माओवादी बैठकमा प्रचण्ड र बाबुराममाथि नै आक्रमण – मुख्य समाचार

प्रहरी र पूर्व जनसेनाद्वारा उद्दार

काठमाडौं, ६ साउन/एकीकृत नेकपा माओवादीको राजधानीमा जारी विस्तारित बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री समेत रहेका उपाध्यक्ष डा. बाबुराम भट्टराईमाथि नै आक्रमण भएको छ ।

प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि भएको समूहगत छलफलको रिपोर्टिङ गर्ने क्रममा भोजपुरा राज्य समितिको तर्फबाट को बोल्ने भन्न ’bout सुरु भएको विवादले उग्ररुप लिएपछि प्रचण्ड र बाबुराम पक्ष एक–अर्का पक्षका शीर्ष नेताहरूमाथि नै जाइलागेका हुन् ।
विवाद बढ्दै गएपछि प्रचण्डका विश्वासपात्र पोलिटव्यूरो सदस्य प्रभाकर बैठक स्थलबाट बाहिरिन खोजेका उपाध्यक्ष भट्टराईमाथि जाइलागेका हुन् । उनले भट्टराईलाई कठालो समाउने प्रयास गरेका थिए ।
आफ्ना नेतामाथि आक्रमण भएपछि आक्रोसित भट्टराई पक्षीय एक कार्यकर्ताले पार्टी अध्यक्षमाथि नै कुर्सी प्रहार गरे । बैठकमा सहभागी एक नेताका अनुसार कार्यकर्ताले हानेको कुर्सी प्रचण्डको ढाडमा लागेको थियो । प्रचार–प्रसार उपसमिति संयोजक विश्वभक्त दुलालले भने –‘सामान्य विषयमा सुरु भएको विवाद, तानातान र हानाहानको स्थितिमा पुगेको हो । ’
कसरी बढ्यो तनाव ?
शुक्रबार ११ बजे बस्ने भनिएको बन्दसत्र एकघण्टा ढिलो गरी शुरु भयो । बैठक सुरु भए लगत्तै नामावली सूची अनुसार भोजपुराका बलिदान साहलाई अध्यक्षको प्रतिवेदनमाथि भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्न मञ्चमा बोलाइयो । भट्टराई पक्षका साहले बोल्न थाल्ने बित्तिकै मञ्च र तल रहेका प्रचण्ड पक्षका नेता तथा प्रतिनिधिले आफ्ना पक्षका अशोक जैसवालले बोल्नुपर्ने भन्दै हुटिङ गरे ।
भट्टराई पक्षकाले भने साहले बोल्न थालिसकेकोले उनले बोलेपछि अशोकलाई बोल्न दिनुपर्ने बताए । तर, प्रचण्ड पक्षधरले एकोहोरो हुटिङ र होहल्ला गर्न छाडेनन् । यसको नेतृत्व नेतृ अञ्जना विशंखेले गरेकी थिइन् ।
बोल्न थालेका आफ्ना पक्षका नेतालाई अवरोध गरेको भन्दै मञ्चमा रहेका भट्टराई, देवेन्द्र पौडेल लगायतले विरोध जनाए । बोल्नै नपाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ भनेर भट्टराई र पौडेलले प्रतिवाद गरे लगत्तै त्यहीं रहेका प्रचण्ड पक्षधर नेता जनार्दन शर्मा प्रभाकरको पारो तात्यो । ‘गुटबन्दी गर्ने तिमी नै हौ’ भन्दै उनले भट्टराईमाथि हात हाल्न खोजे । सँगै रहेका पौडेल, डिलाराम आचार्य लगायतका नेताहरूले छेकेका कारण्ँ प्रभाकरको हात बाबुराममाथि पर्न पाएन ।
उपाध्यक्षमाथि नै हातपात गर्न खोजेको भन्दै भट्टराई पक्षधर नेताहरूले चर्को विरोध र हुटिङ गरे । त्यो बेला अध्यक्ष प्रचण्डले ‘हैन मिलाऔं, शान्त रहनोस्’ भन्दै थिए । तर, हातपातकै स्थिति आएपछि बाबुराम पक्षधर कार्यकर्ता पनि प्रतिवादमा उत्रिए । बझाङका एक प्रतिनिधिले पार्टी अध्यक्ष प्रचण्डमाथि कुर्सी प्रहार गरे । कार्यकर्ताबाट नै नेताहरू असुरक्षित रहेको थाहा पाएपछि प्रहरीले हस्तक्षेप गरेर शीर्ष नेताहरूलाई ‘रेस्क्यू’ गर्नु परेको स्रोतको भनाई छ ।

बिप्पाले भट्टराई हैरान
काठमाडौं, ६ साउन/पार्टी भित्र आवश्यक छलफल नै नगरी भारत भ्रमणका बेला बिप्पा सम्झौता गरेर आएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई विस्तारिक बैठकमा यहि विषयले हैरान पारेको छ ।
पार्टीमासँगै छँदा मोहन वैद्य किरण पक्षधरले प्रधानमन्त्री एवम् पार्टी उपाध्यक्ष भट्टराईलाई पदमा बसेदेखि आलोचना गर्दै बिप्पा सम्झौतापछि त सडकमै झरेर विरोध गरेको थियो ।
बिप्पा सम्झौता तथा सेना समायोजन, हतियार हस्तान्तरण लगायत शान्ति प्रक्रियासँग जोडिएका मुद्दामा भट्टराईले पार्टी र राष्ट्रहित विपरित कदम चालेको आरोप वैद्य पक्षले लगाउँदै आएका छन् ।
राजधानीमा जारी विस्तारित बैठकमा अध्यक्षको प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्ने क्रममा नेताहरूले बिप्पाको कुरालाई उस्तै जोडतोडले उठाउन थालेपछि उनी तनावग्रस्त बन्दै गएका छन् ।
अध्यक्ष प्रचण्डको प्रदिवेदनमा बिप्पा सम्झौता ठीक वा बेठीक हो भन्ने ’bout प्रष्ट कुरा उल्लेख नभएको भन्दै विस्तारित बैठकमा सहभागी प्रतिनिधिहरूले असन्तुष्टी जनाएका छन् ।
पार्टी नेतृत्ससँग छलफल नै नगरी भट्टराईले बिप्पा सम्झौता गरेको कुरा बाहिर चर्चामा रहे पनि अध्यक्षको प्रतिवेदनमा यस’bout केही उल्लेख छैन ।
विस्तारित बैठकमा विप्पाको कुरा उठाएर भट्टराईको आलोचना हुन थालेपछि प्रधानमन्त्री पत्नी हिसिला यमीले भने बिप्पा सम्झौताको पुस्तिका नै बोकेर बाँड्दै हिँडेकी छिन् । शुक्रबार उनले बैठक स्थलमा पुस्तिका लगेर बाँडेकी हुन् । उनले छोरीको रातो झिल्को नाम गरेको जर्नल र विप्पाको पुस्तिकासँगै लगेर कार्यकर्तालाई बाँडेको बैठकमा सहभागी एक नेताले बताए । बिप्पा ’boutको भ्रम हटाउन भन्दै उनले यसो गरेकी हुन् ।
यस्तै विस्तारित बैठकमा सहभागी प्रचण्ड पक्षधर नेताहरूले गृहकार्य नै नगरी समायोजन प्रक्रिया थालेको भनेर पनि भट्टराईको आलोचना गरेका छन् । पूर्व लडाकुलाई सेनामा समायोजन गर्ने विषयमा पहिल्यै उमेर र शिक्षा’bout प्रष्ट अडान नलिँदा अहिले प्रक्रिया अवरुद्ध भएको उनीहरूको भनाई छ ।

टिप्पणी छोड्नुहोस्