दमकको नौलो परिचय ? – लाईन क्रस

प्रकाश आङ्देम्बे
स्वामी आनन्द अरुणद्वारा शब्द, विषय संकलित कृति सन्त दर्शनमा एउटा कथा पढन पाइन्छ । त्यो कथामा उल्लेख छ कि, ः हज्जारौँ वर्ष पहिले बिहारको नालान्द विश्वविधालय संसारमा प्रशिद्ध थियो रे । हालको एसिया आसपासका स्थानहरुमा चर्चा नपाउने कुरा भएन । बुद्दत्व सम्बन्धी ज्ञान लिनका लागि तिब्बतवाट एक धार्मिक गुरु पनि नालान्द विश्वविधालयमा आएका थिए रे । ज्ञान हासिल गरेपछि धेरै वर्ष त्यही विश्वविधालयमा अध्य्यन र अध्यापन गराएछन् ती धार्मिक गुरुले । अन्तत यहाँका ज्ञान आफ्नो जन्मभूमि तिब्बतमा लगेर बाँड्ने सोंच बनाएछन् । उनको सुन्दर कुरा सुनेर तिब्बतवाट पढ्न आएका अन्य नब भिक्षुहरुले पनि उनलाई साथ दिने भएछन् । योजना अनुशार उनीहरुले अत्यन्तै ज्ञानवर्दक पुस्तकहरु भेला पारेछन् र तिब्बत फर्किने भएछन् । त्यसपछि ती गुरु लगायत अन्य तीनजना भिक्षुहरु काठको ठूलो जहाँज तयार पारेर समुन्द्रको वाटो भएर आफ्नो गाउँ फर्केछन् । समुन्द्रको वाटो पन्ध्र दिन लाग्ने रहेछ । भिक्षुहरु आफ्नो गाउँ, ठाउँमा ज्ञान बाँडन पाइने कुराले हर्षित थिएछन् । भोलि विहान जहाज गाउँ पुग्ने थियो तर साँझ ठूलो आँधीहुरी आएछ सागरमा । पानीको छालले जहाजमा समस्या भएछ । माझीले मुल भिक्षुलाई भनेछ “यी गह्रौँ पुस्तकहरु फाल्नु पर्याे नत्र जहाज डुब्न सक्छ ।” मुल भिक्षुले पनि सवैको ज्यानको सवाल ठानेर बहुमुल्य ठूला पुस्तकहरु फाल्ने निर्णण गरेछन् । यो देखेर अन्य भिक्षुहरुले मुल भिक्षुलाई विनम्रसँग अनुरोध गरेर भनेछन् “गुरु यी पुस्तकहरु एकदमै वहुमुल्य छन् । ज्ञानका भण्डार छन् । हामीले यहाँसम्म ल्याइसक्यौँ । भोलि विहान त यो गाउँमा पुगिहाल्छ । यदी यो पुस्तक गाउँमा पुग्यो भने सारा गाउँमा हामी भन्दा ठूला हज्जारौ ज्ञानीहरु जन्मनेछन् तसर्थ तँपाइले यो पुस्तक फाल्नु हुँदैन ।” यत्ति भनेर मुलभिक्षुसँग हिडेका अन्य तीन भिक्षुले आँधी उर्लिएको समुन्द्रमा हाम फालेछन् ।
    प्रस्तुत प्रसँग ज्ञान कति महान हुन्छ ? पुस्तक कति महत्वपूर्ण हुन्छ ? भन्ने प्रसँगको लागि हो । ती भिक्षुहरुले आफ्नो गाउँमा ज्ञान बाँड्नका लागि आफ्नो प्राणको आहुती दिए । दमकमा पढ्ने घर निर्माणका लागि अहिले युवा साथीहरु जुटेका छन् । लागि परिहेका छन् । यही २८ र २९ गते दमक रेडक्रस सोसाइटी हलमा नाटक मञ्चन गर्दैछन् । यसको सहयोगार्थ मैले पनि आफुले सकेजति सहयोग गरिरहकोछु । गरिरहनेछु । त्यही यात्रामा विश्वमा चलेको नविन शैलीको नाटक बेरँग रँगहरु मञ्चन हुँदैछ । तँपाइलाई आफ्नो गाउँ, आफ्नो ठाउँ, कला, साहित्य, सृजना र समाजप्रतिको प्रेम छ भने यो यात्रामा समाहित हुनुहोस भन्ने अनुरोध गर्दछु । कला, साहित्य हरेक स्थानको प्राण हो । भौतिक रुपमा बाटो, महल ठूलो बनिएर मात्र हुँदैन । बिचार र सोंचाइ पनि महान बनिन अनिवार्य छ । तँपाइ हामीले सृजनात्मक यात्रामा थप चासो देखायौँ र लागि पर्यौ भने दमकलाई वेश्यावृत्ति र भट्टीको परिचयबाट सुन्दर र सृजनशिल शहरको रुपमा चिनाउन सक्नेछौँ ।

सिसाको शरीर लिएर ढुङ्गाको व्यापा र- लाइन क्रस

प्रकाश आङ्देम्बे
कथाले मागेको दिनु तर निर्माता निर्देशकले मागेको केही पनि नदिनुू केही समयअघि चलचित्रको क्षेत्रमा दिर्घकालीन समयसम्म कसरी टिक्न सकिन्छ भन्ने एक मोडलले सोधेको प्रश्नमा मैले मुखमा आएको यही उत्तर फर्काएको थिएँ । यस्तो घटना मेरो लागि कुनै नौलो र एकपटकको मात्र होइन । समय अन्तरमा पटक पटक रिपिट भइरहन्छ । मेरो जवाफ सुनेर रातो निलो भएकी ति कलाकार फेरि कहिले मकहाँ फर्केर आइनन् । सायद मेरो कुरा उनलाई पचेन या उनको आफ्नो मिसन कम्प्लिट भएन म बाट । समय अन्तरमा उनले केही चलचित्र खेल्न लागेको समचार आयो । केहीपछि उनको रोमान्सको खबर र डिभोस्रको खबर अलग-अलग पात्र अनुसार फेरिएको पनि सुनियो । हुँदा हुँदा आत्महत्या झण्डै गरिन् भन्ने पनि सुनियो । अन्तत उनैले यो लाइन खत्तम लाइन हो तसर्थ सन्यास लिएँ भन्ने पनि सुनियो ।
मलाई लाग्छ कला भनेको जीवनलाई सुन्दर बनाउने सहज बनाउने पि्रय विधाको बोध हो । कला क्षेत्र आत्महत्या गर्ने र गराउने विधा होइन । यो छोडने र समाउने विधा पनि होइन । जुनै पनि विधामा तँपाइलाई सन्तुष्ट छैन भने त्यो विधा तपाईंको लागि सही हुनै सक्तैन । हामीले जति सोच्छौँ त्यो क्षेत्र वा वस्तुले पनि त्यति नै हामीलाई सोंच्दछ । सागरमा डुबेपछि मात्र मोति भेट्न सकिन्छ । गहिराईमा डुब्न डराएर किनार सतहमा नै रमाउनेले माथिनै तैरिएको फोहोर िफंजमात्र हो पाउने । असारमा अल्छी मान्नेले मंसिरमा भोकै भएँ भनेर दुःख मान्नुको कुनै तुक छैन ।
म चलचित्र निर्माणको तयारीमा छु भन्ने खबर फैलिएपछि म कहाँ यस्ता अनगिन्ती दुर्घटनाहरु जसलाई म गरीब दुर्घटना भन्न रुचाउछु घट्ने गर्छन् । धेरै निर्देशक निर्माता कलाकारहरु पनि जतिसक्दो चाडो काम सकिहालौँ भन्छन् । साथीभाइहरुको सुझाव पनि आफ्नो ठाउँमा जायज नै होला तर म चलचित्रलाई बेलुका गफ गर्यो राती काम गर् यो बिहान सकायो…मान्दिन् । कला साहित्य भाषा फोटोग्राफी लाइट टिमवर्क क्यामरा र क्यामराको भाषा पेन्टिँग र पेन्टिँगको भाषा सम्पादन साउण्ड प्रविधि चरित्रको खोजी र हाउभाउ आदिको समग्रताको रुपमा बुझ्छु । त्यो भन्दा पनि महत्वपूर्ण कुरा समयलाई सम्वोधन गर्ने गरिमामय विषय हो लाग्छ चलचित्र ।
कुनै सुन्दर युवतीसँग नजिकिएर वेहोसिमा एकरात साट्ने बहाना वा कुनै आमाको गलाको तिलहरी । घर निर्माणको पैसा पसिना र रगतले साटेको दुःखीको सपना बोकेको कसैको गोजीको पैसा आदि आफ्नो हातमा पार्ने बहानाको रुपमा चलचित्रलाई लिन्न म । हो म चलचित्र निर्माणको तयारीमा छु तर सृजनशिल स्रष्टाहरुको सामुहिक प्रयास र लगानिमामात्र । यदी सकिन भने निर्माण नगर्न पनि सक्छु । कारण राम्रो विषयलाई हतारमा विगार्न चाहन्न म । राम्रो विषयलाई बिगार्नु्रभन्दा त्यतिकै छाड्न उत्तम हुनेछ कारण जुन दिन अध्यनशिल फिल्म मेकर आउँछन् उनीहरुले त्यो विषयलाई न्याय दिएर बनाउनेछन् । विदेशी चलचित्र हेर् यो अनि त्यसैलाई कुरुप नक्कल गरेर अझै पनि नेपाली दर्शकलाई बेवखुफ बनाउने खेल खेलिरहेका छन् चलचित्रका तस्करहरुले । हातमा चोट लाग्दा टाउकोमा पट्टी बाँधेको चलचित्रको उद्देश्य भनेको एनीहाऊ दर्शकलाई भेडा बनाउ पैसा कमाउभन्दा परतिर केही पनि पाइन्न । एकातरि कलाको नाममा तस्करी गर्नेहरु छन् । अर्कोतिर छाती र तिघ्राको भरमा कलाकार बन्न खोज्नेहरु छन् । यी तथाकथित कंगालहरुको कारणले आज चलचित्र क्षेत्र दुषित भएको छ । राम्रो काम गर्नेहरुलाई समस्या परेको छ ।
चलचित्रका तस्करहरुले ग्ल्यामस्र शब्द अगाडि सार्ने गर्छन । ग्ल्यामस्रको अर्थ नांगिनु कदापि होइन । ग्ल्यामस्रको अर्थ नांगिनु हो भने सिधै निलो चलचित्र बनाए भै गयो नि हुन त ती बिचराहरुलाई नांगिने हिम्मत पनि कहाँबाट आवोस् । कोठामा नांगिनु अलग कुरा हो तर समुहमा नांगिन हिम्मत चाहिन्छ । यदि नांगो र निलो दृश्य दिन सक्दैनन् भने त्यो केही न कामको तिघ्रा छाति देखाउनुको के अर्थ छ मोवाइल मोवाइलमा निलो चलचित्र बोक्ने हेर्ने सुविधायो गलत हुनसक्छ को समयमा तँपाइले मन नलागि नलागि देखाएको तिघ्रा वा छातिले के अर्थ राख्छ नत्र भने ग्ल्यामस्रको अर्थलाई गलत रुपमा प्रयोग गरिनु हँदैन । कुनै पनि दृश्यलाई थप आकर्षक बनाउन वा देखाउने विधा हो ग्ल्यामस्र । यसको लागि तिघ्रा पिडुला छाति नै देखाउनु कुनै अनिवार्य छैन । पुरुषसँग के छ नारीसँग के छ सबैलाई थाहा छ तसर्थ बिनाप्रयोजन बिनाअर्थ बिनाकला कोही नांगिने चहाना राख्छ भने । उसले गर्ने नै आत्महत्या हो मात्र आत्महत्या ।
कलालाई जीवनको महानताको लागि सौन्दर्यको लागि सँस्कृतिको लागि पूजा र प्राथर्नाको लागि प्रयोग गरौँ । आजभन्दा सयवर्ष पछाडिको समयले हेर्दा हाम्रो समयको गरिमा झल्किनु पर्दछ दरिद्रता हैन । तँपाई्र यो क्षेत्रमा आनन्द बोध गरेर गरिमा थप्न आउनुहुन्छ भने स्वागत छ हैन भने तपाईं जस्तो भुसको कुनै काम छैन । सत्य तितो हुन्छ कारण सत्य औषधी हो । सारमा मैले भन्न खोजेको के हो भने यो समाज एकदम मतलबी छ । आफ्नो खुशी पाउनको लागि अरुको आँसुमा अरुकै मुटुको नाउ बनाएर सैयर गर्न तयार छ । ढुँगा बाँचेको छ संसार । तसर्थ कमजोर सिसाको शरीर लिएर ढुंगाको बजारमा नआउनुहोस ।
नोटः प्रकाश आङ्देम्बेका अन्य रचना लेखहरुका लागि उनको साइट धधध।उचबपबकजबलनमझदभ।अयु अन गरेर हेर्न सक्नु हुनेछ ।

लाईन क्रस – सामुहिक रॊदन महोत्सव

प्रकाश आङदेम्बे
ूमसँग गोजीमा सय रुपियाँमात्र थियो । विहान पाँच बजेदेखि अडिसन दिन लाइनमा उभिएको बाह्र बजे मात्र मेरो पालो आयो । त्यो दिन अरुले पालो मिच्ने डरले लाइनमानै उभिइएर एउटा पाउरोटीमात्र खाएँू इन्डियन आइडलको पुर्व भोगाइ सुनाउँदै प्रसान्त तामाङ घोप्टो परेर रुन थाल्यो । उद्घोषक राजेश घतानी पनि डाको छाडेर रुन थाले । छेउमा बसेका डम्बर नेपालीले आँखाभरी आँसु जमाएँ । ठट्टा गरिरहेका विल्सनविक्रम राई मलाई पुलुक्क हेरेर चियरवाट उठे । साचारकर्मी मोहन नेम्बाङ अरुलाई नरुन भन्दै आफै भावुक बने । गजलकार दाताराम चाँपागाई पनि घोप्टो परे चियरमानै । डाको छाडन नमिले पनि आँसु नझारी बस्न सकेनन् मेरा पनि आँखा र मन । यो सबै दृश्यहरु प्रत्यक्ष नियाली रहेका थिए भाइ सुर्य सुब्बा । यो दृश्य थियो गएको शनिबार दमक स्थित कुनै एक होटलको । जब जब यस्तो अवस्थामा हुन्छु तब धेरै अघि आफैले सृजना गरेको रुबाइ सम्झन्छु ।
मन भाचिन्छ तोडिन्छ कहिले दिन कहिले राती हुन्छ
जसलाई विश्वास गर्यो उ नै विश्वासघाती हुन्छ
यसरी मन भाँचिनु तोडिनु टुट्नु र दुःख्नुभन्दा
बरु मन त फलामकै भए जाति हुन्छ ………
धेरैपटक एउटै काममा सँगै भए पनि आफ्नो आफ्नो व्यस्ताका कारणले प्रशान्त जी र मेरो प्रत्यक्ष भेट भएको थिएन । दुइवर्षअघि चलचित्र किन मायामा को स्क्रिनप्ले र सर्ट डिभिजनको वर्कआउट गरिदिनका लागि म गान्तोक गएको थिए । त्यस चलचित्रका मुख्य भूमिकामा थिए प्रशान्त जी । डाइरेक्टर चुन्नीलाल घिमिरे दाजुलाई मैले जाने जति आइडिया सेयर गर्न मात्र म गएको थिएँ । प्रशान्त जी गान्तोक आउने दिन म गान्तोकवाट फर्किए आफ्नो कार्यक्रमको पुर्व स्याडुलले गर्दा । त्यसपछि र अघि पनि हामी बीच भेट गर्ने चाहना हुँदा हुँदै पनि भेट भएको थिएन । संयोगले भेट भयो यसपटक आफ्नै गृहनगरमा निकै समयपछि । त्यसो त योभन्दा अघि पनि धेरै पटक प्रशान्तजी दमक आउनु भएकै हो तर पृथक माहौल र समूहका कारण मैले भेटिन । विशेषत राजेश घतानी जीलाई यो सुत्रधार भूमिकाको लागि बधाइ दिनैपर्छ । देखावटी रुपमा तोपगाछी महोत्सवमा सवै भेला भएता पनि आन्तरिक रुपमा हाम्रो उपलब्धी भनेको एकअर्काका दुःखशुख सेयर गर्ने थियो ।
यसै पनि मलाई महोत्सवहरु त्यति अर्थपूर्ण लाग्दैनन् र जादिन तर साथीभाइको करकापले यो पटक तोपगाछी महोत्सव गइयो । राजेशजी विल्सनजी डम्बरजी प्रशान्तजीको प्रस्तुति हेरेर त्यहाँवाट फकियौँ । आयौँ होटलमा । रातको १२ बजेको थियो । डम्बरजीले भने ूआइडलमा तँपाइको नाम घोषित हुँदा म खुशीले बागबजारवाट बानेश्वरसम्म उपि्रुदैँ पुगेछु । पछि पो थाहा भो खाली खुट्टै रहेछु ।ू यति भन्नासाथ आम शुभेच्छुक नेपाली दाजुभाइहरुले आफुलाई लगाएको ठूलो गुन सम्झेर भावुक बन्दै प्रशान्तजीले आँसु खसाल्नु भयो । अनि सुरु भयो अरुलाई हसाउने आनन्द दिलाउने तीनै स्रष्टाहरुको सामुहिक रुवाई । रोदनपूर्ण माहोल रोक्न प्रायले मलाई इशारा गरे तर मैले चाहेर पनि प्रतिकि्रया जनाइन । कारण हास्न र हँसाउने त कयौं स्थान पाइन्छ तर हार्दिकताले प्रेमले आत्मियताले दिल खोलेर रुने स्थान किहंलेकाली संयोगले मात्र पाइन्छ । तसर्थ यो संयोगलाई मैले थमथम्याउन चाहिन । प्रशान्तजीले रुँदै भन्नु भयो ूअघि कार्यक्रममा सयौँ बुढीआमा र बाबाहरु मलाई प्रेम गरेर रात जाडो नभनि आउनु भएको थियो । चाहेर पनि सवैलाई ढोग्न सक्तिन ।ू थप भने ूसंयोग र सबैको मायाले आज म आइडल भए होला तर म आइडल हुनुभन्दा अगाडि नै तँपाइहरु हाम्रो जातिको लागि अग्रज भइसक्नु भएको थियो । म जस्तो सामान्य मान्छेलाई तँपाइहरुले लगाउनु भएको गुण र प्रेमलाई म कहिले पनि भुल्ने छैन ।ू लगभग डेढघण्टा पछि आँसुको सृङ्खला थामियो । एकआपसमा अँगालो मारामार भइरह्यो । रगतको साइनो पर्ने आफन्त वा तिम्रो लागि जे पनि गर्छु भन्ने फ्यानहरुको सामुन्ने समेत सेयर गर्न नसिकिने दुःखहरु सेयर गरागर भयो । मित्रताको महानता लहरिरह्यो निकैबेर ।
लगगभ विहान ४ बजेतिर सुताइ भयो जस्तो लाग्छ । प्रशान्तजीले मेरो ’boutमा अलिक बढी सुन्नु भए जस्तो फिल भइरह्यो मलाई । पटक पटक मेरो केयर मप्रति झुकेर सम्मान जनाइ रहँदा मलाई भने अलिक बढी असहजता महसुस भयो र सम्झाए पनि । विहान प्रुेस भएर अब हामीले के गर्ने ’boutमा निकैबेर गफ गर्यौ । मैले पनि प्रशान्तजीको जिम्मेवारी अगाडि बढी रहेको उनको यात्रा समाजले उनीप्रति राखेको दृष्टिकोण र उनले गर्नु पर्ने अबको खास कार्यको संभावना ’boutमा सिधैं भने । उनले पनि एक भएर अगाडि बढ्नुपर्छ भनि रहँदा राजेशजीले थप्नु भयो । ूयो भाइ अलिक मिस गाइडमा परिरहेछ अब तँपाइले मार्गदर्शन दिनु पर्यो ।ू म मौन थिए । प्रशान्तले पनि थपे ूदाइ हजुरसँग धेरै भेटने मन थियो आज पूरा भयो । अब हजुरको शव्द र सल्लाह मलाई हरसमय चाहिएको छ ।ू त्यत्रो सेलिबि्रटिले म जस्तो मामुली व्यक्तिलाई राखेको हार्दिकता विश्वासको शव्दको उत्तर केही दिन सकिन र यत्ति मात्र भने । ूमैले सक्ने जति सहयोग सधै मवाट हुन्छ ।ू
प्रशान्तजी कै आग्रह अनुरुप अब उनी मेरा भाइ भए । छुट्टिने बेला पनि आँखाभरि आँसु जमाएर अँगालो मारे उनले । विदा हुनुअघि ूआमालाई नमस्कार भनिदिनु है भनंे ।ू राजेश जी र प्रशान्त पुर्व लागे । विल्सनविक्रम डम्बर नेपाली भूटानी कलाकार रत्न तुम्बापो र म होटलमा सँगै खाना खाएर छुट्टियौँ । रातभरिको अनिदोले गर्दा मेडिया नेटवर्क भूटानको चुलाचुली आइत’boutमा भएको फोटो प्रदर्शनिमा जान भने सकिन् । रुममा फर्किएर सिरक गल्र्याम्म ओडेर………………।
सेलिबि्रटिहरुसँगको यस्तो नियमितता क्रमश भइरहन्छ । कति अस्थाइ हुन्छन् कति स्थाइ । बुधवार साँझ ठिक यो लेख टाइप गरिरहेको बखत मोवाइलको घण्टी बज्यो । हेरें । प्रशान्त भाइको फोन रहेछ । उनको आवाज आयो । ूदाइ तँपाइलाई एकदम मिस गरिरहेकोछु । मैले फेसबुकमा प्रुेण्ड रिक्वेस्ट सेन्ड गरेको छु एसेप्ट गर्नुस है ।ू आधाघण्टा जति गफ भयो ।
जे होस कहिले काँही मात्र दिल खोलेर रुन पाइने दुर्लभ संयोगले मेरो जीवनमा पुन उर्जा प्रवाह गरेको छ । सामुहिक रोदन महोत्सवमा सहभागी सबै साथीभाइलाई बधाइदिन चाहान्छु ।