेवीको काखमा लुटपुटियो सरहरु पछाडिपट्टी निक्कै गाउने, नाच्ने अन्ताक्षरी खेल्ने केके गर्दै हुनुहुन्थ्यो निन्द्राले वोझिल भएको आँखाको ढकनी उघ्रिएन गहिरो निन्द्रामा परिएछ एकैचोटी बर्दीबासमा ब्युझिँदा पो अगाडी बाटो बन्द भन्ने थाहा भयो गुडिरहेको गाडी रोकिएपछि गहिरो निन्द्रामा यति सुतियो कि गुरुमाले बाहिर जाऔँ भनेर उठाउनुहुँदा पो ब्युझिँए सडकभरी मान्छेहरु पोकापन्तरा बोक्दै, बालबच्च च्याप्दै डार्याउँदै दोहोरीलता हिडिरहेँ यस्तो लाग्दथ्यो सडकसडक नभएर मानव नदी हो बसको सिटमा कोचिएर झयालभरीको संसार आँखाले भ्याएसम्म नियाल्दा वरिपरी जङ्गल छन् अगाडि लमतन्न सडक सडकभरी मान्छेको ताँती उज्यालो भएपछिको क्रियाकलाप हुन् यी रातमा गहिरो निन्द्रामा परिएकाले कल्याङपल्याङ आवाजहरु सुनेको सम्म याद राती सरहरु अगाडि के भएको रहेछ भनि हेर्नलाई जानुभएछ त्यहाँ ठूलो रुख उत्तरबाट दक्षिणतर्फ आवगमनमा अवरोध पुग्ने गरी लडाइएको रहेछ पन्छाउन के हल्लाउन पनि नसक्किने रहेछ भन्नुहुन्थ्यो सरहरु जङ्गलको ठाउँ, माघको मौसम ढपक्क पाट लागेको बन्द बन्द के को बन्द अनभिज्ञ छौँ गाइगुर्इ कुरा बुझदा कर कार्यालय स्थापनाका लागि स्थानीयवासीले बन्द गरेका रहेछन् घाम लाग्ने छेकछन्द छैन बन्दकेा मारमा र्सवसाधारण जनता पिल्सिएकै हुन् हुन बन्दकर्ताको निम्ति त्यो बन्द जायजै होला तर हामी यात्रुलाई पर्न पीर परेको काम बित्छबित्छ बन्द हड्तालमा जाममा, पर्नु मान्छेलाई अति नै पट्यारलाग्दो सकसपूर्ण हुन्छ बिहानको १० बज्न लागिसक्यो हातमुख धुनु पाइएको होइन यसो तातोपानी खान पाइए पनि जीउमा स्फूर्ति आउथ्यो अब यसरी बसेर हुँदैन यसो चारोको व्यवस्था गर्नुपर्छ भन्ने आसयले सल्लाह गरी बस चालक कन्डक्टर बाहेक सबै लाग्यौँ अगाडि तर्फ हिड्दै जाँदा देखियो अजङ्गकोयुकिप्लीट्स) मसलाको रुख सडक बीचमा पसारिएको रहेछ त्यसलाई नाघ्दै अघि बढ्दा सडकभरी टायरको कालो ध्वाँसो चुलोहरु टायरको अवशेषहरु टायरको एकप्रकारको नमिठो गन्ध वातावरणभरी फैलिरहेको सडक विरुपता प्रदर्शन गरी विवशताको आँखा पल्टाइरहेको हामी निक्कै हिडेपछि परिदृष्यमा दुर्इ चारघरहरु आए एउटा निक्कै भव्य पछि घर सायद होटल हुनुपर्छ हामी त्यता नलागी त्यसको नजिकै सानो झुप्रो चियापसल तर्फ लाग्यौँ त्यहाँ पुगेर अलि पर शौचालय धारामा हातमुख धोई चिया, भुजा पकौडा खाइयो बन्दले गर्दा चिया नास्ता पनि हारालुछ विक्री भइरहेको मधेसी मूलको पसलपाल्नीलाई सोद्धाहिजो झडपै भयो भन्ने जानकारी पाइयो चिया गफमा सुनिन्थ्यो निक्कै महिलाहरुलाई सशस्त्रले कुटे वास्तविकता के थियो खोतल्ने जमर्को गरिएन कारण हामीलाई कसरी घर पुग्ने भन्ने चिन्ताले गाँजेको थियो चिया नास्ता पश्चात सरहरु अखिलेश्वरलाल दास, भवकृष्ण खतिवडा, खड्गपकुवाल तीन) जना पैदल हिडेर बन्दप्रभावित क्षेत्र पार गरी गाडी चढेर घर पुग्ने अठोटमा बाटो लाग्नुभयो बाँकी हाम्रो हुल लाग्यौँ बर्सतर्फ बन्द खुल्छ कि भन्ने आशामा प्रतिक्षा गर्दै समय बिताउन थाल्यौँ
निक्कैबेर छलफल पछि सरहरु हामी सबैले बस ब्याक गरेर दक्षिणतर्फको .१० किलोमिटर पार गरी ढल्केवर निस्कने सल्लाह भयो यर्सथ बिहानको ११ः३० बजे गाडीहरुको ताँतीको मुखमा रहेको हाम्रो बस मोडेर लाग्यौँ जलेश्वर तर्फ मनभरी विभिन्न आशङ्काहरु यथावतै थिए जलेश्वर बन्द भन्थे कोही हैन बन्द हुने अवस्था भन्थे कोही दाँयाबाँया नहेरी अघि बढौँ भन्दै बस अघि बढ्यो अब शुरु भयो नौलो ठाउँ नौलो परिवेशको कौतुहलपूर्ण यात्रा हामी जङ्गलैजङ्गलको यात्रा पार गर्दै अघि बढीरहृयौँ बाटामा बाँदरहरुको हुल उखुको लाग्राचिनी बनाउने) लादिएको टयाक्टर, गोरु गाँडाहरु भेटिए जङ्गल पार गरेर क्रमश घरहरु भेटिन थाले झिँगटिले छाएको एकनासको कच्ची घरहरु कतै माटोले लिपेर चिल्लो पारिएको भित्ता भित्तामा परम्परागत मिथिला चित्रहरु आँगनभरी  गाई, भैँसी, बाख्राहरु, गोबरबाट बनाइएका उपलेजो दाउराको रुपमा प्रयोग गरिन्छ) को थाक, गोबरको गन्ध, धुर तापेर बसेका आईमाई, केटाकेटी वृद्धवृद्धाहरु आँप, उखुका रुख बगानहरु, खेतका आलिमा झपक्क फलेर लर्किएका रहरका बोटहरु एकप्रकारको रमाइलो ग्रामीण वातावरण, यहाँनेर के स्पष्ट पारुँ भने गाउँमा जन्मी हुर्केकी मान्छे गोबरको गन्ध एकप्रकारको मिठो लाग्दछ मलाई गोबरले लिपेको घर पनि राम्रो लाग्दछ मलाई भन्न सक्दिन यो कुन खालको मेरो आत्मीक नाता हो यो गोबर माटोसँगको यस्तै कुराहरु गम्दै दृष्यहरु नियाल्दै घुर तापिरहेका मानिसहरु देख्दा मलाई साहित्यकार भवानी भिक्षुको सम्झना आयो उनको हारजित कथामा घुर तापेको प्रसङ्ग अझ घुरमा हरियो चनाको कोसा पोलेर खानेचनाको होरीभन्ने प्रचलन तर्राई क्षेत्रमा रहेको काँचो चना घुरमाआगो) पोलेर खानाको स्वाद कतै पाइन्न रे त्यही कथामार्फत तर्राईको जनजीवन प्रति ज्ञान एकप्रकारको आकर्षा पलयो मा जो यथावतै
क्रमश अर्को साता.

दमकदेखि काठमाण्डौ-काठमाण्डौदेखि दमकसम्म – यात्रा स्मरण

सुमित्रा वाङ्देल चेली
क्रमागत…
“सहयात्री साथी बबिता जीले पक्कै केही हराउनु भएको थियो ” भन्ने प्रश्न राख्नु भएता पनि केही होइन त्यस्तो पछि यात्रा स्मरण पढ्नुहोला नी त्यहाँ लेख्नेछु भन्ने जवाफ दिए । नौबिसेमा खाजा खाएर चितवनमा खाना खाने भन्ने कुरा आएता पनि हामीले मलेखुमा खाना खाने नास्ता नखाई जाऔँ भन्ने कुरामा जोड दियौँ । तसर्थ मलेखुमा झापाली भोजनालयमा खाना खाने निर्णय गरी मलेखुमा बस बिसाइयो । खाना खाने समय टर्न लागेकाले होटलमा खाना रहेनछ हतार-हतार खाना पकाइयो । खाना पाकुाजेल यसो सलाद खाँदै समय काटियो । धेरै चर्चा सुनेको ूमलेखुको माछाू आज चाख्ने मौका मिल्यो । प्रत्येक दोकानमा अगाडि चुल्होमा आगो बलेको छ । चुल्होमा खाना पकाइन्छ र पस्केर दिइन्छ । अरु होटलमा भित्र वा पछाडिपट्टि चुल्हो हुन्छ । होटलहरुको अनुगमन अभयिान टि।भी। बाट देख्दा होटलमा खाना खान अमन हुन्छ । तर यसरी आँखा सामु पकाएर पस्केको खाना राम्रो हुन्छ । त्यसैले मध्यान्हको भोको पेट मलेखुको स्वादिलो माछासँग भरपेट खाइयो ।
हुन त कुरा मलेखुको माछा त्रिशुली नदीको होइन सबै बाहिरबाट आयात गरिएका तथापि त्रिशुलीको मानेर खाँदा मिठो स्वादिलो लाग्दो रहेछ । खाना खाइवरी लागियो बाटो हामीलाई चितवनको बालकुमारी कलेज पुगेर त्यहाँको केही कुरा बुझ्नुथियो । अवलोकन गर्नु थियो । त्रिशुली नदीका किनारै-किनार बस कुदिरह्यो । हामी झ्यालभरीको संसार नियाल्दै हिँड्यौ । बारीपारी अजङ्गको पहाड बीच-बीचमा केही पातला झुप्राहरु भिरालो जमिनमा खोरिया फाडेर खेती गर्ने प्रचलन वारीपट्टि झिलीमिली यातायातको साधन नदी पारी भिरालो पाखोमा सकसले टासिएका झुप्रा घरको दारुण तस्वीर तुइन चढेर जोखिमपूर्ण यात्रा गरिरहेका विद्यार्थीहरु कतै भारी बाकेर तुइन तर्न लागेका मानिसहरु देख्दा राधिका गुरुमा भन्नुहुन्थ्यो ूसुमित्रा जी विराटनगरबाट प्लेन चढे पछि केही बेर मै पहाड शुरु हुन्छ र पहाडै पहाडमा अन्त्य हुन्छ । तराई भू-भाग त १७% मात्रै हो । नेपालको विकासको बाधक भौगोलिक बनावट पनि हो । हेर्नुस त ! एकपहाड पछि अर्को पहाड पत्रै पत्र उभिएको छ । झ्यालबाट तन्किएर हेर्दा घाम जत्ति कै उर् यो देखिन्छन् पहाडहरु ता पनि मानव वस्तीको झल्को देखिन्छ मसिना धागाजस्ता गोरेटोहरु खोरिया फाँडेर खेती लाएको पाखो वारी कोलाको बोटहरु म मनमनमा गम्थे आहा ! मेरो इलाम कति राम्रो छ न त्यहाँ अक्करिला अजङ्गका पहाडहरु छन् न सुख्खा रुखा जमिनहरु अनि तत्कालै सोद्धथे गुरुमा इलाम पुग्नुभएको छ वहाँ भन्नहुन्थ्यो ूकति राम्रो छ । रसिलो छ इलाम । पानीको प्रचुरता छ ।ू हुन त आफू जन्मेको भूमि आफ्नो जननी कसलाई राम्रो नलाग्ला तीनधार्नीको गाउँ झुण्डेको भए पनि आफ्नै आमा राम्री भन्ने उखानै छ । वास्तवमा हो पनि त्यहाँका मान्छेहरुलाई सोध्यो भने त्यो रुकरुकाउँदो भीर पहरा पाखो नै राम्रो भन्लान् । यस्तै कुराहरु गर्दै वातचित मार्दै रमिता हेर्दै ३ः३५ मा पुगियो चितवनको बालकुमारी क्याम्पस क्याम्पसको आडैमा बस बिसाएर हाम्रो टोली छिर् यौँ बालकुमारीको गेट भित्र र भित्र प्रांगणमा गएर उभियो । क्याम्पस प्रमुखसँग सबैले आफ्नो परिचय दियौँ । अन्य सरहरु पनि आउनुभयो । क्याम्पस चीफले आउनुहोस् अफिसमा बसौँ भन्दै हिड्नु भो । २४ जना सरहरु उता लाग्नु भो । अरु सरहरु आएर हिँडौ अवलोकन गरौँ भन्दै अघि लाग्नु भो । गुरुमाहरु विषयसँग सम्बन्धित जानकारीका लागि एकातिर लाग्नुभो । हामी आठ दश जना पुस्तकालय द्यजः सम्बन्धि क्लास अवलोकन गर्न माथितिर चढ्यौँ । दमक बहुमुखी क्याम्पस भन्दा सानो ठाउँ तर व्यवस्थित रुपमा बनाइएका भव्य भवनहरु लाइब्रेरी साह्रै व्यवस्थित रहेछ । लाइब्रेरियन महिला कर्मचारीले देखाउनु भयो । प्रवेशकक्ष मै एउटा कम्प्युटर जडान गरिएको रहेछ । आफूलाई चाहेको सामग्री कम्प्युटर मार्फत पत्ता लगाउन सकिने रहेछ । सफा शान्त वातावरण अध्ययन कक्ष उज्यालो व्यवस्थित रहेछ । पुस्तकालय अध्ययन कक्षमा प्रशस्त प्रकाशका लागि पर्खालको धेरै भाग सिसा प्रयोग गरिएको रहेछ । चढ्ने र झर्ने सिढीँ दुईतर्पु बेग्ला बेग्लै भएको कारणले घुँइचो हुने सम्भावना नै रहनेछ । माथिल्लो तलामा द्यजः सम्बन्धी सम्पूर्ण सामग्री र संरचना तयार पारिएको रहेछ । झट्ट पस्दा एउटा छ क्तबच ज्यतभि मा पसे जस्तै भान हुने होटलको अग्रभागमा जसरी काउन्टर हुन्छ भित्तामा विभिन्न रङ्गी बिरङ्गी पेय पदार्थ हुन्छन् । चट्ट मिलेका कुसर्ी टेबल सर्भ गर्ने ठाउँ आदि इत्यादि अझ माथिल्लो तलामा बेड बिस्तारा क्गष्त चययु अर्को कोठामा केक बनाउने सामग्रीहरु क्लासहरुमा लहरै कुसर्ीहरु भित्तामा ठूला-ठूला ऐनाहरु अगाडि प्रस्तुती गर्दा पछाडि पनि देख्न सकियोस भन्ने हेयले ऐनाहरु जडान गरिएका हुन् रे । शिक्षकहरुका ँचभकक च्ययु द्यजः का क्तगमभलत का ऋजबलनष्लन चययु आदि इत्यादिि हेर्दै भवनहरु अवलोकन गरियो । भवनहरु निर्माण गर्दा अत्यन्तै वैज्ञानिक ढङ्गले निर्माण गरिएको रहेछ । सानो ठाउँमा दुई तिरको भवनलाई जोड्ने ठूलो फराकिलो पुलको निर्माण गरिएको रहेछ । चार बज्नै लागेकाले विद्यार्थीहरु निस्कने हुँदा सबै सरहरुसँग परिचय हुन अप्ठ्यारै थियो । समूहका साथीहरु कोही कता तिर कोही कतातिर पल्लो भवन गइएन । लेखा समितिको संयोजक तिर्थ दाईले क्यान्टिनमा हेर्न जाऔँ भन्नु भो । बबिता जी म र एकजना भाई त्यता लाग्यौँ । दाईले चिया र िसंगडा मगाउनु भएछ । क्यान्टिन साह्रै अव्यवस्थित रहेछ । लामो टहरा झ्याल नभएको भुइँमा बिछ्याएको मार्वल पनि कतै उप्किएको कुसी टेवल पुराना खस्ताहाल िसंगडा र चिया आयो । चिसो िसंगडा खान सकिएन साथीलाई दिए नाममात्रको चिया बलैले घुट्क्याए । २४ मान्छेहरु टेबलमा चिया पिउँदै गरेका अनुमान गरे सरहरु हुनुपर्छ । अलि पर टेबलमा दुई जना मान्छे निक्कै साहित्य’bout गफ गरिरहेका मनले मानेन नजिकै गएर परिचय गरे । हाँ कवि श्यामबहादुर भावुक भरतपुर क्यान्सर हस्पिटलका कर्मचारी हुनुहुँदो रहेछ । मैले आफ्नो परिचय दिए पश्चात महिला साहित्यकार ’bout किताब लेख्दै गरेको झापाका २ जना महिला साहित्यकारको लेखिसकेको नाम पनि बताउनु भएको थियो । मेरो जानकारीमा नभएको दुईजना महिला साहित्यकारको नाम जे होस् यहाँ त कापी कलम निकालेर मेरो सातपुस्ते पो टिप्न थाल्नु भयो । वास्तवमा वहाँ साहित्यकार गोविन्दराज विनोदीलाई त्यही क्याम्पसका प्रोफेसर लाई भेट्न आउनुभएको रहेछ । वहाँ क्लासमा हुनुभएकोले क्यान्टिनमा साथीसँग बात मार्दै पर्खिरहनु भएको रहेछ । साथीहरुले बोलाउन थाल्नु भएकोले म फोन नं। मागेर बस तर्पु दौडिए जे होस् एक जना साहित्यकार भेट्दा मन प्रफुल्लित भयो तर अफशोच पनि लाग्यो कि क्याम्पसका ’boutमा त्यहाँका क्याम्पस चिफको के कस्तो अभिव्यक्ति रह्यो त्यो कुरो छुट्यो । भूतपूर्व क्याम्पस चिफ हरी प्रसाद जयसवाल सरले सोध्नु पनि भो मेडम पर अफिसमा किन आउनुभएन मैले भने सर आउँदै थिए एकजना स्थानीय कविसँग भेट भयो र त्यतै भूलिए ।ू वहाँले हाँस्दै भन्नु भो ूए कविलाई कवि भेटे पछि के नै चाहियो र ूम नमुस्कुराई रहन सकिन । वास्तवमा हो पनि साहित्यकार कविहरुको स्वभाव विचित्रको हुन्छ । अक्षरको सम्बन्ध यस्तो हुन्छ कि चाहे पूर्वका हुन् वा पश्चिमका उत्तरका हुन वा दक्षिणका एउटै परिवारको सदस्य झै महसुस हुन्छ । 
क्रमश अर्को साता…।

दमकदेखि काठमाण्डौ काठमाण्डौ देखि दमकसम्म – यात्रा स्मरण

सुमित्रा बाङ्देल “चेली”
त्यसपछि श्री हृदयरत्न बज्राचार्य ज्यूले कार्यक्रमको औचित्य दमक बहुमुखी क्याम्पसको कि्रयाकलाप सस्रती स्लाइड मार्पुत देखाउनु भयो । यो परियोजना सन् २००७ बाट सामुदायिक क्याम्पसहरुमा लागू भएको अन्य क्याम्पसहरु पनि त्तब्ब् प्राप्त गर्ने उपक्रममा जुटेको कुरो प्रकाश पार्नुभयो स्मरण रहोस् उक्त समारोहमा अन्य सामुदायिक क्याम्पसहरुको प्रतिनिधिहरुको उपस्थिति थियो ।
त्यसपछि दमक बहुमुखी क्याम्पसलाई सम्मान तथा सर्टिफिकेट प्रदान गर्ने कार्यक्रम रह्यो । दमक बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष श्री सुरेश सुब्बा ज्यूलाई माननीय लिला भण्डारी ज्यूको बाहुलीबाट सम्मान तथा सर्टिफिकेट प्रदान गरियो । तालीको गडगडाहट क्यामेराका झल्याक-झुलुकले उक्त गरिमामय सभा एउटा उत्सव जस्तो देखियो । दमक बहुमुखी क्याम्पसले त्यो गरिमामय सभामा अन्तर्राष्ट्रिय मापदण्डको मान्यता ग्रहण गरिरहँदा हामी सबैको गर्वले शीर ठडियो भने जिम्मेवारीले अझ थिचेको महसुस पनि गरियो । व्यवस्थापन समितिका अध्यक्ष ज्यूले आफूहरुमा अझ धेरै जिम्मेवारी बोध भएको भविष्यमा पनि यस्तै साथ र सहयोगको अपेक्षा रहेको मन्तव्य प्रकट गर्नुभयो । वहाँको मन्तव्य पछि दमक बहुमुखी क्याम्पसका तर्पुबाट प्रतिबद्धतापत्र दमक बहुमुखी क्याम्पस प्रमुख श्री सन्तकुमार भगत ज्यूबाट वाचन गरी उपाध्यक्ष श्री भिमसेन अधिकारी ज्यूका बाहुलीबाट हस्तान्तरण गरियो ।
त्यसपछि प्रमुख अतिथि शिक्षामन्त्री माननीय श्री लीला भण्डारी ज्यूले मन्तव्य साथै दमक बहुमुखी क्याम्पसको अवलोकन आश्वासन तथा दमक बहुमुखी क्याम्पसले त्तब्ब् प्राप्त गरेकोमा बधाई साथै उत्तरोत्तर प्रगतिको शुभकामना राख्नुभयो । त्यसपछि सभाका सभाध्यक्ष प्रा।डा। श्री गणेशमान गुरुङ ज्यूको छोटो मन्तव्य साथ उक्त सभाको प्रथमसत्रको समापन र दोस्रोसत्र शुरुवातको घोषणा पछि चियापानको कार्यक्रम शुरु भयो । हामी रमिता हेर्दै गलैँचा ओछ्याए जस्तो दुवोको चौरमा न्यानो घाम ताप्दै नास्ता खान थाल्यौँ । भवनको वरीपरि लहरै रातै अत्यन्तै आकर्षक लालुपाते ढकमक्क फुलेको शान्त र सफा वातावरण हेरी रहुँ बसी रहुँ झै आनन्द आउने रहेछ । हामी समूहगत फोटो खिचाएर विदा माग्दै गेट बाहिर अलि पर पार्क गरेको बस कुर्दै उभियौँ । म समूहमा हिडेको मान्छे समूह मै हिँडौ बसौँ भन्ने मानसिकतामा रहेकीले बस कुर्दै छोरा काठमाण्डौमा अध्ययनरतलाई फोन गरे । छोराले ूआमा ! म पनि सानोठिमी प।नि।sा। मा काम परेकाले आएको छु । काम सकिनै लाग्योू भन्दा म एकप्रकारको आश्चर्यमिश्रित आनन्दले भरिए । ल छिटो आऊ भने नभन्दै ५ मिनेटमा आइपुग्यो हामी सबै बस चढेर गौशाला तर्पु लाग्यौँ । २ः३० मा गौशाला नक्षत्र होटलमा पुगियो । हामी महिला साथीहरु आपसमा सल्लाह गर् यौँ । काठमाण्डौको चिसो तातो पानीको अभाव नबसौँ भन्ने निचोड निकाल्यौँ । त्यसपछि बबिता जी आफ्नो आफन्तकहाँ राधिका गुरुमा आफ्नो घर सरस्वतीनगर म छोरासँग छोराको डेरामा सबैसँग विदा मागेर निर्धारित समयमा उपयुक्त ठाउँमा उपस्थिति हुने प्रतिबद्धताका साथ विदा भइयो । गौशालाबाट माइक्रो चढेर आधा घण्टामा लगनखेल महालक्ष्मीस्थान पुगेर छोरीज्वाईँ छोरासँग रमाईलो साथ रात काटी निर्धारित समयमा चक्रपथमा गाडी कुर्न लागे । निर्धारित समयमा बस आइपुगेकाले छोरा र ज्वाइँसँग विदा मागी बस चढेँ । मेरो निर्धारित सहयात्री राधिका गुरुमा बसको प्रुन्टसिटमा बस्नुभएको रहॆछ । वहाँसँगै महेन्द्र गुरागाई सरको ’boutमा चर्चा गर्न थाल्यौँ । ूवहाँलाई कस्तो भयो होला यात्रामा हुँदा त्यस्तो घटना घट्यो । मेरी बुबा खस्दा झण्डै रोएर मरे ।ू भन्नु भो । यस्तै गनथन गर्दागर्दै बस यातायात अगाडि पुग्यो । ट्राफिकले इशारा गरेर रोक्यो र बस चालकसँग कागजात मागेर हेर्न थाल्यो । बस रोकेर गुरुजी ओर्लनु भो खै के विवाद भो कुन्नी निक्कै चर्का चर्की पर् यो । सबै सरहरु ओर्लेर भनसुन गर्न लाग्नु भो । ट्राफिक कागजात बोकेर एकान्त कुनातिर उकालो लाग्यो । गुरुजीले बस स्टार्ट गर्नु भो र उभो मोड्नु भयो । जावलाखेल तिर त्यहाँ ट्राफिक अफिस रहेछ । सरहरु सबै गएर अफिसमा खै के-कॆ भनुसुन गर्नुभो हामी सुन्तला किन्न थाल्यौँ । किनी नसक्दै लौ ! चढौँ ! चढौँ ! भन्ने आवाज आएकोले हतार-हतार बस चढेर चक्रपथमा आइपुग्यो । चिया नास्ताको कुरा सँगै बस रोकियो । राधिका गुरुमाले भन्नु भो सुमित्रा जी ! मेरो पस्र खसेछ । हामी सुन्तलाको पोका लुगाको ब्याग ब्याग खंगालेर हेर्न थाल्यौँ । ूहुन्दीनुस । हराएछू भन्नुभो ।ू मलाई चित्तै बुझेन । सोधे ूगुरुमा कति पैसा थियो ू ूधेरै थिएन पन्ध्रसय जति थियो ब्तः ऋबचम पनि थियो ।ू मैले भने गुरुमा ूपक्कै सुन्तला किन्दा छाड्नु भयो । त्यहीँ जाऔँ ।ू गुरुमाले लौन त जाऔँ । मैले त माया पनि मारिसके । हराएको कुरा भेटिदैँन पनि भन्दै समूहमा कसैलाई नभनी एकछिन है भन्दै उकालो कुद्यौँ । हिडेर जान निक्के दुरी रहेकाले बाटैमा एउटा ट्याक्सी रोकेर चढ्यौँ । सुन्तला व्यापारी तराई मूलका व्यक्तिलाई सोधपुछ गर् यौँ । ूयहाँ छोड्नु भएन बाटोमा खसाउनु भयो होलाू भन्यो । हामी तु त्यहीँ ट्याक्सी चढेर बस नजिक आइपुग्दा सरहरु निकै आक्रोशित मुद्रामा एकगोलो भएर उभिनु भएको रहेछ । ट्याक्सीलाई १०० बुझाएर चुपचाप बसमा चढ्यौँ । बस्ने सिटको मुनी पस्र उत्तानो फर्केर हामीलाई गिज्याइरहेको देख्दा हुनसम्म हाँसो उठ्यो । तर हामीले कसैलाई यो यथार्थ बताएनौँ । समूहमा कसैले ट्याक्सी चढेर म्याडमहरु सुन्तला किन्न जानु भो भन्ने लख पनि काट्नु भएछ । हामी चुपचाप बस्यौँ । सोँच्यौ कति कुरा नभनेरै मिठा-मिठा-मिठा हुन्छन् । सबै जनाको “अुखामा”कहाँ हराएको” भन्ने कौतुहलतापुर्ण प्रश्न झल्किएता पनि हामीले यस विषयमा मौनधारणा गर् यौँ । बाटामा”गुरुमा यो रहस्य त गोप्य नरहने भयो नि यात्रा स्मरण लेख्दा यो उल्लेख गरिएन भने एउटा लेखकको धर्म कहाँ रहन्छ र”यो लेख्नु न लेख्नु तर यहाँ चाहीँ रहस्य नै रहोस् ।”