‘मुलुकको समृद्धिका लागि सहकारी’

दमक, ६ साउन/देशका विपन्न वर्गलाई आर्थिक रुपले समृद्ध बनाएर मुलुक निर्माण गर्नु नै सहकारीको मुख्य अभियान भएको शुक्रबार झापाको दमकमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।
गृहणी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड दमक–११ को प्रारम्भिक साधारणसभामा बोल्दै उनीहरुले सहकारीमा इमान्दारिता, पारदिर्शता र लगनशीलताको आवश्यकता पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी संघका सञ्चालक गणेश बस्नेत, जिल्ला सहकारी संघ झापाका अध्यक्ष हरिचरण बानियाँ, डाँफे बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक चुडामणि ओझा, सहकारीकर्मी पुष्पप्रभा घिमिरे लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष कृष्ण तिम्सिनाको अध्यक्षतामा  कार्यक्रममा सम्पन्न भएको थियो । संस्थामा ४ सय बढी महिला शेयर सदस्यहरु रहेका बताइन्छ ।

टिप्पणी छोड्नुहोस्