ढिलो विवाह गर्ने सोच्नुभएको छ ? होसियार

हिजो आजका महिलाहरु जवानीमै विवाह गरेर घरबार बसाउने भन्दा पनि पहिला आफ्नो क्यारिएर बनाउने चाहनाका साथै अन्य कारणहरुबाट ढिलो विवाह गर्ने सोचमा रहेका हुन्छन् । अनुसन्धानबाट पत्ता लागे अनुसार, ढिलो विवाह पनि क्यान्सरको कारण बन्न सक्छ ।
विज्ञहरुको भनाई अनुसार हिजोआजका युवतीहरु पढाइका साथै आफ्नो क्यारिएरलाई लिएर एकदमै जागरुक रहेको पाइन्छ । यसै कारण यस्ता महिलाहरुलाई आफ्नो उमेर ढल्किसकेको पनि पत्तो हुँदैन । भारतका वरिष्ठ क्यान्सर विशेषज्ञ एवम् एशियन इन्स्टिच्युट अफ मेडिकल साइन्सेजका अध्यक्ष डा. एन के पाण्डेयको भनाई छ कि ढिलो विवाहका कारण गर्भाशयको मुखका साथै ब्रेष्ट क्यान्सर हुने आशंका बढ्छ ।
यो खतरा हार्मोन्सको असन्तुलनका साथै उमेर ढल्किसकेपछि बे्रष्ट फिडिङ गराउने कारणबाट पैदा हुन सक्छ । डा. पाण्डेयका अनुसार उनको निजी अनुभवमा जो महिलाहरुले उमेर ढल्किसकेपछिको समयमा विवाह गर्ने गरेका छन् – ’emमा क्यान्सरको आशंका बढिरहेको छ ।
अन्य विशेषज्ञहरुको भनाईमा पनि चुरोट र रक्सीमा महिलाहरुको बढ्दो रुची र सेवनका साथै लाइफस्टाइलमा आइरहेको परिवर्तनका कारण भारतमा यस किसिमका क्यान्सर तिव्र रुपमा बढिरहेको छ । पाण्डेय भन्छन्, ठाउँ ठाउँमा खुलेका हुक्का पार्लर समस्याले यसखाले समस्या बढाइरहेको छ ।

अब बलात्कारीलाई बन्ध्याकरणको सजाय – रोचक तथ्य

के तपाईले थाहा पाउनु भएको छ ? दुईचार वर्ष जेल, दुईचार हजार रुपैयाँ जरिवाना तिरेर सजिलै उम्कने बलात्कारजस्तो जघन्य अपराध गर्नेहरूलाई अब बन्ध्याकरण गरेर बलात्कार गर्न नसक्ने  बनाईने  बहस भारतमा चल्न थालेको छ ।
भारतको रोहिणी कोर्टकी न्यायाधीश कामिनी लाउले ६ वर्षकी बच्ची बलात्कारसम्बन्धीको एक मुद्दाको फैसला गर्दै भारतीय विधायिकालाई यस किसिमको सजाय पाउने कानुन बनाउन आग्रह गरेकी छन् ।
कुन–कुन देशमा छ त यस्तो कानुन ?
अमेरिकाका आठ राज्य क्यालिफोर्निया, फ्लोरिडा, जर्जिया, लुसियाना, मोन्टाना, ओरेगन, टेक्सास, विस्कानसिनमा बन्ध्याकरणको प्रावधान रहेको छ ।
दक्षिण कोरियामा सन् २०११ जुलाईमा बनेको कानुनमा १६ वर्षभन्दा कम उमेरको मानिसको शारीरिक शोषण गर्नेहरूलाई औषधीको माध्यमबाट बन्ध्याकरण गर्ने प्रावधान रहेको छ ।