कमाण्डरलाई ४ वर्ष जेल

पाँचथर, ६ साउन/जिल्ला प्रशासन कार्यालय पाँचथरले गत वर्षअघि हतियार सहित पक्राउ परेका भूमिगत लिम्बुवान राष्ट्रिय परिषद् (स्वतन्त्र) का कमाण्डर (अध्यक्ष) राजेन्द्र सिगूलाई ४ वर्ष काराबास र ६५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको इजलासले भूमिगत समूहका नेतालाई हात हतियार तथा खरखजानाको मुद्दामा उक्त सजाय गरेको हो ।
प्रहरीका अनुसार प्रहरीले गत वर्षको जेठ १७ गते सिगूलाई उनको पञ्चमी–६ को घरबाट एक थान कटुवा पेस्तोल, एक राउण्ड गोली, धनुषकाँण र तीर सहित पक्राउ गरेको थियो । जिल्ला प्रशासनको आदेशले थुनामा रहेका उनले भूमिगत समूहको नाममा विभिन्न व्यक्तिलाई धम्क्याएर चन्दा उठाउने गरेका थिए ।

टिप्पणी छोड्नुहोस्