अवशेष – टङ्क आचार्य

1. प्रेम । हाम्रो पालामा कागजको सानो टुक्रामा लेखिएका शब्दहरुबाट हाम्रो प्रेम शुरु हुन्थ्यो । त्यो बेलाका प्रेमहरु एक दुई बाहेक सबै प्रेमहरु दुःखान्तमा टुङ्गिन्थे । अहिले प्रेम प्रस्तावका लागि एउटै एस।एम।एस। काफी छ । आज मोज गरौँ भोलिका लागि भोलि नै सोचौँला भन्ने यो जमानामा टिनएजरहरुबीच लभको पारो कसरी हाई र कसरी लो हुन्छ के कुराले केटीहरुको एट्रोजेन बढाउँछ र के ले केटाहरुको हार्मोन शिथिल पार्छ यसको त्यति वास्ता गर्दैनन् । हिजो आजका ठिटाठिटीहरु मोज मस्ती गर्न पाए भइहाल्छ उनीहरुलाई ।
-अब हाम्रो पालामा भने के थियो भने एन्टोन चेखभले भने जस्तो ूलभ इज मिस्ट्रीू थियो । यही ूमिस्टिरियल लभू ले यौवनमा प्रवेश गरेका हामीहरुलाई जीवनमा धमाका मच्चाउने गथ्र्यो । जोश जाँगर भावना र यौवनले भरिपूर्ण त्यो हाम्रो समयमा आफ्नो उमेर आफैमा कि्रटिकल र उत्ताउलो बन्थ्यो । र हामी आफै अपोजिट सेक्स प्रति आकर्षि हुनुलाई मानिसको प्राकृतिक स्वभाव हो ठान्थ्यौं पनि ।
-त्यो बेला हामी हुन त अहिले पनि त्यस्तै छ तर समय र साधन सजिलो छ युवा-युवती बीच प्रेम साटासाट गर्ने एक मात्र साधन भनेको चिठ्ठी-पत्र मात्र थियो र कागजमा भावनाहरुलाई अक्षरीकरण गर् यो अनि मायालुको घर पत्ता लगायो र त्यसपछि निकटको मित्र मार्पुत आफ्नो खोली बाँसुरी पत्र डेलिभर गराइरहनु थियो । कति पो अप्ठ्यारो थियो हाम्रो समय । अहिलेको समय त्यसैमा सीमित रहेन खुशी लाग्छ । इमेल इन्टरनेट फेसबुक तथा एसएमएसले सम्पन्न यस युगका नयाँ पुस्तालाई पुराना मेरा जस्ता अनुभव सुन्दा उनीहरु चुड्किला भने झैं लाग्न सक्छ । ’cause चिठ्ठिपत्र र मिडिएटरको चाँजोपाँचो मिलाउँदा समय भित्र अहिलेका युवा युवतीबीच ब्रेकअप नै भइसक्छ ।
-बजारमा म देख्छु अहिलेकाहरुलाई रोमान्स र मस्ति चाहिएको छ । यसका लागि उनीहरु जे गर्न तथा जुन हद पार गर्न पनि तयार छन् टिन एजरहरु । टिनएजरहरुमा ब्वाईप्रुेण्ड र गर्लप्रेुण्ड नहुनेहरु खिसी ट्युरी र हाँसोका पात्र बनिरहेको जमाना बनेको छ । जसो तसो आफ्नो साथी बनाउनै पर्ने बाध्यता बनेको छ । गुरुकूलका नीतिका तथा ज्ञान धर्मका कुराहरुले उनीहरुलाई यत्ति पनि छुँदैन । तर मलाई के कुरामा खुशी लाग्छ भने- न्यू जेनेरेशनमा केटाहरु मोर्डन र हिपहप केटी चाहन्छन् तर बिवाह गर्न चाँहि संस्कार भएकी शुशील कन्या । र केटीहरु घुम्न मोज गर्न वा बायोलोजिकल निड पूरा गर्न रफटप र जंकी केटा मन पराउँछन् तर बिवाह गर्न चाँहि भद्र र सम्पन्न केटा हुनुपर्छ । मलाई खुशी लाग्छ ।
2. मेरि स्टोप्स उनी डाक्टर थिइनन् । उनी एडिन्वर्गमा जन्मिएर जर्मनको म्युनिक विश्वविद्यालय वनस्पति शास्त्र पढेकी विद्यार्थी हुन् त्यसपछि कोइला खानीमा विशेषज्ञको काम गरिन् । उनले आफ्नी आमाले यौनलाई वेवास्ता गरेको र आफ्नो असफल बिवाहका कारण ३६ वर्षको उमेरमा उनले यौनलाई एउटा शैक्षिक विषयको रुपमा अध्ययन गर्ने एउटा प्रश्न-ूकिन धनी पुरुष र महिलाले मात्र संभोगको आनन्द उठाउँछन् ू को उत्तर खोज्ने निश्चय गरिन् ।
-बिसौँ शताब्दीको शुरुसम्म ूसम्पूर्ण महिलाले पनि यौन सम्पर्कको मजा लिन र उत्तेजनामा आउन पाउनु पर्छू भन्ने कुरा प्रतिबन्ध थियो । यसलाई उनले आफ्नो नारा बनाएर अघि बढिन् र संसारलाई हल्लाइदिइन् । त्यसपछि यससँग सम्बन्धित मेरि स्टोप्सले गर्भ निरोध सम्बन्धी सिद्धान्तका ूम्यारिड लभ र ब्वाइज प्यारेन्टहुडू दुई पुस्तक लेखिन् तर प्रकाशनका लागि अमेरिकामा प्रतिबन्ध गरिए । र इङ्ग्ल्याण्डमा जोड्दा आलोचना भए पनि छापिए र संसारभरि भारी संख्यामा बिक्री भए ।
-अहिले मेरि स्टोप्स क्लिनिकहरु संसारभर खुलेका छन् ।
यसले उनको नारा मुताविक महिलाहरुले यौनानन्द लिइरहेका छन् । यदि यो संस्था नहुँदो थियो भने गाउँ शहरका कति महिला-युवतीहरु चरित्रका सिकार बनिरहेका र समाज विकृतयुक्त बनिरहेको हुने थियो । मेरि स्टोप्स क्लिनिकलाई हाम्रो देशमा गर्भ निरोध गर्ने एउटा आधिकारिक संस्था घोषित गरिदिएको छ उनको नाममा ।
3. हिन्दीमा एउटा चुट्किला छ- पत्नी अपने पति सेः रातको घरमे चोर और मुझे चुम कर चला गया । पति घवरा करः तुम ने उसे रोका क्यौँ नही पत्नी ः मै ने बहुत रोका पर उस ने कहा कि अभि जाने दो कल फिर आउँगा ।
-हाम्रो विचार र मनले पनि चोरलाई पालेको एउटा उपर्युक्त चुट्किला । जसलाई आनन्दको आत्मसन्तोष हुँदैन उसले बाहिरी कामुक चोरहरु पाल्दारहेछन् पुरुष हो वा स्त्री । आफैमा सधैँ त कहा चरम आनन्द भै राख्छ होला र । र समाजले नै के आफै यस्तो वातावरण सृजना गरिदिन्छ कि कसो
4. एउटा स्याल थियो । जसको भोजन उसको मालिक ईश्वरले आफै जुटाइदिन्थ्यो । उसलाई भोजनको सिकारको कुनै चिन्ता थिएन । धेरै वर्ष पछि स्याल घोर्ले भयो वयस्क र उमेरदार भयो । एक दिन उसको मालिकलाई त्यो स्याललाई एक छाक भोजन उपलब्ध नगराउँदा कसो गर्दोरहेछ – हेर्न मन लागेछ । सधैँ बिहान ८ बजे भोजन सिकार आफै आइपुग्ने आज आएन स्याल छक्क पर् यो । दिउँसो ११ बज्यो उसलाई निक्कै भोक लागिसक्यो भोजन आएन छटपटकाउन थाल्यो । यताउती हेर्छ उप्रुन्छ बस्छ भोजन आएन । दिउँसो २ बज्यो भोक खप्न नसकेर सिकार गर्न खरायो देख्यो र लखेट्न थाल्यो । २ घण्टा लखेट्दा पनि भेट्टाउन सकेन खरायो कान्ला परतिर आझेल पर् यो र लुक्यो । यो स्याल भने गलेर लखतरान भयो भोक बढेर उस्तैै छ । र थचक्क बस्यो । खरायोले अब स्याल के गर्दैछ हेर्न चिहाएछ । त्यो बेला दुवैको आँखा जुधे । अनि स्यालले खरायोलाई सोधेछ- ए खराया तलाई मैले किन भेटेर सिकार गर्न सकिन खरायोले ः स्याल दाई तिमी एक छाक भोजनका लागि थियौ भने म मेरो जीवनका लागि भाग्दै थिए । त्यसकारण हो भनिदिएछ ।

अवशेष

टङ्क आचार्य
ूजिन्दगी निकै सुन्दर छ । त्यसलाई अझ बढी सुन्दर बनाउनु पर्छू यो भनाई भारतीय सहीद सेनानी भगतिसंह को हो । एउटा लालटिनमा तेल भरेर फीता पनि बिलक्रल ठीक गरी सिसा लगाएर एउटा सुरक्षित स्थानमा राखेर बालिदियो भने त्यसले प्रकाश दिन थाल्छ । केही समय पछि सिसामा अलि-अलि कालो लाग्न थाल्छ तेल घटदै जानछ । यस्तै छोडिदियो भने तेल मात्र थपिदियो बालिरह्यो भने उसको प्रकाश कम हुँदै जान्छ सिसाभरि कालो हुन्छ र बालेको र नबालेको थाहै हुँदैन । यो लालटिनमा उज्यालो दिँदा दिँदै कालो कहाँबाट आयो र सिसा नै ढाकिदियो प्रश्न खडा हुन्छ । अर्थात् उसको बल्ने काममा हाम्रो स्याहार पुगेन सिसा सफा गरिएन र लालटिनले प्रकाश दिइरहे पनि सिसा बाहिर आउन सकेन । यहाँ सिसामा कालो -पर्दा जस्तै बन्यो । हामीले लालटिनलाई जस्तै हाम्रा १० वर्ष मुनिका नानीहरुको अ-व्यवहार र उनीहरुका सिसाको कालो पुछिदिनु पर्छ । जीवनलाई अझै सुन्दर मनका मस्तिष्कका सबै काला पर्दाहरु हटाउनु पर्दछ र देशको सुन्दर सपना बनाउनु पर्छ ।
नङ्गा जोगी । एकपटक विराटनगरका तिर्थालु बद्री विशाल आश्रम जाँदै थिए । बाटोमा उत्तर प्रयाग पुगेपछि त्यहाँका बाहुन पण्डालाई देखेर केही दान गर्न मन लागेछ र एउटा धोती र १ हजार रुपैयाँ दान गर्ने भएछन । लाइनको १०÷११ औँ लाइनमा एउटा नाङ्गा रहेछ । उनीहरु दान गर्दै गए नङ्गा जोगीलाई पनि एक हजार र एउटा धोती दिएछन । नागाले त्यही धोती उठाएर दान दिनेकै मुखमा फ्याकिदिएछ र भनेछ-ुये मेरे लिए क्या काम । लेजाओ पिछे तुम्हारा कफन मे काम लागेगा लेजाओ ।ु ठिक्क भनेछ । जसलाई काम छैन लगाउँदैन उसलाई धोती पैसा दान दिनुको अर्थ लाग्छ । कपडा लगाउने तर नहुनेलाई दान दिनुपर्छ । नङ्गालाई कपडा दान……ल हेर्नुस विराटनगरका दानीहरुको हाल त्यहाँ हेर्न लायक बनेछ । वास्तविक नागाहरु असल जीवन बाँच्छन यहाँ वास्तवमा जीवनको शुरु र अन्त्य दुवै ठाउँमा कपडा चाहिँदैन । कपडा लगाउनु भनेको शरीरको सुविधाका लागि मात्र हो । जन्मेको बेला र मृत्युमा कपडा हुँदैन । बच्चालाई लुगा लगाइदिनु भनेको हाम्रो माया हो । अझ असलमा के हो भने नाँगाहरु सोत्तर पात पतिङ्गर पराल मा सुत्छन बस्छन र पकाएर खाँदैनन । भरसक आफै पाकेको खानेकुरा खान्छन । उनीहरुलाई जीवनको कुनै चिन्ता हुँदैन । जन्मेदेखि नै उनीहरुको शरीर प्रकतिसँग मिलेको हुन्छ । अरु जस्तो उनीहरुलाई रोग पनि लाग्दैन ।
जीवनको चिन्ता हुनेहरुलाई सधै दुःख हुँदो रहेछ । चिन्ता कसरी सुखी हुने भन्ने । एउटा उदाहरण-नङ्गा बाबाहरुको आश्रम नजिकै एउटी अलि उमेरकी वेश्या थिइन । ऊ ग्राहकको पर्खाईमा दिनभर बस्थी । एक दिन एउटी पनि ग्राहक आएन भने ऊ भोक भोकी हुन्थी । सँगैमा छेवैका बाबाहरुको आश्रममा भने उसलाई भनेजति दृश्य छ । नङ्गाहरु नाङ्गै दिनभर देख्छे त्यहाँ खानेबेलामा मिठा-मिठा खानेकुरा मिष्ठान्न आइरहन्छ । खाएर पनि उभि्रन्छ । यता वेश्या ती दृश्यहरुमा मुख मिठयाएर बस्छे । उसलाई भने खानेकुरा त के ग्राहक पनि कोईबेला नआएर भोकै हुन्छे । जबकी ती बाबाहरु खानेकुराको पनि कुनै चिन्ता गर्दैनन । एकदिन वेश्याले आफ्नो अप्ठयारो कुरा बाबालाई सोधिछे- बाबाले जीवनको चिन्ता हुनेहरुको समस्या नै यही हुन्छ छोडिदेऊ चिन्ता भनेछन । त्यसदिन देखि वेश्याका पनि मनोकांक्षा पूरा भएको कुरा सुनेको थिए । जीवनको र लोभ लालचको बढी चिन्ता गर्नेहरु बढी दुःखी हुन्छन ।
धर्म भनेको कर्तव्य-कर्म हो । प्राणीले आफ्नो स्वभाव अनुसार प्रकट गर्ने व्यवहार नै धर्म मानिन्छ । हुन त कतिपय वस्तुहरुले पनि आफ्नो कर्तव्य पालन गरेर धर्म देखाएका÷गरेका छन जस्तैः सूर्य सदैव प्रकाशित छन । नदीले आफै जल दिएका छन । वृक्षले कहिल्यै आफै आफ्नो फल खाँदैन र अरुलाई दिन्छ । वर्षा अरुकै हितको निम्ति वर्षन्छ । हामीले पनि महान बन्नलाई परोपकारी हुनुपर्छ । यो नै साँचो धर्म हो । आफ्ना धार्मिक प्रवृत्तिबाट मात्र आफू महान हुने परम्परा जिवन्त छ र पनि मान्छेहरु नै अरु प्राणी वनस्पतिहरु भन्दा अधार्मिक बनेको छ ।
सबैभन्दा बढी सुनेर त्यसपछि पढेर र अन्त्यमा देखेर जानिन्छ । कलियुगमा सुतक ११ दिन द्वापरमा ११ महिना तेत्रा युगमा ११ वर्ष र सत्य युगमा १११ वर्ष लाग्छ । यो कुरा मैले सुनेर जानेको हो ।