महोत्सव शुरु, पर्यटनमा लगानी गर्न आग्रह

दमक१५ माघ÷ उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छेदारले निजी क्षेत्रलाई पर्यटन प्रवद्र्धन र जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन् । पर्यटन प्रवद्र्धन र जलविद्युत उत्पादनको प्रशस्त सम्भावना भएर पनि राजनीतिक स्थायीत्व नहुँदा लगानी हुन नसकेको उनले बताए ।

दमकमा शानिबार आदिवासी जनजाति सांस्कृतिक महोत्सवको उद्घाटनका क्रममा उनले देशको राजनीतिक अस्थितरताका कारण आर्थिक समृद्धि नभएको बताएका छन् । अबको दशक आर्थिक समृद्धिको दशक हुने उनले बताए । देशको दीगो विकासका लागि आर्थिक समृद्धि आवश्यक रहेको बताउँदै उनले आर्थिक समृद्धिका लागि पर्यटन र जलविद्युत मुख्य आधार रहेको उल्लेख गरे । गर्दै उनले भने -ुराजनीतिक स्थितरता र सुरक्षाको बन्दोबस्ति सरकारले गर्छ निजी क्षेत्रले लगानी गर्नुहोस् ।ु
नेपालको बहुभाषा संस्कृति धर्म लगायतका विविधता पर्यटन प्रवद्र्धनका आधार भएको उल्लेख गर्दै यिनीहरुको प्रवद्र्धन र संरक्षणको जिम्मेवारी राज्यले लिने उनको भनाई थियो । आर्थिक विपन्नताकै कारण विभिन्न प्रकारका असन्तुष्टि जन्मिने र त्यसैले विद्रोहको रुप लिने उल्लेख गर्दै उप-प्रधान तथा गृहमन्त्री गच्छेदारले आर्थिक विपन्नताको अन्त्यका लागि प्राकृतिक सम्पन्नताको उपभोग गर्नु पर्ने बताए ।
महोत्वसको उद्घाटन कार्यक्रममा नेपाल पर्यटन वोर्डका निमित्त कार्यकारी प्रमुख सुवास निरौलाले भाषा तथा संंस्कृतिको संरक्षण गरेर पनि पर्यटन प्रवद्र्धन गर्न सकिने बताएका थिए । उनले पर्यटन वर्ष-२०११ सम्पन्न भइसके पनि आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धनका लागि वोर्ड लागि परेको बताए ।
कार्यक्रममा दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले स्वागत मन्तव्य राख्दै महोत्सवले झापा तथा मोरङमा रहेका आदिवासी जनजातिहरुको पहिचान संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा महोत्सव आयोजक संस्था दमक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाईले आमन्त्रित अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्दै तोपगाछी-लखनपुरमा पर्ने रतुवा-माई वृक्षारोपण आयोजनाको वन क्षेत्रमा सरकारले प्रस्ताव गरेको विशेष आर्थिक क्षेत्रलाई योजनागत रुपमा अघि बढाउन ध्यानाकर्षण गराएका थिए । त्यस्तै उनले दमक क्षेत्रका उद्योगी व्यवसायीहरुलाई लक्षित गरी बम र चन्दा आतङ्क निमूल पार्न गृह प्रशासनको विशेष भूमिका हुनु पर्नेमा जोड दिएका थिए ।
मूल आयोजक समितिका अध्यक्ष मोहन धिमालको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो । महोत्सव उद्घाटन अघि आदिवासी जनजातिका विभिन्न संघसंस्थाका सहभागी र स्थानीय विद्यालयका विद्यार्थीहरु सम्मिलित र् यालीले नगर परिक्रमा गर्दै महोत्सव स्थल प्रवेश गरेको थियो । १३ दिन सम्म चल्ने महोत्सवमा विभिन्न व्यवसायिक तथा सांस्कृतिक गरी एकसय ओटा स्टल रहेका छन् ।

ुलोकतन्त्रका लागि प्रेस स्वतन्त्रता आवश्यकु

धनकुटा१४ माघ÷ ÷ नेकपा एमालेका नेता रकम चेम्जोङ्ले प्रेस स्वतन्त्रता बिनाको लोकतन्त्र अपूर्ण हुने बताएका छन् ।
शनिबार धनकुटामा भएको पे्रेस चौतारी सम्बद्ध महिला पत्रकारहरुको पूर्वााचल क्षेत्रीय भेलालाई सम्बोधन गर्दै पूर्व शान्ति मन्त्री समेत रहेका उनले आफ्नो पार्टी पूर्ण प्रेस स्वतन्त्रता प्रति पूर्ण प्रतिवद्ध रहेको बताए । कार्यक्रममा चौतारीका केन्द्रिय अध्यक्ष गगन विष्टले अहिलेको सरकारले बिभिन्न बिषयबस्तुको सुचना सार्वजानीक गर्न नमिल्ने भन्दै प्रेस स्वतन्त्रतामा अंकुश लगाउने प्रयास गरि रहेको बताए । यस्तै चौतारीका महासचिव बिष्णु रिजालले अहिले पनि नेपाली पत्रकारहरुले पूर्ण स्वतन्त्रताको महसुस गर्न नपाएको बताए ।
भेलाले बिमला राईको अध्यक्षतामा २१ सदस्यिय प्रेश चौतारी क्षेत्रीय महिला समिति गठन गरेको छ । समितिको सदस्य सचिवमा देवकला कार्की रहेका छन् । समितिमा झापाबाट भीमा शिवाकोटी र अम्बिका भण्डारी ईलामबाट कोपिला बस्नेत र वन्दना अधिकारी मोरङ्बाट ईन्दिरा भट्टराई तथा सुनसरीबाट निलिफा सुब्बा र सीता मादेम्बा सदस्य रहेका छन् । समिति महिला पत्रकारहरुको क्षमता विकास तथा व्यवासायीक हकहितमा कि्रयाशिल हुने चौतारीका केन्द्रिय सदस्य चेतन अधिकारीले बताए ।

कांग्रेसद्वारा जिल्ला समिति बिस्तार

बिर्तामोड१४ माघ÷ नेपाली कांग्रेस झापाले शनिवार जिल्ला कार्य समितिमा सदस्यहरु मनोनित गरेको छ ।
बिर्तामोड स्थित पार्टी कार्यालयमा जिल्ला सभाति उद्धव थापाको सभापतित्वमा बैठकले क्षेत्र नम्बर-१बाट विश्व्वप्रकाश शर्मा र राम कट्टेल क्षेत्रनम्बर-२ बाट तारादेवी कटुवाल र केशव पाण्डे ३ बाट नुरजमा महमद र सुरेश गिरी ४ बाट टीका प्रसाई र हस्त परियार ५ बाट टंक विश्वकर्मा र राम दुलाल ६ बाट रोहित शाहा र फुलवती राजवंशी तथा क्षेत्र नम्बर-७ बाट मानबहादुर बुढाथोकी र भुमीराज राईलाई जिल्ला सदस्यमा मनोनित गरेको हो ।
यस्तै २८ जनालाई आमन्त्रीत जिल्ला सदस्यमा मनोनित गरिएको जिल्ला सभापित थापाले जानकारी दिए । पार्टी महामन्त्री कृष्णप्रसाद सिटौला केन्द्रिय सदस्य नरेन्द्रबिक्रम नेम्बाङ् केशवकुमार बुढाथोकी पूर्वकेन्द्रिय सदस्य चक्रप्रसाद बास्तोला तथा पूर्व जिल्ला सभापतिहरु पूर्णानन्द शर्मा र सुधिरकुमार शिवाकोटी लगायत २५ जनालाई जिल्ला सल्लाहकारमा चयन गरिएको जनाईएको छ ।

अधिकारविहीन संविधान स्वीकार्य नहुने – मुख्य समाचार

विष्णु सुब्बा
धरान÷आत्मनिर्णयको अधिकार स्वायत्तता संविधान जारी नभएमा आफ्नै संयन्त्रमार्फत् स्वायत्तताको अभ्यास गर्ने आदिवासी जनजाति अगुवाहरुले घोषणा गरेछन् ।
अधिकारबिहीन संविधान स्वीकार्य नहुने भन्दै उनीहरुले
आदिवासी जनजातिहरुको आत्मनिर्णयको अधिकार र स्वायत्तता बिनाको संविधान सर्वमान्य नहुने दाबी गरे । आदिवासी जनजातिको आत्मनिर्णयको अधिकार र स्वायत्तताको अभ्यास सम्बन्धी ३ दिने अन्तर्राष्ट्रिय सम्मेलनको शनिबार धरानको भानुचोकमा आयोजित घोषणा सभा कार्यक्रममा सहभागी उनीहरुले आदिवासी जनजातिहरुको अधिकार सहितको संविधान समयमै जारी गर्नुपर्ने जोड दिए ।
सम्मेलन प्राविधिक समितिका संयोजक डाक्टर कृष्ण भट्चनले धरान घोषणा पत्र सार्वजनिक गर्दै षड्यन्त्रमूलक ढंगले उपेक्षित समुदायको अधिकारी स्थापित गर्न समयमै संविधान जारी हुनुपर्ने बताए ।
१० बुँदे घोषणा पत्र जारी गर्दै संयोजक भट्चनले आदिवासी जनजातिहरुको अधिकार स्थापित गर्न कसैले रोक्न नसक्ने उल्लेख गरे ।
  सम्मेलनमा सहभागीहरु । फोटोः पिपुल्स टाइम्स दैनिक
जनजाति अगुवा प्राध्यापक डाक्टर ओम गुरुङले आदिवासी जनजातिहरुकामाग अधिकारमुखी आन्दोलन भएको बताए । उनले राज्यको पहुँच भन्दा बाहिर रहेका बहुसंख्यक समुदायको अधिकार अब बन्ने संविधानमा सुनिश्चित गर्नुपर्नेमा जोड दिए । सो सभामा आदिवासी जनजाति सभा ककसका अध्यक्ष पृथ्वी सुब्बा गुरुङले आफ्न हक अधिकारको सुनिश्चितता गर्न आफूहरुले संविधानसभाबाटै आन्दोलन गरिरहेको बताए । अझै सम्म राज्यका उपेक्षित समुदायका अधिकारलाई संविधानमा ग्यारेन्टी नगरिए थप आन्दोलन चर्काउने उनको भनाई थियो ।
सो अवसरमा नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका महासचिव सोनी लामा सुनुवार सेवा समितिका सल्लाहकार डा। लाल रापचा थकाली सेवा समितिका महासचिव जुनु गौचन सभासद्द्वय विश्वदीप लिङ्देन अमृतलाल ताजपुरिया लगायतले आदिवासी जनजातिका अधिकारलाई पाखा लगाएर बनिने संविधान अपुरो हुने चर्चा गरेका थिए ।
कार्यक्रममा स्वीजरल्याण्डका त्रिस अर्नो अमेरिकाका एमण्डा क्याटस बरिल भारत झारखण्डका साजय बसु मलिक भारत नागलैण्डकै प्रा।ए लख्नुले आदिवासी जनजातिहरुका अधिकारमुखी आन्दोलनमा ऐक्यबद्धता जायर गरेका थिए । कार्यक्रममा आयोजक संस्थाका १ दर्जन बढी विभिन्न जनजातिजन्य संघ संगठनका प्रतिनिधिहरुले बोलेका थिए ।
घोषणा सभा पूर्व बृहत् झाँकी सहितको र् यालीले नगर परिक्रमा गरेको थियो । घोषणा सभा सम्मेलन आयोजक समितिका संयोजक अर्जुन लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वका विभिन्न क्षेत्रबाट ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

मोर्चाले हतियार बुझाउने

राजविराज÷सरकार र तराईमा सशस्त्र संघर्षरत अखिल तराई मुक्ति मोर्चाको अजित िसंह समूहबीच छ बुँदे सहमति भएको छ । सप्तरी सदरमुकाम राजविराजमा भएको वार्तामा मोर्चाले अजित िसंह समूहले शान्तिपूर्ण राजनीतिमा आउने सहमति गरेको छ ।
यसैगरी सरकारले मोर्चालाई राजनीतिक व्यवहार गर्ने वार्ता अवधिभर वार्ता टोली संयोजक र सदस्यहरुलाई सरकारले सुरक्षाको प्रत्याभूति गराउने सहमति भएको छ । त्यस्तै मोर्चासँग भएका हातहतियार अर्को वार्तामा सरकारलाई हस्तान्तरण गर्ने सहमति भएको छ । हिरासतमा रहेका मोर्चाका नेता कार्यकर्ताहरुको
मुद्दा फिर्ता रिहाइसम्बन्धी प्रकि्रया सरकारले यथाशिघ्र आरम्भ गर्ने सहमति समेत भएको छ ।
वार्तापछि आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक एवम् शान्तिमन्त्री सत्या पहाडीले अर्को वार्ता दुवै पक्षको अनुकूलतामा यथाशीघ्र गरिने सहमति भएको जानकारी दिइन् । वार्तामा मोर्चाका तर्फबाट उपाध्यक्ष अजित िसंह भनिने अजयकुमार यादवले नेतृत्व गरेका छन् ।
यसैबीच अखिल तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइतले वार्ताप्रति आश्चर्य व्यक्त गरेका छन् । गोइतले अखिल तराई मुक्तिमोर्चा वार्तामा नगएको भन्दै कारबाहीमा परेकाहरुले सरकारसँग वार्ता गरेको प्रतिकि्रया दिएका छन् ।

"एलडीओ नहुँदा निर्माण योजना प्रभावित"

इलाम÷जिल्ला विकास समिति इलाममा लामो समयदेखि स्थानीय विकास अधिकारी नहुँदा जिल्लाको विकास निर्माणका योजना प्रभावित भएका छन् ।
स्थानीय विकास अधिकारी नआउँदा सम्पन्न योजनाको भुक्तानी दिन सकिएको छैन भने गाउँ विकास समितिमा बिनियोजन हुनुपर्ने बजेटसमेत रोकिएको छ । स्थानीय विकास मन्त्रालयले पहिलेकै भुपराज राईलाई स्थानीय विकास अधिकारीमा पठाउने निर्णय गरे पनि जिल्ला नआउँदै अवकाश पाएपछि राई आएनन् ।
स्थानीय विकास अधिकारी नहुँदा ग्रामीण भेगमा सम्पन्न विकास योजनाको रकम उपभोक्ता समितिलाई दिइएको छैन । सबै आर्थिक अधिकार कार्यालय प्रमुखमा निहित हुने हुँदा आर्थिक कारोबार ठप्प रहेको जिल्ला विकास समितिले जनाएको छ । सम्पन्न भइसकेका योजनाको बजेट उपलब्ध नहुँदा उपभोक्ता समेत जिविसप्रति आक्रोशित बन्दै गएका छन् ।
जिल्ला विकास समितिको प्रमुख नहुँदा गाउँ विकास समितिमा निकासा हुनुपर्ने पुँजीगत बजेटसमेत निकासा हुन नसकेको सचिवहरुले जनाएका छन् भने स्थानीय निकायअन्तर्गत कर्मचारीले तलब खान पाएका छैनन् । जिल्ला विकास समितिले आउँदो चैत मसान्तसम्ममा खर्च गरिसक्नुपर्ने २३ करोडमध्ये पाँच लाखमात्र खर्च भएको जिविसको आर्थिक प्रशासन शाखाले जनाएको छ ।

"बन्दुकका भरमा संविधान"

धुलाबारी÷नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले माओवादी अझै पनि बन्दुकका भरमा आफू अनुकुल संविधान लेखाउने दाउमा रहेको आरोप लगाएका छन् ।
धुलाबारीमा भएको मेची अाचलस्तरीय कार्यकर्ता प्रशिक्षणको दोश्रो दिन शनिबार उनले माओवादी अझै पनि प्रष्ट कार्यदिशाबिहीन भएको टिप्पणी गर्दै एमाले उसलाई गाली मात्र गर्ने भन्दा सच्याउने प्रयत्नमा लागेको बताए । अन्य दलबाट शान्ति र संविधान निर्माणमा आशा गर्न नसकिने भएकाले त्यसको अगुवाईका लागि एमाले तयार हुनुपर्ने उनले बताए ।
यस्तै राज्यको पुनस्रंरचनाका बिषयमा प्रशिक्षण दिँदै केन्द्रीय सदस्य पर्शुराम मेघी गुरुङले जातीयताका आधारमा प्रदेश वा प्रान्त बिभाजन गर्न नहुनेमा जोड दिँदै त्यसका लागि भुगोल जनघनत्व प्राकृतिक श्रोत साधन लगायतका कुरामा ध्यान दिन आवश्यक रहेको बताए । यस्तै नेपाली महिला आन्दोलनका ’boutमा प्रशिक्षणका क्रममा उपाध्यक्ष विद्या भण्डारीले नेपाली महिला मुक्तिको प्रत्याभूती दिलाउन सक्ने पार्टी एमाले मात्र भएको दाबी गरिन् ।
दुई दिने प्रशिक्षणको पहिलो दिन अध्यक्ष झलनाथ खनाल तथा महासचिव ईश्वर पोखरेलले समेत प्रशिक्षण दिएका दिए । प्रशिक्षणमा ताप्लेजुङ पाँचथर इलाम र झापाका करिब ५ सय अगुवा कार्यकर्ता सहभागी रहेका अाचल कमिटी सदस्य बसन्त बाँनियाले जानकारी दिए । फोटो पनि छ

उपभोक्ता माचको आपत्ति

दमक÷उपभोक्ता माच झापाले सरकारद्वारा पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरिएको प्रति कडा आपत्ति जनाएको छ ।
माचका झापा अध्यक्ष चित्रबहादुर बस्नेत र महासचिव अमृतलाल श्रेष्ठद्वारा शनिबार जारी प्रेस बिज्ञप्तिमा विश्वका गरिब देशलाई तेल वितरण गर्ने संस्था ुकोक्यापु ले सहुलियत मूल्यमा नेपालमा समेत तेल आयात गरिरहेको बेला नेपाल आयल निगममा काम गर्न पठाइएका कर्मचारी वा सरकारी व्यक्तिहरुले गरेको कालाबजारीबाट घाटामा पुगेको आयल निगमलाई उकास्न सरकारले महँगी बढाएको टिप्पणी गरिएको छ ।
विज्ञप्तिमा मूल्य बृद्धिको निर्णय तत्काल फिर्ता लिन माग गरिएको छ । माचले प्रधानमन्त्री डा। भट्टराईको राजिनामा समेत माग गरेको छ । सरकारले केही दिन अघि पेट्रोलमा प्रति लिटर १० मट्टितेलमा ९ हवाई इन्धनमा ५ र ग्याँसमा प्रति सिलिण्डर १ सय ७५ रुपैयाँ बृद्धि गरेको थियो ।

अफगानिस्तानबाट लावतीको शव ल्याइयो

दमक÷अफगानिस्तानको हेलम प्रोभिन्समा बिद्रोही तालिवान पक्षसँगको भिडन्तका क्रममा एम्बुसमा परी घाइते भइ उपचारको क्रममा मृत्यु भएका बि्रटिस गोर्खा सैनिक जवान सचिन लावतीको शव शनिबार दमकस्थित उनको घर ल्याइएको छ ।
झापाको दमक-११ निवासी लावती सन् २०१० मा घाइते भएका थिए भने डेढ वर्षपछि उपचारको क्रममा लण्डनस्थित बेलायती सैनिक अस्पतालमा गएको जनवरी २ मा उनको मृत्यु भएको थियो ।
मृतक लावतीको शवलाई शनिबार नै क्याप्टेन मुक्ति गुरुङ नेतृत्वको टोलीले बेलायतबाट काठमाण्डौ हुँदै दमकस्थित उनको घर ल्याइपुर् याएको हो । यस अघि लण्डनमा एक समारोहको आयोजना गरी त्यहाँस्थित उनका आफन्त र बि्रगेड अफ गोर्खाजले लावतीमाथि अन्तिम सलामी अर्पण गरेको थियो । शनिबारदेखि उनको शवलाई श्रद्धााजलिका लागि घरमै राखिएको छ ।
सन् २००८ मा भर्ती भएका २३ वर्षीय लावतीको आइतबार आज झापाको लखनपुरस्थित सितापुरीमा बि्रटिस अफ गोर्खाजको एक टुकडीको सलामी र लिम्बू संस्कार अनुसार दाहसंस्कार गरिने पारिवारीक स्रोतले जानकारी दिएको छ । – फोटो पनि छ

जेसिसको निर्वाचन कार्यक्रम आजदेिख

दमक÷दमक जेसीज वर्ष २०१२ को नेतृत्वका लागि आजदेखि निर्वाचन कार्यक्रम सुरु हुँदैछ ।
निर्वाचन आयुक्त नेत्रप्रसाद चम्लागाईका अनुसार पहिलो दिन आज मतदाताको अन्तिम नामावली प्रकाशन उम्मेद्वारहरुको मनोनयन तथा नामावली प्रकाशन दाबी विरोध मनोनयन फिर्ता समेतका कार्यक्रम सम्पन्न भइ साँझ ५ः३० बजे उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन हुनेछ ।
९ गते समेत नियमित निर्वाचन कार्यक्रम सुचालु भई १० गते उम्मेद्वारहरुको अन्तर्वार्ता ककस र मतदान तथा मतगणना कार्य साँझ ७ बजेदेखि हुने निर्वाचन समितिले जनाएको छ ।
नेतृत्व र व्यक्तित्व विकासमा कि्रयाशील जेसीजले विभिन्न सामाजिक गतिविधि समेत गर्दै आएको छ ।