इतिहासको साक्षी समय – खुल्ला आकाश

धनकुटे कान्छा
अहिले हामी उपलब्धी नै उपलब्धीको बीचमा उभिएका छौँ । उपलब्धी हामीलाई देखेर छक्क परेको छ । छक्क यस मानेमा कि उपलब्धी नै उपलब्धी बीचम मुकदर्शक भएर लाटो हुँदै गएको छ ।
अहिले पार्टी छ । पार्टीको निर्देशनमा नेता छैन । नेता छ । नेताको निर्देशनमा जनता छैन । अध्यारो पछिको झलमल्ल उज्यालोमा एक्कासी दृष्टि कमजोर भए झैँ अहिले भएको विचती जस्तै पनि भएको छ । पार्टीसँग नेता नहुनु । अर्थात अहिले पार्टीको धारणा हैन नेताको व्यक्तिगत धारणा हुनु । पार्टीसँग पार्टी नहुनु अर्थात पार्टीसँग पार्टी हुनु पनि नहुनु पनि । हुनु र नहुनु जस्तै । छ पनि छैन पनि । जनता बिनाका नेता अर्थात अहिले चेतनाले भोगाइको अभ्यासले जनता ज्यादा सचेत र नेता स्वार्थको अभ्यासले अचेत बन्दै गएको अवस्था पनि हो कि ? देश अचेत हुँदा देशको चेत ल्याउन सर्जक, कवि, कलाकारले त्यो देशको आवाज बोल्छन् र मुर्छाबाट देशलाई ब्युँताउँछन् ।
जब देश बोल्न थाल्छ । नेता कुर्लने हुन्छन् । जब जनतासँग आवाज हुँदैन नेताहरूले धुकधुकी भर्नुपर्ने हुन्छ । तर यहाँ हरेक बखत जनतासँग बोली नभएको बेला नेता स्वयं अलमल्लमा देखिन्छन् । ताजुबको कुरा त नेता भन्दा जनता अहिले ज्यादा सचेत र नीति परक हुँदै गएका छन् । र नेतालाई जनताले सिकाउने समयको यो डिलमा पुर्पुरोमाथि हात लाउनेहरू सबै गलतै गलत देख्छन् र आफूमात्र एक्लो चोखो र सुन्दर देख्छन् । देख्न थालेका छन् ।
पहिले पहिले कर्तव्य गरे अधिकार आफै मिल्छ भनिन्थ्यो । अलिपछि अधिकार मागेर लिनुपर्छ भनियो । अहिले सरकारी कार्यालयका ठूला होर्डिङ्ग बोर्डमा अधिकार मागेर होइन खोसेर लिनुपर्छ भनि लेखिएको पाइन्छ । सरकार स्वयम्ले अधिकार खोसेर लिन सिकाउँदैछ । इमान्दार सोझा÷सिदा पनि बाध्य भएर खोस्ने र झोस्ने कुरा तिर आकर्षित हुन थालेका छन् । अब अधिकारको पछि मात्रै लाग्ने नेतालाई । जनताले कर्तव्य र अधिकारसँग सँगै लान सिकाउने दिन आउला जस्तो छ । अब जनताबाट नेताले सिक्नुपर्छ । अर्थात एउटा असल जनता भएर मात्र नेता भए देश सुध्रला । हैनभने देशले उपलब्धी नै उपलब्धीको बीचमा पनि कौडीको खेलौना भएर मुकदर्शक कतिञ्जेल बन्ने ? हैन र ?

साहित्यमा आलोचना – खुल्ला आकाश

श्यामप्रसाद
अरु विÈयमा जस्तै साहित्यमा आलोचना गर्दा पनि धेरै कुराको विचार पु¥याउन सक्नुपर्छ । तीमध्ये केही कुरा यी हुन् ः–
कुनै–कुनै कवि–लेखक जानाजान नै जनताको कुभलो हुने कुरा लेख्ने गर्छन्, बोल्ने गर्छन् । तर कैयन् साहित्यकारहरु जनताको हित नै चिताएर चल्छन् तापनि चेतना र अनुभवको कमीले गर्दा तिनका रचना र प्रवचनहरुमा जनताको अहित हुने कुरा समेत पर्न गएका हुन्छन् । पारखी आलोचकले यी दुई थरीलाई राम्ररी छुट्याएर आङ्खना पाठकहरुलाई प्रष्टसित चिनाइदिन खोज्नुपर्छ ।
अपराध पनि ठूलो–सानो हुन्छ । अपराधको आलोचना गर्दा होस् अथवा कमजोरीको, ठूलोलाई बढी गम्भीरतापूर्वक लिनुपर्छ भने सानोतिनोप्रति चाहि“ त्यति नै बढी गम्भीर भइरहनु हु“दैन । यसरी सन्तुलन राख्न जानिएन भने आलोचनाले राम्रो परिण्ाँम ल्याउन सक्दैन ।
आलोचना गर्ने ठाउ“ पाइयो भन्दैमा आलोचकले अरुप्रति अलिकति पनि अनादर देखाउनु हु“दैन । सार रुपमा, जतिसुकै तिखो कडा आलोचना गर्न कर लागे पनि प्रस्तुतीकरण्ँ वा शैली भने विनम्र र शिष्टतापूणर््ँ हुनु अति आवश्यक छ । गल्ती जसले पनि गर्न सक्छन् र कुनै न कुनै प्रकारको कमजोरी पनि सबैमा हुन्छ भन्ने कुरा बुझेको आलोचक घमण्डी र फुइ“वाज हु“दैन ।
समानतापूणर््ँ व्यवहार गरी अरुको इज्जत राख्न जान्ने नम्र आलोचकको मानमर्यादा नघटेर झन्झन् बढ्दै जान्छ । आफूले गरेको आलोचना सही छ, गलत छैन भन्ने कुरा देखाउन तर्कहरु दिनुपर्छ र उदाहरण्ँ–प्रमाण्ँहरु पनि पेश गर्नुपर्छ । यसरी सिद्ध गरेर देखाउनु नपर्ने, दोÈ लाइदिए मात्र पुग्ने पद्धति न्यायपूणर््ँ र वैज्ञानिक ह“ुदैन । तर्कहरु पनि कुरा जित्न मात्र बल गर्ने खालको नभई वास्तविकतासित मेल खाने हुनुपर्छ । व्याकरण्ँ लेखिएर, कोÈ बनाइदिएर र अरु भाÈाको साहित्य अनुवाद गरिदिए नेपाली भाÈालाई समृद्ध पार्न ठूलो सघाउ पु¥याउने विद्वान् र विशेÈज्ञहरु जति सबैलाई नेपाली भाÈाको विकासका बाधक भनी फतुर लाउन पुगियो भने त्यस्तो आलोचना कसरी यथार्थवादी ठहरिएला ?
आलोचना तर्कपूणर््ँ र प्रामाण्ँिक भएर मात्र पनि पुग्दैन, त्यो अरुलाई पनि चित्त बुझ्ने खालको समेत हुनुपर्छ । यो आलोचना त मनासिबै हो भन्ने कुरा आलोचना गरिएको व्यक्तिको मनमा समेत पार्न सक्ने आलोचकलाई त झन् प्रभावशाली मान्नुपर्छ । आलोचना प्रभावपूणर््ँ हुन सके पहिले बाटो बिराउने कवि–लेखकले पनि पछि निकै होस गर्नुपर्ने हुन्छ र आङ्खनो कमजोरी फाल्न चाहने साहित्यकारहरुले पनि त्यसबाट प्रेरण्ाँ पाउ“छन् ।
हामीले जतिसुकै वुद्धि र विवेक पु¥याएर आलोचना गरे पनि सब साहित्यकार र सबै पाठकहरुलाई त्यसको पÔमा तान्न त सकि“दैन होला । तर तीमध्ये सकेसम्म धेरै जनालाई आङ्खनो पÔमा तान्ने प्रयत्न भने अवश्य हुनुपर्छ । यस्तो प्रयन्न पुगेन भने सम्बन्धित आलोचनाको पÔमा आउन सक्नेहरुमध्ये पनि धेरैजना छुट्छन् । आङ्खनै शिविरका साथीहरुको समेत समर्थन पाउन गाह्रो पर्ने आलोचना गर्ने बानी बस्न गयो भने सफल आलोचक कसरी बन्न सकिन्छ र ? सफल आलोचक बन्न त मित्रहरु नै बढी कमाउन सक्नुपर्छ ।

नयाँ संविधान र दलहरुको दायित्व – खुल्ला आकाश

जि एन शर्मा
राजनीतिक दलहरु फेरि एकपटक कस्सिएर लागेका छन् । संविधानसभाको निर्वाचन भएको ४ वर्ष बितिसक्दा पनि ठूला भन्ने दलहरुकै राजनीतिक दोहोरीका कारण अहिलेसम्म संघीय गणतन्त्र नेपालको नयाँ संविधान आउन नसकेको कुरा जसले जति बाचा क्रिया कसम खाए पनि पत्याउने ठाउँ छैन । तर ढिलै भए पनि सर्वोच्च अदालतले गरेको फैसलाका अनुसार दलहरुले जेठ १४ भित्रमा एक पातो भए पनि संविधान नबनाई धर पाउने देखिँदैन । त्यसैले भन्नुपर्छ, सत्ता साझेदार देखि प्रमुख प्रतिपक्षी दलहरु अहिले शासकीय स्वरुप, राज्यको पुनर्संरचना, निर्वाचित र कार्यकारी राष्ट्रपति र प्रधानमन्त्रीको विषयमा बहसमा लागेका छन् ।
हामी जनताको चाहना यो छ र यही हो कि संघीय गणतान्त्रिक नेपालको संविधान समयमा नै आओस् र राष्ट्र उन्नति र प्रगतिको दिशातर्पm अगाडि बढोस् । तर, अहिले पनि दलहरुका आ–आफ्नै लिँडे ढिपीका कारण यो वा त्यो का नाममा जुन रफ्तार र गतिमा वार्ता र बहस अघि बढ्नु पथ्र्यो, त्यसरी बढेको पाइँदैन । भन्नै पर्छ, लोकतन्त्र रगतसँग साटिएको छ । यसको साइनो र नाता भनेको नेपाली जनताको न्यायपूर्ण समाज निर्माणका लागि अन्तर्हृदयबाट उठेको स्वतन्त्रताको पक्षसँग छ । त्यति मात्र होइन, महान् शहिद र साहसिक योद्धाहरुको बलिदान र इच्छा शक्तिसँग अन्योन्याश्रित सम्बन्धसँग छ । यसर्थ, आफूलाई राष्ट्र हाक्छु भन्ने नेताहरुले शहिद, योद्धा र नेपाली जनताको भावना र चाहनालाई कुनै पनि मूल्यमा टाढा राख्छु भन्नु त्यो आफैमा अभिषाप भन्न सक्छ ।
युगौँदेखिको एकतन्त्रीय र केन्द्रीकृत राज्यसत्तालाई ध्वस्त बनाउँदै आम नेपाली जनताको सदियौँ देखिको इच्छालाई सम्मान गर्नका लागि दलहरुबीच आपसी सहमति र समझदारीको कुनै विकल्प छैन । र, अब आउने संविधानमा आम नेपाली जनताको भावना समेटिएको होस्, हिमालदेखि तराई मधेश र पूर्व मेचीदेखि पश्चिम महाकालीका सबै नेपालीले आफैलाई त्यो संविधानभित्र देख्न र हेर्न पाउनुपर्छ । अन्त्यमा जनता र देशको भावनालाई आत्मसात गर्दै दलहरुबीचको सहमतिले राज्य पुनर्संरचना देखि समावेशी संविधान निर्माणका लागि एउटा कोशेढुङ्गा सावित गर्नेछ भनेर हामीले भन्नुको अर्को विकल्प पनि छैन । आगे नेताहरुको विचार । (लेखक स्वतन्त्र पत्रकार हुन् ।)

विवादास्पद मन्त्रीलाई प्रधानमन्त्रीले हटाउनुपर्छ – खुल्ला आकाश

उमेश मैनाली
मन्त्रीहरुको ’boutमा विवादास्पद कुरा पहिले पनि आउ“थ्यो । तर अहिले यो क्रम निकै बढ्न थालेको छ । यो किन भैरहेको छ भने उहा“हरु नेता कम, कर्मचारी बढी हुन थाल्नुभयो । अरु केही काम गर्न सकिएन भने कर्मचारी चलाउने बानी हुन्छ । अहिले उहा“हरुले गर्नुभएको यही हो । कर्मचारीमा आङ्खनो मान्छे आकर्Èक ठाउ“मा राख्ने काममा उहा“हरुको ध्यान गएको छ । अहिले शुद्ध प्रशासकीय काममा उहा“हरुको रुची बढ्न थालेको छ । त्यसकारण्ँ उहा“हरु विवादमा आउनुभएको छ ।
अर्को आचरण्ँको कुरा पनि यस्तै छ । आचरण्ँ भनेको कानुन होइन, यो आफैंले पालना गर्नुपर्ने कुरा हो । आचार संहिता भनेको आफूले मान्छु भनेर स्वीकार गर्ने हो । स्वास्थ्य राज्यमन्त्रीको मदिरा सेवनको जुन कुरा छ, उहा“का यस्ता घटना त पहिले पनि बाहिर आएको हो । यसरी आफैंलाई बदनाम गराउने मन्त्रीहरुको ’boutमा प्रधानमन्त्रीले सोच्नुपर्छ ।
हुन त अहिलेको सरकारलाई गठबन्धनको बाध्यता छ । उहा“हरुले जेसुकै अपराध गरेपनि Ôम्य भएको छ । यदि राम्रो नेतृत्व हो भने यस्तो गठबन्धनको कुरामा मात्रै ध्यान दिएर गलत प्रवृत्तिलाई प्रोत्साहन र संरÔण्ँ गर्न हु“दैन । यस्ता व्यक्तिहरुलाई प्रधानमन्त्रीले कार्वाही गर्नुपर्छ ।
अब त मन्त्री हुनको लागि योग्यता र मापदण्ड तय गर्नुपर्ने आवश्यकता पनि देखिएको छ । पाकिस्तानकै कुरा गर्ने हो भने त्यहा“ सांसद हुनको लागि पनि निश्चित योग्यता तोकिएको छ । हाम्रोमा यस्तो योग्यता तोकिएको छैन ।
दोस्रो कुरा हाम्रो यहा“ उहा“हरुलाई जे गरेपनि छुट छ । कही“ केहीमा बा“धिएको हुनुहुन्न उहा“हरु । नैतिकताको दृष्टिकोण्ँले आफैं छोड्नु बेग्लै कुरा हो । तर जतिसुकै उपद्रो गरेपनि उहा“हरुलाई छुट जस्तो भएको छ ।
हुन त प्रधानमन्त्रीले स्पष्टीकरण्ँ लिनुभएको छ । तर एउटा कुरा के बुझ्न पर्यो भने उहा“हरु कर्मचारी होइन, स्पष्टीकरण्ँ लिनको लागि । स्पष्टीकरण्ँ लिने र सजाय प्रस्ताव गर्ने कुरा राजनीतिमा हु“दैन । राजनीतिमा के हो भने उनीहरुले गल्ती गरेको हो भन्ने कुरा प्रधानमन्त्रीलाई लाग्यो भने हटाईदिने हो । होइन भने यिनीहरुले ठीकै गरेका, राम्रो गरेका भन्ने हो । कर्मचारीलाई जस्तो स्पष्टीकरण्ँ लिएर बस्ने होइन । निकालिदिने नै हो ।
यस्तो प्रवृत्तिलाई सुधार्नको लागि दलहरु गम्भीर हुन जरुरी छ । मुख्य दलहरु बसेर कर्मचारी तन्त्र भनेको राज्यको एउटा अंग हो । यसलाई यो यो Ôेत्रमा यसो गर्ने र यसो नगर्ने भनेर छुट्याउनुपर्छ । जस्तो कानुन कार्यान्वयनको Ôेत्रमा हस्तÔेप नगर्ने । कानुनमा जे लेखेको छ, त्यो त गर्न पाउनु पर्यो नि प्रशासकले । अनि केही कुरामा मन्त्रीहरुले मान्नुपर्ने । यस्ता केही कुरामा सहमति भयो भने हुन्छ । हैन भने हिजो करिमाले गरेकी थिइन, आज अर्कोले गर्यो, भोलि फेरि अर्कोले गर्ने हु“दै जाने हो भने यसले खराब प्रवृत्ति निम्त्याउ“छ । प्रशासनले पनि के बुझिदिनुपर्यो भने नेताहरुले गर्ने काम अर्थात राजनीतिक काममा रुची राखिदिनु भएन । खासगरी हाम्रा संघ संगठनहरु चाहि“ बढी राजनीतिक कार्यकर्ता जस्तो देखिने गरेको छ ।
मन्त्री र कर्मचारीले आ–आङ्खनो ठाउ“मा आआङ्खना जिम्मेवारी निभाउनुपर्छ । त्यसको लागि निश्चित मापदण्ड र निर्देशिकालाई सबैले पालना गर्नुपर्छ ।
(पूर्व सचिव मैनालीसितको कुराकानीमा आधारित)

प्रोमोशनसँगै कलाकारको खोजी – खुल्ला आकाश

अर्पण ढकाल
नेपाली चलचित्र उद्योगमा सदाबहार नायकको रुपमा रहेका भुवन केसी बारम्बार विभिन्न विवादमा आइ रहन्छन । स्क्यान्डल किंगको रुपमा समेत परिचित भुवनलाइ रुचाउने ङ्खयानको संख्या अझ नि धेरै रहेको छ । झन्डै तिन दशक देखि अनवरत रुपमा यसै गेत्रमा क्रियाशील भुवन एक राम्रा फिल्म मेकरको रुपमा समेत स्थापित छन् ।
आङ्खनै ब्यानर काजल फिल्म्सको पछिल्लो प्रोजेक्ट “साथी म तिम्रो” फाल्गुन १९ बाट देशव्यापी रिलिज भएपछि यतिबेला उनि यसैको प्रोमोसनमा व्यस्त छन् । देशभरबाट राम्रो प्रतिक्रिया बटुलिरहेको सो चलचित्रको प्रत्यक्ष प्रतिक्रिया लिन र दर्शकसँग अन्तरक्रिया गर्न उनी देश दौडाहाको क्रममा रहेका छन् । यसै मेसोमा भुवन पुर्व आएर चलचित्रको प्रोमोसन गरेर फर्किएका छन् ।
आङ्खनो चलचित्रको सुटिङ्गबाट नै वान मेन आर्मीको रुपमा खटिने भुवन चलचित्रका अन्य कलाकार बिना प्रोमोशनमा दौडेका छन् र उनलाई चलचित्रका प्रोडक्सन मेनेजर गण्ँेश सापकोटा र पत्रकार सबिन शाक्यले साथ दिएका छन् । आङ्खनो चलचित्रको पब्लिसिटी गर्न कुनै कसुर नछाड्ने भुवन पूर्वमा चलचित्र प्रदर्शन भैरहेको अधिकांश हल पुगेका थिए । हल पुग्न साथ दर्शकबाट घेरिएका भुवन दर्शकसँग फोटो खिच्न, अटोग्राफ दिन व्यस्त हुन्थे । प्रत्येक हलका म्यानेजर देखि लिएर सानो पदको स्टाफलाई समेत आफूले उत्कृष्ट चलचित्र बनाएको र सकेसम्म सहयोग गर्न आग्रह गर्थे । हलमा भेला भएका दर्शक बाहेक आफू बसेको होटेल, बाटो अथवा जाँही कहिँ भेटिएका ङ्खयानसंग निसंकोच फोटो खिचाउँदै आङ्खनो चलचित्रको बयान गर्न उनी पछि पर्दैनथे ।
दुई दिन पूर्वमा बिताएका भुवन धरानको गण्ँेश टाकिज, झुम्काको मनकामना चलचित्र मन्दिर, बिराटनगरको हिमालयन टाकिज, दमकको पाथिभरा र दमक चित्र मन्दिर र बिर्तामोडको अन्नपुणर््ँ टाकिज पुगेर चलचित्रको प्रोमोशन गरेका थिए । भुवन आफू पुगेका प्रत्येक हलमा दर्शकलाइ सम्बोधन गर्दै चलचित्र हेरेर आङ्खना साथी, छिमेकी र अरुलाई पनि चलचित्र हेर्न प्रेरित गर्न अनुरोध गर्थे । साथी म तिम्रो पछि छोरा अनमोल केसीलाई लिएर आङ्खनो निर्देशनमा चलचित्र बनाउन लागेको र त्यस चलचित्रमा सम्पूणर््ँ कलाकार नयाँ हुने बताउँदै कोही चलचित्रमा खेल्न इच्छुक भए सम्पर्क गर्न आग्रह गर्दै आङ्खनो मेल आइडी दिन समेत उनले भ्याएका थिए ।
कुनै जमानाका गायक समेत भएकोले हलमा भेला भएका दर्शकसामु उनले आङ्खनो चलचित्रको गीत सुनाएर मनोरञ्जन प्रदान गरेका थिए । दर्शकले अनमोल र चलचित्रको बालकलाकार शीर्षक सापकोटाको समेत डिमाण्ड गरेपछि अर्को चोटी फेरि उनीहरुलाइ लिएर आउने बाचा समेत उनले गरे । पूर्वका झन्डै दर्जन हलमा तेस्रो सातामा प्रदर्शन भैरहेको चलचित्रले पुर्बेली दर्शकको राम्रै साथ पाइरहेको छ । चलचित्र रिलिज भएको दिन र बिचमा परेको बन्दले भने कलेक्सनमा केही घाटा पु¥याएको छ । पूर्वको भ्रमण्ँ सकेर भुवन बुटवल हुदै पोखरा तिर लागेका छन् ।

बेमौसमको शिक्षक आन्दोलन – खुल्ला आकाश

शिव अधिकारी
पटके आन्दोलन गर्दै आएका शिÔकहरुले फागुन २८ गते चाहिं अति नै गरे । आङ्खनै विद्यार्थीलाई वार्Èिक परीÔा दिनबाट समेत बञ्चित गरेर उनीहरुले शिÔासेवी भएको ‘काइते’ व्यबहार प्रस्तुत गरे । कÔा ८ को जिल्लास्तरीय परीÔा शुरु भएकै दिन शिÔकहरुले शैÔिक आमहड्तालको कार्यक्रम घोÈण्ाँ गरे । विद्यार्थीहरु भने परीÔाको सम्पूणर््ँ तयारी गरेर विद्यालय गए । शिÔकले बन्द गराएका विद्यालयको खाली कोठालाई नियाल्दै निन्याउरो अनुहार बनाएर घर फर्किए । सम्भवतः विद्यार्थीको वार्Èिक परीÔाकै दिन शिÔकहरुले स्कूल बन्द गराएको यो पहिलो घटना हो । वाह, नेपाली शिÔासेवी मान्नुपर्छ तपाईंहरुलाई ।
यो त एउटा नमुना मात्रै हो, कÔा ८ को जिल्लास्तरीय परीÔाको प्रसङ्ग । हाम्रा शिÔकहरुले शैÔिकसत्रको अन्त्य हुने समयमा पटक–पटक गर्दै आएको आन्दोलनले देशभरका ७५ लाख विद्यार्थीको भविष्यमाथि नै ठाडै धावा बोलिरहेको छ । शिÔक आफैं विद्यालय बन्द गरेर, शनिबारको दिन विद्यार्थीलाई पढाएर, गजब–गजबको आन्दोलन गर्छन् । अनि विद्यार्थीले के सिक्छन् ? विद्यार्थीको बालमस्तिष्कमा शिÔकहरुको उक्त हरकतको कस्तो असर पर्छ ? विद्यार्थीको बालमनोविज्ञानले शिÔकहरुको उक्त लाचारीपूणर््ँ कदमलाई कसरी बुझ्छन् ? यसको जवाफ शिÔकहरुस“ग छ ? ‘आफैले जन्माएको बच्चालाई विÈ पिलाउने आमा’को झैं व्यवहार गरेका होइनन्, शिÔकहरुले विद्याथीको वार्Èिक परीÔाकै दिन स्कुलमा तालाबन्दी गरेर ?
शिÔकहरु धर्नामा बस्छन्, नाराबाजी गर्छन्, पुलिसको लाठी खान्छन्, जेल पर्छन् । र, पुनः बाहिर निस्केर आन्दोलन गर्न थाल्छन् । कस्तो विडम्बना ? स्कुलमा हुनुपर्ने शिÔक जेलमा–विद्यालयमा बसेर पढ्नुपर्ने विद्यार्थी घरमा । हो, पछिल्लो केही समयको नेपालको शैÔिकÔेत्रको यथार्थ चित्रण्ँ यही हो । अनि, भनिदिनुस् गुरुहरु–विद्यार्थीहरुले सिक्ने चाहिा के हो ? भोलिको समाज हा“क्ने आजका विद्यार्थीले आर्जन गरेको त्यस्तो ज्ञानले भोलिको कस्तो समाजको मार्गरेखा कोरिरहेछ ? आङ्खना माग पूरा गर्न डाक्टरहरु आन्दोलन गर्छन्, इन्जिनियरहरु आन्दोलन गर्छन् । वकिल, निजामती कर्मचारी सबै बन्द, हड्ताल र आन्दोलन गर्छन् । नगरुन् पनि किन ? शिÔकहरु नै विद्यार्थीहरुलाई आन्दोलन गर्न सिकाउ“छन् । त्यही शिÔकले पढाएका विद्यार्थीहरु त हुन्, ती डाक्टर, इन्जिनियरहरु । अनि, आन्दोलन नगरेर के गर्छन् ? जे सिक्छन्, त्यही गर्छन् । उखानै त छ– ‘जैसा गुरु–वैसा चेला¬¬.।’
होलान्, शिÔकहरु मर्कामा परेका छन् । शिÔकहरुको माग जायज होला । तर, ४७ सूत्रीय माग पूरा गर्न ७५ लाख विद्यार्थीको भविष्यलाई च्यााखे थाप्ने शिÔकहरुको कार्य भने एकदमै अशोभनीय छ । त्यति मात्रै हो र ? अझ प्रवेशिका परीÔा (एसएलसी) नै बिथोल्ने चेतावनी दिने शिÔकहरुको कुरा सुन्दा आफैंले जन्माएको बच्चालाई १० वर्Èको उमेर भएपछि घा“टी निमोठ्ने आमाको कर्तुत भन्दा कम लाग्दैन ।  कस्तो नालायकीपन ?
जे होस्, आइतबारकै दिन शिÔकहरुले सरकारस“गको बार्तापछि ५ दिनको लागि आन्दोलन स्थगन गरेका छन् । सोमबारबाटै देशभरका विद्यालयहरु पुनः सुचारु भएका छन् । यो क्रम अब शिÔकहरुकै कारण्ँ फेरि भंग नबनोस् । र, सरकार अनि शिÔकहरु विद्यार्थीको भविष्यप्रति गम्भीर बनोस् । अभिभावकले पनि आङ्खना बालबालिकाहरुलाई आन्दोलनकारीकोमा नभई शिÔाको मन्दिरमा शिÔा आर्जन गर्न पठाएको आभास गर्न सकुन् । विद्यालय शान्तिÔेत्र बनोस्, शिÔकहरु शान्तिका रÔक बनुन्, ज्ञानको दूत बनुन् । अस्तु ।

यो संविधानसभाबाट आउने नेपालको भावी संविधान कस्तो होला?– खुल्ला आकाश

-छविसुब्बा सङ्बाङ्फे
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो पार्टीको अन्तर्वस्तु खुलस्त पारे की नयाँ संविधान बन्ने छाँटकाँट नभएकोले गर्दा २०४७ को संविधानलाई राजतन्त्रको स्थानमा गणतन्त्र, राष्ट्रपति, संघीयता लगायतका प्रावधान (धारा) राखेर व्यूँताएर लानुपर्छ भनि इमान्दारसाथ सार्वजनिक गरे । कम्तिमा क्षेत्रिको बच्चाले यतिसम्म कांग्रेसको भित्री कुरा ओकलेकोमा उनलाई हिम्मतिलो मान्नैपर्छ । कप्टी, झेलि, षड्यन्त्रकारी बाहुनहरू त भित्र एउटा कुरा गर्छन् बाहिर अर्को कुरा गरेर छलछाममै सबै माहौल आफ्नो कब्जामा राखिराख्ने प्रयत्न गर्दछन । कांग्रेसको जस्तै एमालेको पनि भित्री कुरा त्यहि हो की ४७ सालकै संविधान व्यूँताएर हुनलागेको राज्यसंरचना तुहाउने । अब एमालेको त्यो कुरा ओकल्न पनि बाहुन अघिसर्ने छैनन् । उनीहरूले यात क्षेत्रि यात पार्टीमा भएका कुनै मूलबासी समुदायकको छोरालाई निर्देश गरेर त्यो कुरा बाहिर ल्याउनेछन् । त्यसपछि बल्ल पालो आउँछ एनेकपा माओवादीको र उसले प्रयोग गर्ने मान्छे पनि सकेसम्म मूलबासी समुदायकानै हुनेछ यात दुई ठूला पार्टीबाट स्थिति सहज भैसकेको अवस्थामा प्रचण्ड आफैले नै हिम्मत गर्न सक्नेछन ।
नेपालमा अब देखापर्ने ठूला बाहुनवादी पार्टीहरूको अग्रगमनकारी राजनैतिक गति यसरी नै अगाडी बढ्ने कुरा पक्का भैसकेको छ । सत्ताधारी पार्टीका ठूला दलहरू चाँडै नै राप्रपा नेपालको मार्गचित्रमा समावेस भएर जाने दिन टाढा छैन् । त्यसकारण यी एमाले, कांग्रेस र माओवादी पार्टीका असली प्रवक्ता र राजनीतिक गुरु भनेका कमल थापा नै हुन भन्दा कुनै फरक पर्ने छैन् । 

चारवर्षको अवधिमा पनि नेपालको नयाँ संविधान जारी हुन नसक्नुको रहस्य के हो भने नेपालमा कहिल्यै पनि राजनैतिक, आर्थिक, धार्मिक, भाषिक, संस्कृतिक, लैंगिक लगायत जातीय, वर्गीय अधिकारबाट वञ्चित रहेका समुदाय र हिन्दुकरणको प्रक्रियाद्वारा आफ्नो अधिकार खोसिएका वर्ग र समुदायहरूको अधिकार राज्य पुन:संरचना गरेर व्यबस्थापन गर्नुपर्ने सो गरेमा शासक बाहुनहरूको प्रतिनिधित्व र पहुँचमा ह्रास आउने, दुविधायुक्त मनोविज्ञानमा सत्ताधारी, प्रतिगमनकारी, पुनरऊत्थानवादी, प्रतिक्रियावादी लगायतका बाहुन नेत्रित्वका पार्टी र सामन्ती निरंकुश राजतन्त्रवादी शक्तिहरू उल्झिएको हुँदा उनीहरू आधुनिक राजनीतिक विज्ञानसम्मत लोकतान्त्रिक र प्रगतिशील नयाँ संविधान जारी गरेर यो मुलुकमा दिगोशान्ति र स्थायित्व कायम गराउन चाहँदैनन ।
अब यी तत्वहरूले संविधानसभालाई आफू र आफ्ना पार्टी कार्यकर्ताहरूको रोजगारी अभिबृदी गर्ने संस्थाकोरुपमा उपयोग गरेर यसको औचित्य समाप्त गर्नेछन । उनीहरूले अनुमान गरिसकेका छन् की संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ व्यबस्थामा हिन्दुअतिवादीहरूको वर्चश्व स्वत: घट्नेछ । ’cause विगतको संविधानसभाको चुनावमा मधेसी माहौल र नाराले एमाले, कांग्रेस र माओवादी पार्टी कोशी पश्चीमका सबै निर्वाचन क्षेत्रबाट बढारिएकाले भोलिहुने आम निर्वाचनमा पाहाडिया मूलवासीहरूको सहानुभूति प्राप्त गर्न नसकेमा सबै राजनैतिक संयन्त्रमा उनीहरूको प्रतिनिधित्व र पहुँचमा स्वत: ह्रास आउनेछ जसको कारणले संविधानसभाको चुनावमा जसरी एमाले र कांग्रेसका ठूला भनाउँदा नेताहरू हारेका थिए त्यसरिनै भोलिको आम चुनावमा माओवादीका पनि ठूला नेताहरूले पराजय भोग्नुपर्ने सुनिश्चित छ । यिनै राजनीतिक विष्लेषणकासाथ चतुर खेलाडी बाहुनहरू एकैथलोमा जम्मा भएर नेपालका उत्पीडित जातिहरूको विरुद्दमा आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्नका लागि विकल्पकोरुपमा २०४७ सालको संविधान व्यूँताएर लाने निष्कर्षमा पुगेका हुन ।
नेपालको यो राजनीतिक परिवेशमा केही अन्तरराष्ट्रिय शक्तिराष्ट्रहरूले खेल्ने प्रशस्त मौका पाउनेछन । इराक र अफ्गानस्तानमा प्रयोग भएर फर्किएको पुराना अमेरिकी हतियारहरूले अबहुने नेपाली राजनीतिक द्वन्द्वको बजारमा भाउ पाउने अवस्था निर्माण हुनेछ । अधिकार पाउँदै नपाएका र वीचैमा अधिकार गुमाएर उत्पीडित बनेका नेपालका विभिन्न समुदायहरूको मोर्चा निर्माण भएर बाहुनवाद विरुद्दको ग्रिहयूद्दले मुलुक फेरी तहस नहस बन्नेछ । बाहुनवादी पार्टीमा रोजगार गर्नका लागि राजनीति गरिरहेका मूलवासीहरू त्यसपछिमात्र आफ्नै समुदायले नेत्रित्व गरेको पार्टीमा प्रवेस गर्नेछन । यो लडाइले नेपालमा आमूल र यूगान्तकारी परिवर्तन ल्याउने छ र हिन्दुअतिवादी बाहुनवादका साथै निरंकुश राजतन्त्रको अवषेश समेत निमिट्यान्न हुनेगरी अन्त्य गर्नेछ ।

जानकारी अब बनिने नयाँ संविधानलाई – खुल्ला आकाश

प्रेम चाम्लिङ (खम्बू)
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,
पुरानो शासककालको कानुन र पुरानो संविधानको आधार मानेर अहिलेसम्म पनि हाम्रो नेपालमा राजनीतिक कार्यकर्ता र राजनीतिक निर्माणकर्ताहरुले अहिलेसम्म पनि दन्त्यकथाजस्तै आधार मानेर यस देशको सर्वहारा गरीब, सुकुम्बासी जनताहरुमाथि ती सुकुम्बासीहरुलाई ३ पुस्ते सुकुम्बासी प्रमाण हेर्नु र खोज्नु भनेको एउटा मनोभावना र अबुझ मुर्खता अमान, घमण्ड हो । ’cause देशको आदिवासी जनजातिहरुमा यो देशको भूपति भएको कथाहरुमा पाइएको छ । तर अहिले आएर एक व्यक्ति बराबर १०० र ५० भन्दा बढी परिवार भएको सबैलाई अवगतै छ । आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु भन्नुको तात्पर्य यो छ हामीमा यस्तो कानुन हुनपर्छ कि, जो कोही पनि सुकुम्बासीहरुलाई ३ पुस्ते प्रमाण खोज्ने र जो कोही एउटा व्यक्ति जमिन भूमिहीन छ, त्यही व्यक्तिलाई मात्र सुकुम्बासी ठानी जो त्यही व्यक्तिले सुकुम्बासीको प्रमाण पाउनुपर्छ । अर्थात त्यो व्यक्तिले सुकुम्बासीको पाउने अधिकार यो देशमा पाउनुपर्छ । आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु यस्तो युग र समय परिवर्तन भइसक्दा पनि २१ औँ शताब्दी पार गरिसक्दा पनि यो देशको कानुन र संविधान त्यही पुरानै कहानी र यथार्थलाई भुल्नु साथै छाड्नु पर्छ । कानुन र संविधानलाई पनि बदल्नु पर्छ । अहिले आएर यस्तो कानुन बनिनुपर्छ कि यो देशको सर्वहारा भूमिहीन व्यक्तिहरुलाई जो कोहीलाई पनि ३ पुस्ते प्रमाण नखोजेर जो व्यक्ति भूमिहीनहरु छन्, त्यही व्यक्तिहरुलाई सुकुम्बासी मानी तिनै व्यक्तिमा सुकुम्बासीको आधार, प्रमाण पाएको हुनुपर्दछ भन्ने हाम्रो विचार हो । अनि मेरो अनुरोध पनि हो । आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु साथै मान्य राष्ट्रकर्ताहरुमा अनुरोध छ कि, सुकुम्बासीहरुको हितमा देशले यस्तो व्यवस्था ल्याउनुपर्छ, सुकुम्बासीहरुलाई सरकारले दबाई, पानी, मेडिकल सहुलियतहरु पनि मिलाउनुपर्छ । सुकुम्बासीहरुलाई प्रबन्ध गर्नुपर्छ । रासन कार्डको प्रबन्ध हुुनुपर्छ । थोरै भए पनि सहुलियत मिलाउनु पर्छ । धन्यवाद ।
दमक–१२, संरक्षण टोल

प्रकृति संरक्षणमा चुनौती – खुल्ला आकाश

भक्तबहादुर थापा
प्रकृति र प्रकृतिभित्रका सम्पदा वातावरण्ँीय सन्तुलनका दृष्टिले महŒवपूणर््ँ मानिन्छ । प्रकृतिभित्रका सम्पदाको संरÔण्ँले प्रकृति तथा वातावरण्ँीय सन्तुलनको अवस्थालाई कायम राख्दछ । जसले मानव जीवनको रÔा गर्नमा सरल बनाउ“दछ । प्रकृति र प्रकृतिभित्रका सम्पदाको संरÔण्ँ मानव जीवन र स्वास्थ्यस“ग प्रत्यÔ सम्बन्ध र सरोकार राख्ने भएकाले यसको संरÔण्ँमा विश्व नै सक्रिय भएका बेला हाम्रा लागि भने प्रकृति र प्रकृतिभित्रका सम्पदाको संरÔण्ँ तथा रÔा चुनौती बनेको छ । जुन अहिले आम संरÔण्ँकर्ता तथा संरÔण्ँविद् माझ चिन्ता र चासोको विÈय बन्नपुगेको छ । हामीकहा“ भने प्रकृति र प्रकृतिभित्रका सम्पदाका विनाश तथा बढ्दो चोरीका कारण्ँ एकातिर विनाश कार्य रोकिएको छैन भने अर्कातिर संरÔण्ँका काम तीव्र बनाउदै लगिएको अवस्था छ । यसबाट के स्पष्ट हन्छ भने संरÔण्ँकर्ता र चोर सिकारीबीच द्वन्द्व चर्केको छ ।
पृथ्वीमा अस्तित्वमा रहेका वनस्पतिजन्य सम्पदा होउन् या प्राण्ँी ’emको अस्तित्व रÔा अन्ततः मानव समुदायको जीवन रÔास“ग गा“सिएको हुन्छ । फरक–वातावरण्ँ, फरक शैली, फरक अवस्थामा अस्तित्वमा रहेका वनस्पतिजन्य सम्पदा तथा प्राण्ँीको रÔाले प्राकृतिक सन्तुलन कायम राखी रहेका हुन्छन् । पृथ्वीमा अस्तित्वमा रहेका वनस्पतिलगायत सबैखाले सम्पदाको अस्तित्व रÔाका क्रियाकलापले जीवन र जगतभित्र सम्पदाको अस्तित्व कायम राख्दछ ।
प्राकृतिक वातावरण्ँभित्रका महत्वपूणर््ँ जैविक सम्पदा, विविधताका रुपमा लिइने भएकाले यसलाई मानव जीवन र वातावरण्ँबीचको समन्वयको महत्वपूणर््ँ सूचक पनि मानिन्छ । प्राकृतिक तथा परिस्थितिकीय सन्तुलन नै स्वच्छ वातावरण्ँ र गुण्ँस्तरीय जीवनको महŒवपूणर््ँ पाटो हो । प्रकृति भनेको जल, जमिन, जङ्गल र जैविक विविधता हो । यसको अस्तित्व विना प्राण्ँीको अस्तित्वको कल्पना गर्न नसकिने भएकाले मानव, प्रकृति एवम् प्राण्ँीबीचको सम्बन्धको अनुमान गर्न सकिन्छ ।
माटो र पानीको समिश्रण्ँबाट प्रकृतिको जन्म हुन्छ । प्रकृतिको जगमा संस्कृति हुन्छ । संस्कृति भनेको जीवन हो । कुनै अस्तित्वको कल्पना गर्न नसकिने बालुवा पनि प्रकृतिभित्र पर्दछ । त्यहा“ संस्कृतिको जन्म हुन सक्दैन । इतिहास पल्टाएर हेर्ने हो भने जहा“ पानी पाइन्छ त्यहा“ माटो पाइन्छ । पानी र माटोको समिश्रण्ँबाट सभ्यता र संस्कृतिको जन्म हुन्छ । सभ्यता र संस्कृतिमा मानिस बस्छ, प्रकृति र मानिसबीचमा यही र यस्तै सम्बन्ध हुन्छ । प्राण्ँी बिनाको प्रकृति सुनसान भएर जान्छ ।
अहिले प्रकृतिमा परिवर्तन आउनथालेको छ । यसो हुनुमा अधिकतम विकासका क्रियाकलापको हात छ । विकासले प्रकृतिलाई प्रतिकूल प्रभाव पारि नै रहन्छ ।
 त्यसैले संरÔण्ँका क्रियाकलापलाई विकासस“ग जोडेर लानुपर्ने अवस्था पनि आउन थालेका छन् । जुन मानव जीवनस“ग जोडिएर आउ“दछ । यसो हुन नसक्दा अहिले प्रकृतिमा असन्तुलन आई प्रकृति, प्राकृतिक वातावरण्ँ र जीवनमा नै प्रत्यÔ असर पर्नथालेको छ । यसो हुनुमा खासगरी जथाभावी तथा अनियन्त्रित विकास नै हो । जुन हाम्रो मात्र नभई विश्वमै भएको अधिकतम विकासका क्रियाकलापको प्रभाव नै हो । हामीले प्रकृति, प्राण्ँी र विकासलाई सन्तुलित रुपमा अगाडि बढाउने प्रयास गर्नुपर्छ । जुन एक पÔलाई छोडेर हु“दैन । यसैले प्रकृति र प्राण्ँीको बीचमा समन्वयात्मक रुपमा अगाडि नबढी सम्भव हु“दैन । जुन व्यावहारिक हुनुपर्छ ।
पृथ्वीमा अस्तित्वमा रहेका मानव, जीवजन्तु, वनस्पति, जलीय तथा थलीयलगायत सबैखाले प्राण्ँीको अस्तित्व रÔाका क्रियाकलापले जीवन र जगतभित्र प्राण्ँीकोअस्तित्व कायम राख्दछ । प्राकृतिक वातावरण्ँभित्रका महŒवपूणर््ँ जैविक सम्पदा, विविधताका रुपमा लिइने भएकाले यसलाई मानव जीवन र वातावरण्ँबीचको समन्वयको महŒवपूणर््ँ सूचक पनि मानिन्छ ।

नयाँ संविधान – खुल्ला आकाश

सुवोधराज प्याकुरेल
हामी पहिलो पटक जनताले प्रत्यÔ रुपमा बनाउने संविधानको निर्माण्ँ प्रकि्रयामा छौं । जनतामा ठूलो भ्रम छ । कसैलाई लाग्छ संविधानमा लेखिदिएपछि सबै अधिकार स्वतः पाइन्छ । कसैलाई लाग्छ सरकारसँग पैसाको थुप्रो हुन्छ । काला बजारी भ्रष्टाचार नहुने हो भने जनतालाई सुतिसुति खान पुग्छ । कसैलाई लाग्छ जात विशेÈ रङ्ग विशेÈकालाई दर्जाबाट फालिदियो र अर्को खालको मान्छेलाई कुसर्ी बसालिदियो भने सारा समस्या ुछु मन्तर कि बाचाु जस्तो तुरुन्त समाधान हुन्छ । जसले जे-जे रोजेको छ त्यही त्यही पाउने गरी संविधानमा लेखियोस् भन्ने पनि छ । सरकारी जागिरमा ठाउँ पाएदेखि सारा बेरोजगारी समाप्तै हुन्छ भन्ने पनि लागेको छ । के यस्तै हुन्छ त सारै राम्रो संविधान भएका देशहरु सर्वाधिक समस्यामा छन् । जाति पिच्छेको राज्य टुक्राउँदा पनि ´नै िहंसा र आतङ्क बढ्दै गएका देशहरु पनि छन् । हामीकहाँ त्यस्तै हुन्छ भन्ने छैन । तर अङ्गोला अफगानिस्तान फिलिपिन्स सुडान जस्ता देशहरुको विजोग चिनेर िशÔा लिन पाए ´न् बेस होला । बुद्धको देशमा १३ हजार भन्दा बढी मानिसको ज्यान लिनेगरी सशस्त्र द्वन्द्व होला भनेर कसले कल्पना गरेको थियो र
राज्य कानूनले चल्छ । संविधानलाई माउ कानून भनिन्छ । आमाले जन्माएको हुर्काएको संस्कार सिकाए अनुसारका सन्तती भएजस्तै संविधान अनुसारकै कानून बन्छ र त्यस्तै राष्ट्र निर्माण्ँ हुन्छ । राष्ट्र भनेको भूगोल र जनता मिलेर बन्छ । जातीय भनेको थर होइन बसोबास हो ।
आधुनिक राज्य शासक होइन। सहजकर्ता हो । विकास भन्नुको अर्थ भौतिक विकासमात्र होइन । भौतिक विकासका आवश्यकताको पहिचान गर्न सक्ने त्यसका लागि मानवीय र भौतिक संशाधन परिचालन गर्न सक्ने जनताले मेरो र आफ्नो ठानेर विकासमा संलग्न हुने र गरिएका कामको अनुगमन नियन्त्रण्ँ गर्ने Ôमतालाई विकास भनिन्छ । पहिले सार्वजनिक आवश्यकतालाई ठम्याउनु पर् यो । र अधिकार प्राप्त गर्नुको अर्थ अरुले दिएर मात्र अधिकार पाइने होइन भन्ने पनि बुझ्नु पर् यो । अरुले दिने र आफूले लिने काम त मगन्ते पो हुन्छ । सारा नागरिक स्वयम्मा राज्य हुन् । यसर्थ नागरिकले आफै पूरा गर्न नसक्ने कामहरुमा संयोजन गर्न र सहयोग पुर् याउन सरकारको निर्माण्ँ गरिन्छ । जनता अगुवा हुन र सरकार सहजकर्ता हो । देशको आम्दानीलाई सम्पूण्र्ँ नागरिकलाई बराबरी हकका प्रापक ठानेर साधन स्रोतको बाँडफाँड गर्ने र यो काममा सम्पूण्र्ँ जनताप्रति पारदर्शी प्रकि्रया मार्फत् जवाफदेहीता ग्रहण्ँ गर्ने जिम्मेवारी सरकारमा पर्छ ।
विभिन्न कारण्ँले समाजमा कुनै समूह समूदाय पछाडि परेको हुन्छ । सूचना जानकारी नभएर अवसर प्राप्त गर्न नसकेकाहµ हुन्छन् । गुण्ँस्तरीय िशÔा नपाउनाले प्रतिस्पर्धा गर्न नसक्ने पनि हुन्छन् । आजको युग विश्वस्तरको युग हो । हाम्रो देशमा पास गरेको योग्यतालाई कतिपय देशमा मान्यता दिइन्न । हामी आफै पनि एकअर्कालाई जातपात रहनसहन Ôेत्र वर्गमा छुट्याएर भेदभाव गर्छौं । एकआपसमा हेला गर्ने चलन हाम्रो अविकसित मानसिकताको उपज हो । यसैले सबभन्दा पहिला धनी गरिब जातजाति महिला-पुरुÈ पहाड-तराई आदि भनेर भदेभाव गर्ने चलन हटाउनु पर्छ । विकासको पूर्व शर्त मानसिक र कानुनी दुवै अर्थमा समानता हो ।
अवसरमा समानताको अर्थ न्यायपूण्र्ँ अधिकारमा समानता हो । पछाडि पारिएकाहरुको Ôमता विकासमा बढी ध्यान दिनु प्रत्येक नागरिकको कर्तव्य हो । हुने सक्नेले आफ्नो विकास आफै गर्नुपर्छ । नसकेको हदसम्म जनताले एक अर्कालाई सरकार मार्फत् सहयोग गर्छन् । यस्तो सहयोग गर्न भनेर सरकारलाई कर तिर्छन् । सरकारमा जाने कानून बनाउने बजेट बनाउने र योजना कार्यान्वयन गर्ने प्रतिनिधि छानेर पठाउँछन् । सरकारले पछाडि पारिएकालाई बढी सुविधा र संरÔण्ँ दिनुपर्छ । हामी सबै मिलेर बनेको देशमा सिङगो देश र यसको अनन्तकालको भविष्य सम्´ेर संविधान बनाउनु पर्छ। त्यस्तै सामूहिक जिम्मेवारी र जवाफदेहिताको नयाँ नेपाल बनाउने चिन्तनका साथ नयाँ संविधान बनोस् …प्राचिबाट