निर्माणधिन दमक चक्रपथमा द्रुतता – मुख्य समाचार

विष्णु सुब्बा
दमक/ दमकको निर्माणाधिन चक्रपथ सडकमा यो वर्ष तीन ओटा कल्भर्ट बनाइने छन् । दमक वडा नं. ३, १३ र १४ को दिपीनी खोला र दमक १९ को सेतुमारी जहदा जोड्ने भालु खोलामा कल्भर्ट निर्माण गर्न आवश्यक प्रक्रिया थालिएको छ ।
ति कल्भर्ट बनाउन दमक नगरपालिकाले यो वर्ष २५ लाख रपैयाँ बिनियोजन गरेको नगरपालिकाले जनाएको छ । चक्रपथको सडकमा पर्ने ति क्षेत्रमा कल्भर्ट बनाउन थालिएको हो ।
दमकका मुख्य शहर बजारलाई गाउँसम्म जोड्ने दुरगामी लक्ष्यका साथ २०५४ सालमा तत्कालिन जनप्रतिनिधिहरुले दमकमा चक्रपथको प्रस्तावलाई अघि सारेका थिए । तत्कालिन नगर प्रमुख रोमनाथ ओली सम्मिलित जनप्रतिनिधिहरुले त्यसबेला चक्रपथको अवधारणा ल्याएका थिए । ३६ किलोमिटर लामो सो चक्रपथको दुरीमा अहिलेको डेढ करोड रुपैयाँ खर्च भइसकेको छ । चक्रपथ निर्माण उपभोक्ता समिति मार्फत् बनाइने सो सडकमा नेपाल सरकार, नगरपालिका, उपभोक्तहरुको लगानी रहेको छ ।
दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले निर्माणाधिन चक्रपथका कामलाई नगरपालिकाले प्राथमिकताका साथ कार्यहरु गरिआएको बताए । उनले चक्रपथ सडकमा उपभोक्ताहरुको ठूलो लगानी भएको जानकारी दिए । ५० फिटे सो सडकमा दर्जनौँ उपभोक्ताहरुले सडकका लागि जग्गा दिएका छन् । ‘दमकको भविष्यलाई हेरेर चक्रपथको अवधारणा अघि सारिएको हो, नगरपालिकाबाट सक्दो पहल गरेका छौँ ।’ कार्यकारी अधिकृत खतिवडा बताउँछन् ।
दमकको १, ३, ७, ८, १२, १३, १४, १५, १६, १७, १८ र १९ वडालाई छुने सो सडकको वर्षा अघि रेखाङ्कनको काम नभएको भन्दै केही उपभोक्ताहरुले सडकमा खेती गर्दै आएका छन् । दमक–१३, १४ १७ र १८ वडामा २ किलोमिटर बढी सडकको जमिनमा अतिक्रमण भएको निर्माण उपभोक्ता समितिका संयोजक बोधराज न्यौपानेले बताए । सडक बनाउन पहल भए उपभोक्ताहरुले त्यस्ता अवरोध हटाउने भएको अध्यक्ष न्यौपाने बताउँछन् । दमक–१९ का पूर्व वडाअध्यक्ष समेत रहेका अध्यक्ष न्यौपाने दमकको पहिचान र विकासको मुख्य पूर्वाधार चक्रपथ सडक भएको बताउँछन् । उनले भने–‘सबै क्षेत्रको सहयोग जुटे चक्रपथको भविष्य उज्वल छ ।’ चक्रपथको कामलाई द्रुत बनाउन सबैको पहल जरुरी भएको उनको भनाई छ ।
निर्माण उपभोक्ता समितिका पूर्व अध्यक्ष अम्बिका खनाल नगरको विकाससँग जोडिएको चक्रपथको निर्माणमा धेरै काम भएको बताउँछन् । उनी संयोजक रहेको समयमा चक्रपथको सडकमा आधा करोड बढी रुपैयाँका
पूर्वाधारहरु निर्माण भएका थिए । तर पछिल्लो समयमा जति काम हुनुपर्ने त्यति मात्रामा काम हुन नसकेको उनको तर्क छ । उनले प्रस्तावित रेखाङ्कनको काम र आवश्यकीय पूर्वाधारहरुमा ध्यान दिनुपर्ने बताए । गएको वर्षमा नेपाल सरकारको रातो किताबको योजनामा परेको १० लाख रुपैयाँले दमक–३ को सडकमा ३ किलोमिटर बढी सडक ग्राभेलको काम भएको समितिका संयोजक न्यौपाने बताउँछन् ।
नदी रोकथाममा सडक
चक्रपथ सडकलाई नदी नियन्त्रण र नदी आसपासका क्षेत्रमा विरुवा लगाएर आम्दानीका दृष्टिकोणले समेत काम अघि सारिएको थियो । रतुवा चाजु र मावा जस्ता नदी खोलालाई नियन्त्रणका लागि उचाईमा सडक र सडकका नदी छेउमा अभियानका रुपमा बृक्षारोपण गर्ने लक्ष्य लिएको चक्रपथ निर्माण उपभोक्ता समितिका संयोजक बोधराज न्यौपाने बताउँछन् ।
‘वायो इन्जिनियरिङ पद्धतिबाट बृक्षारोपण र त्यस क्षेत्रमा विरुवा लगाउने लक्ष्य थियो’ अध्यक्ष न्यौपाने भन्छन् । यसले नदी रोकथाम र विरुवाबाट भविष्यमा आर्जन गर्न सकिने सोचाईले चक्रपथ सडक बनाउन प्रस्ताव गरिएको उनको भनाई छ । ‘सोही सडकमा विकासका मुख्य योजना बिजुली, टेलिफोन लगायतका पूर्वाधारहरुलाई सँगै लैजाने योजना थियो’ उनले भने–‘यसले विकाससँगै नदीबाट हुनसक्न्े प्रकोप रोकथाममा सघाउ पु¥याउँनेछ ।’
ति काममा नेपाल सरकार, नगरपालिका र उपभोक्ता विदेशी दातृ संघ संस्थाहरुको सहयोग जुट्ने अपेक्षा समितिको थियो ।

उपभोक्ताले आफै बनाए बाटो – उपमुख्य समाचार

निर्माणाधिन चक्रपथको कामलाई द्रुतता दिन दमकका वडाबासीहरुले आफै बाटो बनाएका छन् । दमक–१७ र १३ का उपभोक्ताहरुको अगुवाइमा उनीहरुले रेखाङ्कन गरिएका सडकमा बाटो बनाएका हुन् । दमक–१७ को ढङ्ढङ्गे उत्तरका बासिन्दाहरुले हालै १ किलोमिटर बाटो खनेका चक्रपथ निर्माण उपभोक्ता समितिका संयोजक न्यौपाने बताउँछन् ।
यसैगरी दमक–१३ का वडाबासीले १ किलोमिटर बाटो गत वर्ष नै खनेका छन् । अध्यक्ष न्यौपाने उपभोक्ताहरु निर्माणाधिन चक्रपथको कामलाई द्रुत बनाउन सहयोग जुटिरहेको बताउँछन् ।

धुलोमा खोज्दै ढुङ्गे सपना

गोपाल झापाली
सेतुमारी (दमक)/डम्बर खनालले (३३) २०५२ सालमा दमकको चुलाचुली बोर्डिङ् स्कुलबाट ७७ प्रतिशत अंक सहित सर्वोत्कृष्ट स्थानमा प्रवेशिका पास गरेका हुन् । औसत नेपाली बालबालिकाको भन्दा सुखमय वाल्यकाल बिताएका खनाल प्रवेशिका पछि बिज्ञान संकायमा प्रविणता प्रमाणपत्र तह पढ्न बिराटनगरको महेन्द्रमोरङ क्याम्पस हानिए । ‘त्यसबेला त राम्रो अंक ल्याउनेले साइन्स नै पढ्नु पर्छ भन्ने मान्यता जस्तै थियो’– उनले सम्झिए । महेन्द्रमोरङबाट आइएससी सकेपछि उनलाई कम्प्युटर शिक्षा लिने रहर जाग्यो । त्यसबेला दमकमा फाट्ट–फुट्ट मात्र कम्प्युटर चलाउने थिए ।
सामूहिक गाई पालनमा खनाल
सूचना प्रविधिको स्नातक –बिआईटी उनले भारतको मध्य प्रदेशबाट सकेपछि झनै मोह बढ्यो उनको प्रविधि तर्फ । दमक–१९ को सेतुमारीमा धुस्रे पोशाकमा का“क्राको बेर्ना गोड्दै गर्दा भेटिएका उनले हात टक्टक्याउ“दै भने–‘ईम्फमेसन टेक्नोलोजीको खुवै मार्केट थियो त्यसबेला, नया“ बिषयको रुपमा स्थापित हु“दै आएको कम्प्युटर सम्बन्धी शिक्षा लिन त्यसपछि म सिंगापुर तर्फ लागे ।’ सन् २००६ मा उनी सूचना प्रविधिमा स्नातकोत्तर गर्न सिंगापुर लागे र तीन वर्ष बिताए । डेढ दशक अघि उनले कम्प्युटर चलाउन थाल्दा दमकमा औंलामा गन्न सकिने गरी मात्र कम्प्युटर थिए, उनका सहकर्मीहरु मध्ये धेरैले त देख्न पनि पाएका थिएनन् । कम्प्युटर तथा सूचना प्रविधि’bout ज्ञान लिनैका लागि उनले १३ लाख रुपैया“ भन्दा बढी खर्चिए ।
एक दशकसम्म निरन्तर कम्प्युटरका ‘किवोर्ड’मा खेलेका उनका औ“ला र त्यसबेलाको उनको महत्वकांक्षा भन्दा उनको वर्तमानको रोजाई भिन्न छ । साथीहरुस“ग मिलेर लिजमा लिएको १७ बिगाह जमिनमा उनी दिनको १० घण्टा पसिना बगाउ“छन् । चिटिक्क–ठा“टिएर उनका धेरै जसो सहकर्मी वातानुकुलित कक्षमा ‘माउस’ र ‘किबोर्ड’मा दिन बिताइरह“दा उनी चा“हि फागुनको चढ्दो गर्मीमा पाखुरा बजारि रहेका छन् र सपना देख्दैछन्– नेपालको कृषि प्रणालीलाई सूचना प्रविधिको सञ्जालमा जोड्ने ।
सूचना प्रविधिको पहु“च अहिले धेरै ग्रामीण तहसम्म पुगेको छ । तर ईन्टरनेट धेरैलाई मनोरञ्जको साधन मात्र भएको उनको अनुभव छ । गाउ“मा
बस्ने धेरैजसो बासिन्दा कृषि पेशामा निर्भर छन् । उनीहरुद्वारा उत्पादित कृषि उपजले झनै शहरमा बस्ने बासिन्दालाई धानी रहेको छ । ‘शहरले आफ्ना लागि बिभिन्न उपज उत्पादन गर्ने गाउ“का लागि कहिल्यै सोच्दै सोचेन’– उनले भने– ‘अब कृषि पेशास“गै यसका लागि उपयोगी सफ्टवेयरहरु उत्पादन गर्ने योजनामा छु ।’ सूचना प्रविधिको प्रयोग गरेर कृषि क्षेत्रका लागि बिभिन्न सूचना तथा जानकारीहरु लिन र त्यसबाट कृषि उत्पादकत्व बढाउन सकिने उनको भनाई छ । उनले भने– ‘यो मेरो ढुङ्गे सपना हो जसरी भए पनि यसलाई पूरा गर्ने मेरो हिम्मत छ ।’
नेपाललाई कृषि प्रधान मुलुक भनिए पनि किसानहरुले अझैसम्म सरकारबाट राहत र सहायता पाउन नसकेको उनको बुझाई छ । ‘बिदेशमा सरकारले किसानका लागि आवश्यक सबै जसो सामाग्रीमा अनुदान दिन्छ र उत्पादित समानको बजार व्यवस्था पनि गरिदिन्छ’– खेतको माझमा खेतीका लागि बनाईएको फुसको टहरमा गुनासो गरे उनले– ‘भारतमा पनि सरकारले किसानलाई बिभिन्न अनुदान दिन्छ र त्यहा“ उत्पादित लाखौं किलो परिमाणमा बर्षेनी बिभिन्न तरकारी नेपाल भित्रिन्छ, अनुदानमा उत्पादित भएका कारण सस्तो मूल्यमा बजारमा आएका ति उत्पादनस“ग नेपाली किसानले उत्पादन गरेका उपजले प्रतिष्पर्धा नैं गर्न सक्दैनन् ।’ कृषि क्षेत्रलाई अझैसम्म पनि सम्मानित पेशाको रुपमा स्थापित गर्न नसक्दा नेपालमा खेतीबाट सम्भावना नदेखि युवाहरु बिदेशिने गरेको उनको अनुमान छ । ‘कृषिलाई सम्मानित पेशाको रुपमा स्थापित गराउने जिम्मेवारी हाम्रै हो, हामीले यस क्षेत्रमा पनि भविष्य र सम्भावना छ भनेर बुझाउन सक्यौ भने धेरै युवा बिदेशिनु पर्दैन । त्यहा“को जति मेहनत गरे यहि“ आम्दानी गर्न सकिन्छ’– उनले सुझाए ।

हेप्पी नेपालको ‘डे केयर’

दमक/दमकको बेलडाँगीमा ‘डे केयर’ सञ्चालन गरिएको छ । हेप्पी नेपालले भुटानी शरणार्थी शिविर क्षेत्रमा पूर्व लागु औषध प्रयोगकर्ताहरुका लागि त्यस्तो डे केयरको सुविधा उपलब्ध गराइएको शरणार्थीका लागि लागुऔषध विरुद्धको हेरचाह तथा सचेतना कार्यक्रम
(स्पाशा) का परियोजना संयोजक विमल आचार्यले जानकारी दिए ।
दातृ संस्था युएनएचसीआरको सहयोगमा हेप्पी नेपालको सो परियोजनाले शिविरका लागुऔषध प्रयोगकर्ताहरुको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । परियोजनाले करिब २ वर्षको अवधिमा डेढ सय बढीलाई उपचार तथा हेरचाह कार्य गरेको संयोजक आचार्य बताउँछन् ।
बेलडाँगी शिविरमा अल्कोहल सहितका करिब ७ सय भन्दा बढी लागुऔषध प्रयोगकर्ता रहेका हेप्पी नेपालको एक तथ्यांकमा उपलब्ध छ ।
यसैबीच मंगलबार सो शिविरको २ र ३ का  विभिन्न क्षेत्रहरुमा सचेतनामूलक सरसफाई कार्यक्रम गरिएका छन् । हेप्पी नेपाल अन्तर्गत परियोजनाले आयोजना गरेको सो सरसफाईमा सशस्त्र शिविरवासी दातृ संस्था लगायतका अभियानकर्ता सहभागी भएका थिए ।

अन्तरकलेज फुटबल हुने

दमक/अखिल क्रान्तिकारीले तत्कालिन जिल्ला अध्यक्ष रमेश सुवेदी र उपाध्यक्ष विष्णु प्रधानको स्मृतिमा अन्तरकलेज फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
यहि फागुन १९ गतेदेखि दमकस्थित दमक बहुमुखी क्याम्पसको प्राङ्गणमा हुने प्रतियोगितामा झापा र मोरङका डेढ दर्जन टिमहरुले भाग लिने जनाइएको छ ।  क्रान्तिकारीको दमक क्याम्पस इकाई समितिले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिता ’bout जानकारी दिएको हो ।
प्रतियोगिताको उद्घाटन संगठनका महासचिव बिन्दमान बिष्टले गर्ने कार्यक्रम तय भएको इकाई समिति अध्यक्ष ज्योति भट्टराईले जानकारी दिए ।  प्रतियोगिताको बिजेता र उपबिजेता टिमले क्रमश नगद १५ हजार र १० हजार रुपैयाँ तथा प्रमाणपत्र पाउने जनाइएको छ ।
संगठनका जिल्ला अध्यक्ष महेन्द्र भट्टराईले तत्कालिन शाही सेनाद्वारा हत्या गरिएका नेताद्वय सुवेदी र प्रधानको स्मृतिमा विभिन्न कार्यक्रम गरिदै आएको जानकारी दिए ।

महिलामैत्री संविधानमा जोड

दमक/÷महिला अगुवाहरुले महिला मैत्री संविधान निर्माणमा जोड दिएका छन् । मंगलबार दमकमा आयोजित लैङ्गिकमुखी संविधान निर्माण सम्बन्धी महिला संघसंस्थाका अगुवाहरुका लागि पैरवी कार्यक्रममा सहभागी महिलाहरुले महिला अधिकारको स्थापनामा संविधान नै मैत्रीपूर्ण बन्नुपर्ने जोड दिए ।
कार्यक्रममा राष्ट्रिय महिला अधिकार सरोकार मञ्चकी राष्ट्रिय अध्यक्ष गोमा आचार्य, मञ्चकी जिल्ला अध्यक्ष गोमा भट्टराई, दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडा, महिला अगुवा शोभा चेम्जोङ लगायतले महिला विभेद् उन्मुलनका लागि आवश्यक नीति कार्यान्वयन गरिनुपर्ने जोड दिएका थिए ।
जिल्ला सञ्जालले आयोजना गरेको सो प्रशिक्षणमा नगर क्षेत्रका २ दर्जन बढी महिलाजन्य संघ संगठनहरुका अगुवाहरुको सहभागिता रहेको थियो । प्रशिषणमा मञ्चकी अध्यक्ष आचार्य लगायतले सहजीकरण गरेकी थिइन् । कार्यक्रम मनिषा राईले सञ्चालन गरेकी थिइन् ।

अस्पतालको शेयर फिर्ता माग

लखनपुर/गाउँमा सञ्चालित अस्पताल अन्यत्र सारिएपछि झापाको लखनपुरका दर्जनौँ शेयर सदस्यहरुले शेयर रकम फिर्ताको माग गरेका छन् ।
अस्पताल व्यवथापन पक्षले अस्पतालको सेवा गौरादहमा स्थानान्तरण गर्ने कार्य अघि बढाएपछि लखनपुर–१ मंगल’boutमा अवस्थित जनमुखी स्वास्थ्य केन्द्र अस्पतालका सय बढी शेयर सदस्यहरुले रकम फिर्ताको माग गरेका हुन् । सामाजिक पर्यावरण सुधार केन्द्रले १० दिन अघि सहकारीका मार्फत् अस्पताल संचालनमा ल्याएका थिए ।
अस्पताल स्रोतका अनुसार केन्द्र र व्यवस्थापन समिति बीच अस्पतालको पक्षमा विवाद बढेपछि अस्पताल व्यवस्थापनमा समस्या आएको थियो । अस्पताल सञ्चालनमा घाटा जान थालेपछि व्यवस्थापनमा समस्या आएको भन्दै महिना दिन अघि सो अस्पतालका सम्पूर्ण सेवा बन्द गरिएको थियो । सो समस्या हटाउन केन्द्रलाई नै जिम्मेवारी दिएको र अस्पताल गौरादहमा लैजाने सहमति भएको बताइएको छ । सहमति अनुसार गौरादहमा अस्पताल लैजान पूर्व इच्छुक शेयर धनीहरुको शेयर रकम फिर्ता दिने उल्लेख छ ।
गठित मूल्यांकन समितिका संयोजक विवेक मिश्रका अनुसार शेयर फिर्ता लिन चाहनेलाई केन्द्रले रकम दिने कार्य भइरहेको बताए । उनले भने–‘अस्पतालमा शेयर फिर्ता लिनेको संख्या बढेर गएको छ ।’ अस्पतालमा लखनपुर, तोपगाछी, दमक, गौरादह लगायतका २ सय ८३ बढीले शेयर लिएका थिए । ति मध्ये पहिलो चरणमा ६३ जनाले जनही न्यूनतम ५ हजार रुपैयाँ शेयर रकम बुझेका छन् । सोमबारसम्म थप ६० बढीले शेयर फिर्ता दिलाउन माग गरेका संयोजक मिश्र बताउँछन् ।
अस्पतालमा शेयर खरिद गरेका अधिकांश शेयर सदस्यहरुले अस्पताल अन्यत्र लैजाने भएका कारणले आफूहरुले बुझाएको रकम असुल हुनुपर्ने भन्दै अस्पतालका एउटा प्राविधिक कक्षमा तालाबन्दी समेत गरेका थिए । अस्पताल संचालनमा जिम्मेवारी दिइएका सो संस्थाका अध्यक्ष राधा आचार्यले सोमबार अस्पताल परिसरमा शेयर फिर्ता लिनेहरुलाई चेक दिने काम गरेका थिए । ‘अस्पताल नचल्ने भएपछि यसलाई अन्यत्र सार्ने कार्य भएको हो’ अध्यक्ष आचार्यले भने–‘फिर्ता लिनेलाई रकम दिने प्रयासमा छौँ ।’

दुर्घटनाका घाइते १८ दिनसम्म अचेत

सरोज बस्नेत
उर्लाबारी/गत माघ २८ गते साँझ साढे आठ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीस्थित सगुन होटल नजिकै सडक दुर्घटनामा परेका उर्लाबारी–४ का २४ बर्षीय सुरज वस्ती १८ दिनसम्म अचेत छन् ।
घरबाट चौकतर्फ गइरहेका वस्तीलाई नचिनेको भेनले ठक्कर दिएको थियो । भेनको ठक्करबाटसंगै पैदलयात्रा गरिरहेका उनका ज्वाई रुपचन्द्र दाहाल पनि सामान्य घाइते भएका थिए । रुपचन्द्रको भने उपचार भइ सकेको छ ।
जीपको ठक्करबाट गम्भिर घाइते भएपछि तत्काल नै विराटनगर स्थित न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएका वस्तीको  अझै होस खुलेको छैन । वस्तीकी दिदी चन्द्राका अनुसार अचेत अवस्थामा रहेका कारण भाइलाई पाइपको प्रयोग गरेर तरल पदार्थ जुसहरु खुवाउने गरिएको छ । न्युरो अस्पतालमा नौ दिनसम्म आइसियुमा राखेर उपचार गरिएका उनको अहिले सोही अस्पतालको पोष्टवमा राखेर उपचार भइ रहेको छ ।
बिरामी स्वास्थ्यमा सामान्य सुधार आएका कारण पोष्टवमा राखेर उपचार सुरु गरिएको न्युरो अस्पतालका प्रशासन प्रमुख विपुल श्रेष्ठले बताए । आँखा समेत हेर्न नसक्ने घाइतेले सामान्य रुपमा आँखा हेर्न सक्ने भएका कारण पोष्टवमा राखेर उपचार सुरु गरिएको उनले जानकारी दिए ।
उपचारमा संलग्न न्युरो अस्पतालका चिकित्सक डाक्टर यामबहादुर रोकाले घाइते वस्तीको टाउकोको भित्री भागमा रगत जमेका कारण शल्यकृया गर्न नसकिएको बताए । वस्तीका ज्वाई रुपचन्द्र दाहालले भने घरको
आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समेत समस्या भइरहेको छ । दैनिक २० हजार बढी उपचारमा खर्च गर्नु र हालसम्म ५ लाख रुपैयाँ ऋणपान गरेर उपचार गरिएको परिवारले जनाएको छ ।
पैदल यात्रुलाई ठक्कर दिने सवारीलाई खोज्न प्रहरीले चासो नदिएको घाइतेका बुवा रामप्रसादले बताए । मोरङ प्रहरी प्रमुख एसपी प्रद्युम्न कार्कीले ठक्कर दिने सवारी साधन खोज्न प्रहरी लागि परिरहेको बताए । उनले सवारी साधन खोज्नका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीलाई निर्देशन दिइ सकिएको जानकारी दिए ।

त्रिशुलीमा ट्रक खस्यो

चितवन//नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालस्थित सडकबाट मालबाहक ट्रक मंगलबार त्रिशुली नदी किनारमा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा चालक मकवानपुर हटिया–९ का ४० वर्षीय बाबुराम विक रहेका छन् ।
वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना१ख ४९०३ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशुली किनारमा खसेको चितवन प्रहरीले बताएको छ । ट्रकमा अन्य कोही भएरनभएको नखुलेको प्रहरीले जनाएको छ