संविधानसभाको म्याद थप्ने कानुनी बाटो बन्द – मुख्य समाचार

काठमाडौ, चैत्र १६/सर्वोच्च अदालतले संविधानसभाको म्याद थपसम्बन्धी फैसला पुनरावलोकनका लागि सरकारले दर्ता गराएको निवेदन दरपिठ गर्ने प्रशासनको फैसलालाई सदर गरेको छ ।
यससँगै अब म्याद थपसम्बन्धी सर्वोच्चको फैसला पुनरावलोनकको कानुनी बाटो बन्द भएको छ । अदालतका न्यायाधीश कमलनारायण दासको एकल इजलासले बुधबार निवेदन दरपिठ गर्ने सर्वोच्च प्रशासनको फैसला कानुनसम्वत भएको ठहर गरेको हो ।
फैसलामा भनिएको छ–‘सह–रजिष्ट्रारबाट भएको दरपिठ आदेश कानुन, संविधानको धारा ११६ (२) र उल्लेखित प्रतिपादित सिद्धान्त समेतको अधिनमा रही गरिएको आदेश भएकाले सो लाई बदर गरी राख्नुपर्ने कारण नदेखिएकाले कानुन बमोजिम गर्नु ।’ रजिष्ट्रारबाट सह–रजिष्ट्रारलार्ए रीतपूर्वक अधिकार प्रत्यायोजन भएकाले अधिकार क्षेत्रात्मक त्रुटी नभएकाले कानुन विपरीत दरपिठ गरेको भन्दै अस्तुनिष्ठ आधार नदेखिएको फैसलामा उल्लेख छ । विशेष इजलासबाट भएको फैसला पुनरावलोक नहुने यसअघिको फैसला प्रतिपादित काननु सरह भइसकेको भन्दै पुनरावलोकनका लागि दर्ता भएको निवेदन त्यसविपरीत भएको फैसलामा उल्लेख छ ।
सर्वोच्चले गत मंसीर ९ गते आगामी जेठ १४ गतेसम्म संविधान जारी हुन नसके संविधानसभा स्वतः विघटन हुने फैसला सुनाएपछि आदेश पुनरावलोकन हुनुपर्ने माग गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई र संविधानसभा अध्यक्ष सुवास नेम्वाङले छुट्टाछुट्टै निवेदन दायर गरेका थिए । तर, सर्वोच्चका सह–रजिस्ट्रार नहकुल सुवेदीले दुबै निवेदन गत पुस १२ गते दरपीठ (निबेदन दर्ता गर्न नमान्नु) गरेका थिए ।
सर्वोच्चले असीमित समयसम्म संबिधानसभाको म्याद लम्ब्याउन नपाइने र जारी म्याद सकिएपछि नयाँ चुनाव वा जनमत संग्रहमा जानुपर्ने फैसला सुनाएको थियो । त्यस्तो फैसलाले कानुन संशोधन गर्ने संसद्को बिशेषाधिकार हनन् भएको भन्दै सरकार र संबिधानसभाले पुनरावलोकन निवेदन दिएका थिए । निवेदन दरपीठविरुद्ध प्रधानमन्त्री डा. भट्टराईले गत माघ १३ गते र संविधानसभा अध्यक्ष नेम्वाङले गत माघ १५ गते सर्वोच्चमा अर्को निवेदन दर्ता गराएका थिए ।

अब के हुन्छ ? – उपमुख्य समाचार

दलहरुले जतिसुकै म्याद थप्नु हुँदैन भनेर सार्वजनिक कार्यक्रममा भाषण गरेपनि प्राविधिक हिसाबले पनि जेठ १४ मा संबिधान जारी हुन सक्दैन भन्ने बुझेका छन् । शान्ति प्रकृया टुंगाउने र संविधानका धेरैजसो बिवाद मिलाएर केही मुख्य बिबादमा सहमतिका लागि जनतासँग थप समय माग्ने उनीहरुको दाऊ छ ।
संबिधान जारी भइहाले पनि त्यसको केही मिनेटमै सडकमा संबिधान जलाएर राजनीतिक मैदान बनाउन खोज्ने समूहहरु ढुकेर बसिरहेकाले पनि नेताहरु हतारमा संबिधान जारी गर्नुभन्दा पर्याप्त छलफल गर्नुपर्ने पक्षमै देखिएका छन् । तर अहिले नै त्यसो भन्दा जनताको आक्रोशको सिकार भइने डरले उनीहरु जेठ १४ आउनै लाग्दा त्यस्तो वातावरण बनाएर म्याद थप्ने दाउमा छन् ।
तर सर्वोच्चको फैसलाले संबिधानसभाको म्याद थप्ने कानुनी आधार समाप्त गरिदिएपनि नेताहरु आत्तिएका छैनन् । राजनीतिक निर्णयका आधारमा निर्णय गरेरै भएपनि सर्वोच्च आदेशलाई लत्याउन सकिनेमा उनीहरु बिश्वस्त देखिन्छन् । तर तत्कालका लागि भने उनीहरुले म्याद थप्ने भन्दापनि जेठ १४ मै संबिधान जारी हुनुपर्ने भन्दै म्याद थपको बिषय सोच्न पनि नसक्ने बताउँछन् ।

लिम्बुवान नस्वीकारे अस्तित्व स्वीकारिन्न : लिङ्देन

दमक, चैत्र १६/मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्का अध्यक्ष कुमार लिङ्देनले लिम्बूवानको अस्तित्व नस्वीकार्ने र भूमी टुक्र्याउन खोज्नेहरुको अस्तित्व नस्वीकारिने चेतावनी दिएका छन् ।
बुधबार झापाको दमकमा परिषद्को दोस्रो नगर सम्मेलन उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले कांग्रेस र एमालेले लिम्बुवानको अस्तित्व नस्वीकारेको र माओवादीले अरुणपूर्व ९ जिल्ला लिम्बुवान भूमी  टुक्राउन खोजेको आरोप लगाए । उनले निकट भविष्यमै ठूला भनिएका पार्टीहरु कागज जस्तै धुजा–धुजा हुने समेत दाबी गरे ।
राज्य पुनर्संरचना आयोग र संविधानसभाको राज्यपुनर्संरचना समितिले समेत लिम्बुवान राज्यको खाका प्रस्तुत गरिसकेको अवस्थामा ठूला भनिएका दलहरुले लिम्बूवान राज्य अस्वीकार गर्नु बेठीक रहेको भन्दै लिम्बुवानवासीले त्यसको मूल्याङ्कन गर्ने बताए । ठूला राजनीतिक दलहरुले सीमित स्वार्थ प्राप्तिको लागि मात्र संघीयताको कुरा सारेको आरोप लगाउँदै लिम्बुवान बाहेक अरु कसैले पनि संघीय राज्य स्थापना गर्न नसक्ने दाबी गरे ।
कार्यक्रममा परिषद्का अर्थसचिव सुरेन्द्र निङ्लेकु, महिला विभाग प्रमुख शान्ता योङहाङ, राम चेम्जोङ, भानु भट्टराई लगायतका नेताहरुले सम्बोधन गरेका थिए । उनीहरुले लिम्बुवान एकात्मकवादी सत्ताबाट मुक्त हुन सबै लिम्बुवानवासीका लागि आवश्यक रहेको तर्क राखेका थिए ।
कार्यक्रमकाबीच विभिन्न सांगीतिक मनोरञ्जन, गीत, नृत्य समेत प्रस्तुत गरिएको थियो । परिषद्का दमक नगर इन्चार्ज मोहन बेघाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा परिषद्का केन्द्रीय सदस्य धनराज सुब्बाको सञ्चालन रहेको थियो । यसैबीच नगर भरीका १ सय प्रतिनिधि र २ सय पर्यवेक्षक गरी कूल ३ सय जना सम्मिलित सम्मेलनको बन्दसत्र बुधबार साझबाटै दमकस्थित मारवाडी सेवा समितिको हलमा सुरु भएको इन्चार्ज बेघाले जानकारी दिएका छन् । बन्द सत्रमा आर्थिक र सांगठानिक प्रतिवेदन पारित गर्ने तथा नयाँ नेतृत्व चयन हुने उनले बताए ।

आलु खेती किसानले बुझाए ज्ञापन पत्र

लखनपुर, चैत्र १६/लखनपुर–१ गुहेश्वरी मा दादे रोगका कारण बिज बृद्धिका लागि गरिएको आलुखेती असफल भएपछि चरणबद्ध आन्दोलन गर्दै आएका किसानहरुले बुधबार जिल्लाका बिभिन्न निकायमा ज्ञापन पत्र बुझाएका छन् ।
आलु विजबृद्धिको अगुवाई गरेको स्थानीय लगनशिल कृषि सहकारी संस्थाको अगुवाईमा जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, जिल्ला कृषि विकास कार्यालय, डिभिजन सहकारी कार्यालय, जिल्ला सहकारी संघ र शान्ति समितिमा किसानहरु क्षतिपूर्तिको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
दोश्रो चरणको आन्दोलन अन्तर्गत सरोकारवाला निकाय तथा कार्यालयहरुमा ज्ञापन पत्र बुझाइएको सहकारी संस्थाका अध्यक्ष डम्बर निरौलाले बताए । सो क्रममा सरकारी निकाय आलुबाली विकास कार्यक्रम खुमलटारबाट ल्याईएको बिउ रोपे पनि साढे ५ लाख क्षति भएकाले क्षतिपूर्ति उपलब्ध
गराईनुपर्ने किसानहरुले माग राखेका थिए । ज्ञापन पत्र बुझाउन सहकारी संस्था तथा आलु रोप्ने स्थानीय लगनशील र नमुना कृषक समूहका प्रतिनिधिहरु सहभागी थिए ।
१५ दिन भित्रमा पनि आफूहरुको माग सुनुवाई नभए तेश्रो चरणको आन्दोलन गरिने किसानहरुले चेतावनी दिएका छन्  । आन्दोलनको स्वरुप भने पछि नै निर्धारण गरिने अध्यक्ष निरौलाले बताए ।

महासंघको स्थापना दिवश

दमक, चैत्र १६/नेपाल पत्रकार महासंघले आज आफ्नो ५७ औं स्थापना दिवस मनाउँदै छ ।
महासंघको स्थापना दिवशकै अवसरमा अवसरमा आज महासंघ झापा शाखाले दमकमा एक कार्यक्रमका बीच एसएल शर्मा सृजनशील पत्रकारिता पुरस्कार तथा पार्वता देवी पत्रकारिता प्रोत्साहन पुरस्कार समेत प्रदान गर्दैछ । पत्रकारिता पुरस्कारबाट प्रेस चौतारी झापा शाखा अध्यक्ष गोपाल गड्तौला र प्रोत्साहन पुरस्कारबाट महासंघका पूर्व झापा अध्यक्ष माधव बिद्रोहीकी श्रीमती सञ्जु अधिकारी (भण्डारी) लाई पुरस्कृत गरिने कार्यक्रम रहेको जनाइएको छ ।
सो कार्यक्रम महासंघका केन्द्रीय सल्लाहकार पोषण केसीको प्रमुख आतिथ्यमा हुने तय भएको महासंघका झापा शाखा सचिव दिपेन वाला राईले जानकारी दिए । स्थापना दिवसकै अवसरमा राजधानी लगायत मुलुकभर प्रभातफेरिको कार्यक्रम राखेको छ ।

तरकारी खेती’bout अन्तर्क्रिया

दमक, चैत्र १६/व्यवसायीक तरकारी खेती तथा रोग–प्रकोप नियन्त्रणका ’boutमा बुधबार दमक–१९ मा अन्तत्र्रिmया सम्पन्न भएको छ ।
मेची सहकारी संस्थाको आयोजना र जिल्ला कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा भएको कार्यक्रममा कार्यालयका बाली संरक्षण अधिकृत राजेन्द्र खरेल, वागवानी विकास अधिकृत बद्रीप्रसाद पौडेल तथा प्रसार शाखाका दीपक गिरीले रोग नियन्त्रण, बाली प्रणाली लगायतका ’boutमा जानकारी गराएका थिए ।
सहकारी संस्थाका कोषाध्यक्ष खगेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा  सहकारी संस्थाका सञ्चालक सदस्य पदम थापाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा स्थानीय कृषकहरुले तरकारी बालीमा लाग्ने बिभिन्न रोग तथा किरा नियन्त्रणका ’boutमा बिभिन्न जिज्ञासा
राखेका थिए ।
कार्यक्रम संस्थाका व्यवस्थापक खोमप्रसाद बगालेले सञ्चालन गरेका थिए । संस्थाका सञ्चालक सदस्य धिरेन लाओती, युवा परिचालन संयोजक दीपेन्द्र पौडेलले संस्थाले कृषिको व्यवसायीकताका लागि सहयोग पु¥याउँदै आएको बताएका थिए ।
कार्यक्रममा स्थानीय अगुवा कृषकहरु सिंहबहादुर देवान, रामकुमार धिमाल, डम्बर खनाल लगायतले किसानले भोग्नु परेका बिभिन्न समस्या राखेका थिए ।

बजार समितिको निर्वाचन हुने

दुधे, चैत्र १६/ सतासीधामस्थित दुधे बजार विकास समितिको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा जाने निर्णय भएको छ ।
सर्वसम्मत रुपमा चयन भएको भनिएको सिंहबिर थाम्सुहाङ नेतृत्वको समितिमा प्रतिनिधित्व  गरेकाहरुलाई एमाओवादी, एमाले, राप्रपा सहित पाँचवटा दलले फिर्ता बोलाएका कारण राजिनामा दिएपछि नयाँ नेतृत्व चयन गर्न निर्वाचन प्रक्रियामा जाने निर्णय भएको हो ।
बुधबार सतासीधाम गाविसका सञ्चालक समिति अध्यक्ष छत्रबाबु ओझाको अध्यक्षता र सतासीधाम बहुमुखी क्याम्पसका प्रमुख गोपाल लक्समको प्रमुख आतिथ्यमा भएको विशेष साधारण सभाले सो निर्णय गरेको हो । सभाले क्याम्पस प्रमुख लक्समलाई निर्वाचन संयोजकमा चयन गरेको छ ।
सभाले समितिको विधान संशोधन प्रस्ताव समेत पारित गरेको छ । निर्वाचनको मिति भने तय भइनसकेको जनाइएको छ । विकास समितिमा ३ सय ५० जना सदस्य (मतदाता) रहेका बताइएको छ ।

एकता प्रक्रियामा असन्तुष्टी

दमक, चैत्र १६/एकता प्रक्रियामा असन्तुष्टी लिम्बुवानजन्य चार संगठनबीच मंगलबार भएको एकता प्रक्रियाप्रति एक समूहले आपत्ति जनाएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी एकीकृत लिम्बुवान स्वायत्त राज्य परिषद्को एक समूहले असहमति जनाएको हो ।
परिषद्का सदस्य तथा संघीय भोलेन्टीयर्स फोर्सका डेपुटी कमाण्डर डिल्ली मिभक, अर्थसचिव गजेन्द्र लावती सहितको समूहले बुधबार झापाको दमकमा आयोजित पत्रकार सम्मेलनमा संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी अन्तर्गतको एकीकृत लिम्बुवान स्वायत्त राज्य परिषद्का अध्यक्ष राजकुमार नाल्बोले पार्टीको निर्णय बिना नै अन्य पार्टीहरुमा गएर अस्तित्व बिलय गर्न खोजेको आरोप लगाए । उनीहरुले परिषद्को केन्द्रीय समितिका बहुमत पदाधिकारी एवम् सदस्यहरुसँग छलफल नै नगरी अध्यक्ष नाल्बोले एकता गरेको आरोप लगाए ।  उनीहरुले ७ दिन भित्र केन्द्रीय समितिको बैठकबाट पार्टी अध्यक्षले प्रक्रिया नपु¥याई गरेको एकता सम्बन्धी सहमति’bout स्पष्टीकरण लिइने बताए ।
अर्का नेता तथा परिषद्का अर्थसचिव गजेन्द्र लावतीले आफूहरु लिम्बुवानजन्य संगठनहरुबीचको
एकता विरोधी नभएको तर्क गर्दै कुमार लिङ्देन, वीर नेम्बाङ लगायतले नेतृत्व गरेका विभिन्न लिम्बुवानजन्य संगठनहरुसँग अस्तित्व सहितको एकता, प्रक्रिया अन्तिम चरणमा पुगेका बेला सो लाई ओझेल पार्ने गरी परिषद्का अध्यक्षले एकता गरी सो कार्य गरेको आरोप लगाए ।
मंगलबार बिर्तामोडमा सञ्जुहाङ पालुङवा नेतृत्वको संघीय लिम्बुवान राज्य परिषद्, मिसेकहाङ थाम्सुहाङ नेतृत्वको लिम्बुवान क्रान्तिकारी र परिषद् तथा सूर्य माखिम नेतृत्वको लिम्बुवान संगठनबीच एकता भएको घोषणा गरिएको थियो ।

स्वस्थ्यकर्मी संगठित

दमक, चैत्र १६/झापा दमकको आम्दा अस्पतालस्थित अखिल नेपाल जनस्वास्थ्यकर्मी संघको इकाई बुधबार पुनर्गठन गरिएको छ ।
पुनर्गठित समितिको अध्यक्षमा नरबहादुर पुलामी मगर चयन भएका छन् भने उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः हरि न्यौपाने, डम्बरप्रसाद दास, प्रेम पौडेल र लालबहादुर धिमाल छन् । त्यस्तै सदस्यहरुमा दिलीप भण्डारी, दिलीप राजवंशी, चन्द्र तामाङ र धनबहादुर बस्नेत चयन भएका छन् । समितिका सल्लाहकारहरुमा चन्द्र शाह र श्यामप्रसाद न्यौपाने चयन भएका छन् ।
संघका निवर्तमान अध्यक्ष चन्द्र शाहको अध्यक्षतामा सम्पन्न भेलामा एनेकपा माओवादी झापा क्षेत्र नम्बर ७ का इन्चार्ज गगनपुरी, नगर सेक्रेटरी नरहरि दाहाल ‘नकुल’, नेपाल राष्ट्रिय कर्मचारी महासंघका झापा अध्यक्ष पदम धिमाल र जनस्वास्थ्यकर्मी संघ झापाका अध्यक्ष शिव शाह लगायतको आतिथ्य रहेको थियो ।

‘समुदायको विकासमा केन्द्रीत छौँ’

चुलाचुली, चैत्र १६/ग्रामीण पुनःनिर्माण संस्था, नेपालका अध्यक्ष डा. अर्जुन कार्कीले दुर्गम समुदायका नागरिकहरुलाई हक अधिकार ’bout सचेतना दिलाउन ‘हलकारा’ को भूमिका आफ्नो संस्थाले निर्वाह गर्दै सामाजिक विकासमा सहायता दिदै आएको बताए ।
अतिविकसित राष्ट्रहरुको अन्तर्राष्ट्रिय महासंघका संयोजक समेत रहेका डा. कार्कीले बुधबार इलामको चुलाचुलीमा उक्त गैर सरकारी संस्थाद्वारा सञ्चालित विभिन्न कार्यक्रम ’bout वडा नं. ६ र ७ का सर्वसाधारणहरुसित अन्तक्र्रिया गर्दै सो करा बताएका हुन् । उल्लेखनीय सर्वसाधारणको उपस्थिति रहेको उक्त अन्तक्र्रियामा डा. कार्कीले उक्त संस्थाले सहायता गरेका योजनाहरुको लागत खर्च, संस्थागत सहायता रकम समुदायको लगानी तथा उपलब्धि जस्ता बिषयमा चासो राखेका थिए । सर्वसाधारणले उक्त संस्थाद्वारा सञ्चालित कार्यक्रमहरुको निरन्तरताको माग गर्दै चाँजु खोलामा पक्की कल्भर्ट निर्माणमा सहायता समेत गर्न माग गरे ।
अन्तक्र्रियामा संस्थाका पूर्वाञ्चल क्षेत्रीय संयोजक उषा कोइराला, कार्यक्रम संयोजक कूलचन्द्र दाहाल, कोषाध्यक्ष हरि तामाङ, कर्मचारी केशव दाहाल, इलाम संयोजक रवी ज्ञवाली लगायतको उपस्थिति थियो ।
विगत डेढ वर्षदेखि उक्त संस्थाले चुलाचुली–६ र ७ को क्षेत्रलई ‘पकेट एरिया’ मान्दै स्थानीय विद्यालयको कक्षाकोठा, शौचालय बालविकास भवन, कल्भर्ट , सिचाई, सचेतना कक्षा, दुग्ध उत्पादन तथा प्रवद्र्धनका लागि गाई पालन र व्यवस्थापन, बंगुर पालन लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।