ढुसी के हो ?

नेपाली शब्दसागरमा ढुसी शब्दको अर्थ ओस वा चीसो लागेर चीजबीज सड्दा झुस्स उम्रने वा ढुस्स फुलेको देखिने सेतो खालको भुवा वा झुस, ढुँडी भनेर उल्लेख गरिएको छ । आखिर के हो त ढुसी ? ढुसी फन्जाइजगतमा पर्छ, जसमा पीठो जस्तो देखिने पीठो ढुसी, च्याउ, बोटबिरुवामा पर्ने ढुसी, यिष्टलगायत एक लाख भन्दा बढी प्रजाति पर्छन् । अहिलेसम्म थाहा लागे अनुसार लगभग १०० प्रकारका फन्जाइले मात्र मानिस र जनावरलाई बिरामी बनाउँछन् ।
कसरी बन्छ ढुसी ?
ढुसीको जीवनचक्र सूक्ष्म बीजाणुबाट शुरू हुन्छ । यी बीजाणु हावामा तैरिंदै एक ठाउँबाट अर्काे ठाउँमा पुग्छन् र खानेकुरा, तापक्रम, आद्र्रता जस्ता कुरा अनुकूल छ भने तुरुन्त अंकुराउँछन् आगोजस्तो देखिने यी टुसालाई च्याउबरेसा (हाइफा) भनिन्छ । धेरै च्याउबरेसा मिलेर मसिनो भुवाजस्तो देखिने च्याउबजाल (भाइमेलियम) बन्छ । यही च्याउबजाल नै नांगो आँखाले पनि देख्न सकिने ढुसी हो । पाउरोटीमा पर्ने ढुसीलाई रिजोपस स्टोलोनिफर भनिन्छ । पाउरोटीमा देखिने स–साना काला धब्बा वास्तवमा ढुसीका बीजाणु थैली (स्पोरान्जिया) हुन् । अनौठो त एउटा मात्र धब्बामा ५० हजार भन्दा बढी बीजाणु रहेका हुन्छन् । अनि केही दिनभित्रै एउटा बीजाणुले करोडौं नयाँ बीजाणु उत्पादन गर्न सक्षम हुन्छन् । जंगलको काठ÷मुढामा सजिलै ढुसी पलाएझैं वातावरण अनुकूल भएका किताब, जुत्ता, भित्ता जहाँसुकै खुसी पलाइहाल्छ ।
ढुसी र मानव जीवन
वैज्ञानिक अलेक्जेन्डर फ्लेमिङले सन् १९२८ मा हरियो ढुसीमा कीटाणुनाशक शक्ति हुँदोरहेछ भन्ने कुरा पत्ता लगाए पछि “पेन्सिलियम नोटाटम” नाउँ दिइएको यो ढुसी मानिस र जनावरका लागि वरदान सावित भयो । किनकि यो अनुसन्धानको परिणाम स्वरूप पेन्सिलिनको जन्म भयो जसलाई वर्तमान युगमा सबैभन्दा धेरै जीवन बचाउन सफल औषधी भन्ने नाम दिइएको छ । यस खोजको लागि फ्लेमिङ र तिनका सहकर्मी होवार्ड फ्लोरे र अर्नस्ट चेनलाई सन् १९४५ मा चिकित्साशास्त्रका लागि नोवेल पुरस्कार प्रदान गरियो । त्यस बेलादेखि आजसम्म, ढुसीको उपयोग गरेर अरु पनि थुप्रै औषधी तयार पारिएका छन् । जस्तै, रगत जम्ने, माइग्रेन र पार्किन्सन्स रोगका औषधी ।
ढुसी र खानेकुरा
ढुसीका कारण हामीले आफ्नो जिब्रो पड्काउन पनि पाएका छौं । विशेषगरी हामीले खाने विभिन्न थरिका चीजको आ–आफ्नै खालको स्वाद हुनुमा “पेन्सिलियम” नामक ढुसीका विभिन्न प्रजातिको हात छ भन्ने कुरा के तपाईंलाई थाहा थियो ? त्यसैगरी, ढुसी नहुँदो हो त हामीले सलामी अनि सोयासस चाख्नै पाउँदैनथ्यौ । अनि चिसो बियरको मीठो चुस्की । वाइन पनि त्यहि हो । कुनै खास प्रजातिको अङ्गुरमा ठिक्क मात्रामा ढुसी पलाएपछि टिपेर त्यसबाट मीठो वाइन बनाइन्छ । “बोट्राटिस सिनेरा” नामको ढुसीले अंकुरमा गुलियोपनको मात्रा बढाइदिन्छ र वाइनलाई स्वादिलो बनाउँछ । छिप्पाएर राखिएको वाइनलाई स्वादको पराकाष्ठमा पु¥याउने काम पनि “क्लाडोस्पोरियम सिल्लार” ढुसीले गर्छ । हाम्रो नेवारी समाजमा बनाइने भात पकाएर १५÷२० दिन छिप्पाएर राखेर बनाइने जाँड (छ्याङ्ग) पनि एक प्रकारको ढुसीको कारण बन्छ ।
ढुसी र मानव स्वास्थ्य
केही वैगुणी ढुसीले लामो इतिहास बोकेका छन् । ईशापूर्व छैटौं शताब्दीमा अश्शुरीले आफ्ना शत्रुको इनारको पानीलाई विषालु बनाउन “क्लाभिसेप्स पुर्पुरेआ” नामक ढुसी प्रयोग गर्थे । यसलाई प्राचीन जैविक हतियार भन्दा पनि फरक पर्दैन । सन् ५०० देखि १,५०० सम्मको अवधिमा गहुँको एक प्रजातिमा ढुसीले गर्दा थुप्रै मानिसलाई छारे रोग, शरीर भतभती पोल्ने, शरीरको मासु कुहिने र मानसिक शक्ति गुमाउने रोगले सताएको थियो ।
क्यान्सर गराउने सबैभन्दा खतरनाक तत्व एफ्लाटाक्सिन हो तर यसको जननी पनि ढुसी नै हो एक अध्ययनअनुसार एसियाली मुलुकमा एफ्लाटाक्सिनको कारण वर्षेनी ५० हजारको मृत्यु हुने गर्दछ । दम जस्ता फोक्सोसम्बन्धी रोग हुने, एजर्जी भएका, रसायन प्रति तुरुन्तै प्रतिक्रिया देखाइहाल्ने, रोग प्रतिरोधात्मक क्षमता कम भएका अनि एकैचोटी धेरै ढुसीको सम्पर्कमा आउने कृषकलाई भने यसले नराम्रो असर गर्न सक्छ । बालक र बूढाबूढीलाई पनि ढुसीले सजिलै असर गर्न सक्छ । अमेरिकाको क्यालिफोर्नियास्थित स्वास्थ्य सेवा विभागका अनुसार ढुसीले गर्दा छाती घ्यार–घ्यार हुने, सास फेर्न गाह्रो देखिने, नाक बन्द हुने र पिनासले सताउने, आँखा पोल्ने, सुख्खा खोकी लाग्ने, नाक र घाँटी पोल्ने, छालामा डाबर देखिने वा चिलाउने आदी लक्षण देखिन सक्ने बताएका छन् ।

रकेट के हो ? – विज्ञान

हुत्याउने विष्फोटक पदार्थ आफैमा रहेको क्षेप्यास्त्र, अर्थात अन्तरिक्षमा प्रक्षेपण गरिने यानलाई रकेट भनिन्छ ।
रकेटको रेखाचित्र
करिब १,००० वर्षअघि चिनियाँहरूले पहिलो रकेट बनाए तर तिनीहरू आतसवाजी जस्तामात्रै थिए । गन्पाउडरले चल्ने ती आतसवाजी जस्ता रकेटहरू टोकरीमा राखेर पड्काइन्थ्यो । सन् १९२६ मा अमेरिकी नागरिक रोबर्ट गोडार्डले ३.५ मिटर लामो रकेट उडाएका थिए । त्यो यान दुईतले घरको उचाइ बराबर मात्रै उड्न सक्ने र ५६ मिटरमा पुगेर ओल्र्याे । उडानको अवधि केबल २.५ सेकेन्ड मात्रै थियो । यो पहिलो तरल–इन्धनले चल्ने रकेट थियो । वेर्नहर भन ब्राउनले रकेट मिसाइल आविष्कार गरेका थिए । जुन जर्मनरहरूले दोस्रो विश्वयुद्धमा प्रयोग गरेका थिए । त्यस युद्धपछि ब्राउन अमेरिकन स्पेस प्रोग्रामलाई सघाउन अमेरिका ल्याईएका थिए ।
रकेटहरू अन्तरिक्ष यात्राका लागि नभई नहुने कुरा हो । उपग्रह, अन्तरिक्षयान प्रक्षेपण गर्न रकेट आवश्यक पर्छ । अन्तरिक्ष भट्टीहरू निर्माण गर्न आवश्यक पर्ने सामग्रीहरू रकेटकै सहायताले पु¥याइन्छ । रकेटहरू खण्डखण्डमा निर्माण गरिन्छन् । सामान्यतया रकेटमा ३ खण्डहरू हुन्छन् जुन इन्धन रकेट इन्जिनबाट बनेका हुन्छन् । प्रत्येक खण्डहरू काम पूरा भइसकेपछि खस्ने गर्छन् । गह्रौँ रकेट अन्तरिक्षमा प्रक्षेपण गर्न ठूलो शक्तिको आवश्यकता पर्दछ । पृथ्वीको गुरुत्वक्षेत्रबाट बाहिरिन रकेटले ४०,००० कि.मि. प्रतिघण्टाको दरले जानुपर्छ । अन्तरिक्षमा पुगेपछि रकेट २९,००० कि.मि. प्रतिघण्टाका गतिमा कक्षमा ओर्लन्छ ।

अब मोबाइलले नै घर चलाइदिने भयो – विज्ञान

दुई तीन साल पहिले यदि यही“ कुरा भनिएको भए शायद पत्याउन कसैले मान्न तयार हुने थिएनन होला थिएन होला । आज दुनिया“मा टेक्नोलोजीले निकै नै कोल्टो फेरिसकेको छ । हाम्रो हरेक आवश्यताको परिपूर्ति नहुनेहोल भनेर सोचन सकिद“ैन । नया“–नया“ प्रविधि त्यस्तै नया“ नया“ उपकरणको विकास जसले हाम्रो जीवनलाई सजिलो र सुलभ बनाइदिएको छ ।
आज भन्दा एक दुई वर्Èमात्र पछि हाम्रो घरको हरेक उपकरणहरु कुनै पनि ठाउ“मा गएर कुनै पनि बेला कन्ट्रोल मतलब खोल्न चलाऊन चेक गर्न सक्छौ र यसको लागि मद्दत चा“हि उही तपाईको साथी मोबाईलले गर्ने छ । अब साथी किन भनेको मोबाईललाई भन्दा नि तपाईंको केही काम भएन भने मोबाईल चलाऊन शुरू गर्नु हुन्छ नि हैन ?
नोकियाले हालै बार्सिलोन शहरमा होम कन्ट्रोल सिस्टमको प्रदर्शन गरेको थियो । होम कन्ट्रोल सिस्टम एउटा यस्तो यन्त्र हो जसले मोबाईल फोनको मद्दतबाट घरको विभिन्न उपकरणस“ग जोडिदिने काम गर्छ ।
यो जोडी सके पछि प्रयोगकर्ताले मोबाईल फोनकै सहयोगबाट घरको कुनै पनि विद्युतीय उपकरणलाई चलाउन सक्छन् । एयरकन्डिसन सिस्टम चलाउन बन्द गर्न सकिन्छ यहा“ सम्मकी पर्दा लगाउने अथवा खोल्ने त्यस्तै ढोका लगेको छ छैन चेक गर्ने काम गर्न सकिन्छ । नोकियाले यसको अझ विकास गर्नेको कुराको पनि खुलासा जस अन्तर्गत अन्य जस्तै फ्रिज, वासिङ मसिन, टिभी आदि पनि कन्ट्रोल गर्न सकिने हुन्छ । यतिमात्र होइन पछि यो यस्तो हुन्छ जहा“ तपाईंले फ्रि–फिक्स सिस्टम भन्नाले पहिले नै टाईम मिलाएर छोडिदिन सक्नुहुन्छ त्यस्तै कोही पाहुन घरमा आइपुग्नु भयो तर तपाईं घरमा हुनु हुन्न भने ढोका पनि खोल्दिन सक्नु हुन्छ मोबाईल फोन मार्फत नै, अब यो भन्दा के चहियो र ? तर, नेपालमा भने यस्तो प्रविधि भित्रन पक्कै पनि धेरै नै कुर्नुपर्ने हुन्छ ।