सर्प डसाई (Snake Bite)–स्वास्थ्य चर्चा

डा. सूर्य पराजुली
पृष्ठभूमि
सर्प दंश नेपालको तराई क्षेत्रको एउटा रोक्न सकिने प्रमुख स्वास्थ्य समस्या हो । विश्वमा करिब ५५ लाख मानिसलाई प्रत्येक वर्ष सर्पले डस्ने गर्दछ । जसमध्ये ४ लाख जनाले डसेकोमा अंग गुमाउने अवस्था आउँदछ र २० हजारदेखि १ लाख २५ हजार जनासम्मको मृत्युहुने गरेको तथ्यांक भेटिन्छ । ३४५ जनाको प्रत्येक दिन मृत्यु भएको तथ्यांक छ । खासगरी उष्ण प्रदेशीय देशमा अन्न उत्पादन गर्ने किसानहरुको समस्या बनेको यो रोगलाई विश्व स्वास्थ्य संगठन ले सन् २००९ मा आएर मात्रै न्यागलेक्टेड ट्रोपिकल डिजिजको रुपमा स्थान दिएको पाइन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक वर्ष करिब २०,००० व्यक्तिलाई सर्पले डसेकोमा १००० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । त्यस्तै गरी प्रा.डा. सन्जीब शर्मा तथा उहाँको टिमले पूर्वी तराईको १० वटा अस्पतालमा गरेको अध्ययनले करिब ४०७८ जनालाई सर्पले डसेकोमा ३७९ जनालाई कडा प्रकारको विष लागेको देखिएको थियो ।
त्यसैगरी चितवन तथ नवलपरासीमा देवप्रसाद पाण्डे र डा. छविलाल थापाको अध्ययनले पनि सर्पको अत्याधिक डसाई रहेको देखाएको छ ।  नेपालको तराईका २६ जिल्ला सर्पदंशमा अति प्रभावित जिल्ला हुन् । चैत्रदेखि कार्तिकसम्म सर्पदंशका घटना बढी हुन्छन् । 
सर्पको प्रकारहरु
नेपालमा पाइने करिब ७७ थरीका सर्पमध्ये गोमन, करेत, हरेउ, गनगुबाली, बाधे(भाइपर) लगायत २१ थरीका सर्प विषालु देखिन्छन् । तराई क्षेत्रमा गोमन र करेतको विगविगी पाइन्छ भने चुरे पहाड तथा त्यसको फेदीमा हरेउ सर्प बढी देखिन्छ । पहेलो र कालो पाटा भएको गनगुबाली (Banded Krait) असाध्यै विषालु सर्प हो । तर हतपत नटोक्ने हुँदा यो विष रहित हो भन्ने जनधारणा एकदमै गलत छ ।
धामन, ढोडिया, हरहरे, वर्षायाममा देखिने सर्पहरु अविषालु हुन् ।
गोमन

करे
सर्पको डसाईबाट बच्ने उपायहरु
धज्यूँदो सर्प देखेमा त्यसलाई बिना औजार नचलाउने वा नाङ्गो हातले नसमाउने, यदि समात्नै परेमा पूर्ण सावधानीका साथ सर्प समाउने सामाग्रीको प्रयोग गर्ने ।
धविषालु सर्पका बच्चामा पनि मानिसलाई मार्न सक्ने पर्याप्त विषको मात्रा हुन्छ । त्यसैले बच्चा सर्प त हो नि भनेर हेलचेक्रयाईँ नगर्ने ।
धकुनै–कुनै सर्पहरुले मरेको जस्तो नक्कल गर्ने हुँदा त्यसलाई पहिले लठ्ठीले चलाएर मरेको या बाँचेको यकिन गरी मरेको  भएमा मात्र हातमा लिई अध्ययन गर्ने ।
धसर्पहरु धेरै हुने वा सर्पले टोक्ने घटना बढी हुने स्थान तथा समयमा हिडडुल गर्दा घुँडासम्म आउने छाला वा रबरको बुट तथा बाक्लो पाइन्ट लगाउने ।
  हरेउ
धरुख वा जमिनमा भएका प्वालहरुमा जथाभावी हाटखुट्टा नपसाउने ।
  आफ्नो घर र खेल्ने चौरको वरिपरी रहेका झाडी, ढुंगा, फोहोर हटाउने ।
धराम्रोसँग हेरेर मात्र जुत्ता लगाउने ।
धढुंगा, मुढा तथा काठहरु उचाल्दा सावधान रहने किनकी सर्पले डस्न सक्छ ।
धअध्यारोमा हिडडुल गर्दा, घार वा गोठमा चाङ पारेर राखेका दाउरा घरभित्र लैजादा जहिलेपनि उज्यालो हुने गरी टर्चलाइट, बत्ती, लालटीन आदिको प्रयोग गर्ने, सधैं हिडिरहेको ठाउँ त हो नि भनेर हेलचेक्रयाइँ नगर्ने । एक अध्ययन अनुसार ७२–७६ प्रतिशत विषालु सर्पका डसाईका घटनाहरु रातको समयमा पाइएको छ ।
धसर्पको आहार भ्यागुता, मुसा, छेपारा र चरा आदि भएकोले ’emलाई घरभित्र पस्न र बस्न नदिने ।
धसकेसम्म जमिनमा नसुत्ने । काठको चाङ्ग, गुफा तथा सिमसार नजिक जमिनमा नसुत्ने, हिँडडुल गर्नुपरे सावधानी अपनाउने ’cause यस्ता ठाउँमा सर्प बस्न मन पराउँदछन् ।
ध तराई वा गर्मी ठाउँतिर खाटमाथि सुतेको बखतमा पनि सर्पले डसेका घटनाहरु छन्, त्यसकारण खाटलाई भित्ता वा झ्यालमा नछुवाईँ राख्ने, राम्रो सँग झुल लगाएर सुत्न सकिन्छ ।  सर्पहरु, सजिलैसँग पस्न नसक्ने खालका घर बनाउने ।
धकहीँ जाँदा टेन्टमा बस्नु परेमा टेन्टको ढोका राम्रोसँग बन्द गर्ने । सुत्नु अगाडि टेन्ट भित्र सर्प पसे–नपसेको राम्रोसँग हेर्ने ।
धसर्पको डसाईमा गरिने प्राथमिक उपचार र प्रतिविष (ASV) पाइने नजिकको स्वास्थ्य संस्था वा अस्पताल’bout जानकारी राख्ने ।
धरुखमा वा एकान्त बाटोमा सर्पहरु आराम गरिरहेका हुनसक्ने भएकोले रुख चढ्दा वा त्यस्ता खाले बाटोमा हिडँ्दा होसियार रहने ।
धएक्लै हिँड्दा सर्पले डस्यो भने प्राथमिक उपचार गर्न समेत असजिलो हुने भएकोले सर्पहरु धेरै पाइने स्थानहरुमा सकभर एक्लै नहिड्ने । सर्पले डसिहाल्यो भने छिटो सर्पलाई होसियारी साथ शरीरबाट अलग पार्ने, किनकी यसक्रममा सर्पले पुनः डस्न सक्छ, फलस्वरुप शरीरमा विषको मात्रा र असर बढी हुन्छ ।
धगोमन, करेत लगायतका विषालु सर्पहरु पनि कुनै बेला पानीमा बस्दछन् । त्यसैले पौड्दा, माछा मार्दा वा अन्य काम गर्दा सावधान हुने । माछा मार्दा जालमा या बल्छीमा परेका सर्पहरुलाई हातले नसमात्ने ।
धआफ्नो क्षेत्रमा पाइने अविषालु र विषालु सर्पहरुका ’boutमा पूर्ण जानकारी लिई राख्ने । सो सम्बन्धी गाइड बुक वा चेकलिष्टको अध्ययन गर्ने ।
नेपालमा विषालु र अविषालु सर्पहरु तराईदेखि उच्च हिमाली भेग(करिब ४८०० मिटर उचाई) सम्म पाइने हुँदा ती क्षेत्रहरुमा सर्पको डसाईबाट बच्ने उपायहरु अवलम्बन गर्न विर्सनु हुँदैन ।
धझुल लगाएर सुत्ने गर्नाले सुतेको बेला हुने सर्पदंश विशेष गरी करेतको डसाईबाट बच्न सकिन्छ ।
सर्पको डसाईका चिन्ह तथा लक्षणहरु
क) सुख्खा डसाई (विष प्रवेश नगर्दा) वा अविषालु
– सर्पको टोकाईमा अत्यन्तै डराउँदा हृदयघात भई मर्न सक्ने ।
– श्वासप्रश्वासको गति बढ्ने ।
– हातखुट्टा झम्झाउने ।
– मुटुको धड्कन कम हुँदै जाने ।
– रिङ्गटा लाग्ने ।   
– छटपटी बढ्ने, अचेत हुने ।
ख) डसेको भाग तथा त्यस बरपरका लक्ष्मण तथा चिन्हहरु        – डसेको भाग सुन्निने ।
– डसेको ठाउँमा विषदन्तको चिन्हFang marks_           देखिने । (भाइपरको डसाईमा प्रष्ट हुन्छ भने गोमन र              करेतको डसाईमा देखिन वा नदेखिन सक्छ ।
– डसेको भाग दुख्ने ।
– घाउ तथा रगत बग्ने ।
– नीलडाम हुने वा फोका उठ्ने ।
– लिम्फ ग्रन्थी सुन्निने ।
– डसेको घाउमा संक्रमण हुने तथा घाउ पाक्ने ।
– अंग नै कुहिने मुख्यतया भाइपर र गोमनमा देखिन्छ ।
ग) प्रारम्भिक अवस्थाका लक्षण र चिन्हरु
– असाध्य डराउने तथा चिन्तित हुने, घाँटी दुख्ने, स्वर बदलिने, पेट पोल्ने र धमिलो देखिने ।
– वाकवाकी लाग्ने, बान्ता हुने, सिथिल तथा कमजोर हुने, पेट दुख्ने, सम्पूर्ण शरीर दुख्ने, रिंगटा लाग्ने,
  न्यून रक्तचाप तथा बेहोस् हुने ।
– विशेष गरी भाइपर डसाईमा, अत्याधिक रुपमा घाउबाट रगत बग्ने तथ पुराना घाउबाट समेत रगत बग्न थाल्छ ।
– गोमन र करेतको डसाईमा स्नायू प्रणाली सम्बन्धी लक्षण बढी देखिन्छन् । जसमा विरामीको स्वाद लिने र सुँध्ने शक्तिमा ह्रास आउने, बान्ता हुने, आँखाको ढकनी भारी हुने तथा चलाउन नसक्ने ] –Ptosis_
– स्वरमा परिवर्तन आउने अनुहारको पक्षाघात हुने, निल्न गाह्रो हुने हुन्छ ।
घ) गम्भीर अवस्थामा देखिने चिन्ह तथा लक्षणहरु        – वाकवाक–बान्ता बढ्दै जाने ।
– रक्तचाप ज्यादै न्यून हुने, अचेत हुने र फोक्सोमा पानी जम्ने ।
– गोमन र करेतको डसाईमा स्नायू प्रणाली सम्बन्धी लक्षणहरु बढी देखिन्छन् ।
ध ¥याल धेरै पैदा हुने ।
ध आँखाको ढकनी तलझर्ने Ptosis_
ध घाँटीका मांशपेशीको पक्षाघातले गर्दा, घाँटी भाँचिएको जस्तो हुने र मुटुको धड्कन बढ्ने हुन्छ ।
ध श्वास–प्रश्वास प्रणाली तथा अन्य प्रणालीको मांशपेशीमा पक्षाघात हुने, रक्तचाप ज्यादै न्यून भई विरामी अचेत भई मर्ने ।
  भाइपरको टोकाईमा
– गिजा, आँखा, नाकबाट निरन्तर रक्तश्राव हुन्छ ।
– खकार, दिसा, पिसाबमा रगत देखिने ।
– छालामा रक्तश्राव भई निलडाम देखिने ।
– मस्तिष्कका विभिन्न भागमा रक्तश्राव देखिने ।
 सर्पको डसाईको प्राथमिक उपचार
ध चिन्तित तथा पीडित व्यक्तिलाई सान्त्वना दिने ।
ध विरामीको गरगहना, फुकालिदिने, कुनै कस्सिएको लुगा लगाएको छ भने सो फुकालेर खुकुलो खालको लुगा प्रयोग गर्ने ।
ध गोमन, करेत सर्पको डसाईमा प्रेसर इमोवीलाईजेसन पद्धतिको प्रयोग गर्ने सो भनेको टोकेको ठाउँ बरपर चाप दिने र अंग नहल्लाउने ।
ध शरीरको भाग, हात खुट्टा आदिमा स्लिंग तथा स्पिलिन्ट प्रयोग गरी अचल बनाउने ताकी मांशपेशी खुम्चने प्रक्रियाले विषको प्रसार चाँडो हुन नपाओस् ।
ध कृत्रिम श्वासप्रश्वास विधि दक्ष प्राविधिकको सहयोगमा गराउने ।
ध विरामीका विषका लक्षणहरु कम हुँदै नगएसम्म वा प्रतिविषको प्रयोग सुरु भइनसकेको अवस्थामा उक्त बेण्डेज खोल्नु हुँदैन ।
ध प्रेसर बेण्डेज लगाउन नमिल्ने ठाउँ र ह¥र्यो जातको सर्पले डसेको ठाउँमा लोकल कम्प्रेशन प्याडको प्रयोग गर्ने ।
ध बिरामीलाई नहल्लाइकन सर्पदंश उपचार केन्द्रमा लाने ।
  सर्पको डसाइपछि के नगर्ने
– घाउलाई ब्लेडले चिर्ने र धेरै रगत बगाउने गर्दा घाउ संक्रमित हुने मात्र नभई अत्याधिक रक्तश्रावले विरामीको मृत्यु हुन सक्छ ।
– घाउबाट मुखले विष चुस्ने काम कहिल्यै नगर्ने ।
– धामी झाँक्रीको झारफुक तर्फ नलाग्ने ।
– घाउ बरपर डोरीले कस्सिने गरी बाँधे अंग नै मर्न सक्छ ।
– डाक्टरले नभनेसम्म केही खानु वा पिउनुहुँदैन ।
– कुनै शारीरिक हलचल हुने काम नगर्ने ।
– रक्सी सेवन नगर्ने ।
– प्रतिविष औषधि सुरु नगरेसम्म ब्याण्डेज नखोल्ने
– विद्युतीय झड्का दिने, बरफको प्रयोग गर्ने काम गरी ढिलाई नगर्ने ।
– घाउलाई अनावश्यकरुपमा नचलाउने ।
 प्रतिबिष Anti Snake Venom_ प्रयोग
– प्रतिविष सुईको प्रयोग एकमात्र अन्तिम उपचार पद्धति हो । तर सुई कहिले र कतिमात्रामा, कसरी दिने कुरामा एकदम सचेत हुनुपर्दछ ।
– नेपालमा भारतमा बनेको VINS ASV प्रयोग गरिन्छ जसले चार प्रकारका सर्प डराईमा काम गर्दछ । ती हुन्ः     १) गोमन            (Naja naja)
२) सामान्य करेत      (Bangarus caeruleus)
३) रसेल्स भाइपर     (Vipera russelli)
४) स–स्केल्ड भाइपर  (Echinus Carunatus)   
विशेष लक्षणहरु रहेसम्म प्रतिविष ASV दिइन्छ र पूर्ण लक्षण हटेपछि २४ घण्टासम्म अस्पतालमा राखिन्छ ।
सारांश
हाम्रो यस पूर्वी तराईमा बढ्दो गर्मी तथा बर्षादसँगै अब सर्पको विगविगी बढ्दो छ । तसर्थ, सम्पूर्ण कुराहरु अध्ययन गरेर अकाल मृत्युबाट आफूपनि बच्नुहोस् र अरुलाई पनि बचाउनु होस् भन्दै हार्दिक अनुरोध गर्दछु । 

कम्मर मोटाइका कारण दम

कम्मर मानिसको आकर्षणको केन्द्र बिन्दु भनेर भनिने गरिन्छ । विशेषगरी  महिलाहरुको कम्मरको आकारले यसको महत्व राख्दछ । मोटी कम्मर मोटोपनले दम रोग हुने खतरा रहेको एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार ८८ सेन्टिमिटर (३५ इन्च) भन्दा ठूलो कम्मर भएमा महिलाहरुलाई शरीरको तौल सामान्य भए पनि दम रोगले लाग्ने खतरा धेरै हुन्छ ।
अमेरिकाको नर्दन क्यालिफोर्निया क्यान्सर सेन्टरले गरेको यस सम्बन्धी अनुसन्धान ’boutमा थोरयाक्स जर्नलमा जानकारी दिएको छ । अुनसन्धानकर्ताहरुले ८८ हजार ३ सय ४ जना शिक्षक र विद्यालय प्रशासकहरुको शारीरिक अवस्था जाँचेका थिए । सामान्य तौल भएका महिलाहरुभन्दा मोटो महिलाहरुमा दम लाग्ने सम्भावना ४० प्रतिशत बढी हुन्छ । अति मोटो महिलाहरुमा यो खतरा तीन गुणभन्दा बढी हुने विश्लेषण अनुसन्धानकर्ताको निष्कर्ष छ ।
अनुसन्धानकर्ताहरुले सानो कम्मर भएका महिलाको दाँजोमा तीन गुणा बढी हुन्छ, आकार ८८ सेन्टिमिटरभन्दा बढी भएका महिलामा दम हुने खतरा भनि भनेका छन् ।
शरीरका अङ्गहरुमा “भिसेरल” बोसोको जाँच उपयुक्त हुने भनाई छ । शरीरमा पाइने अन्य प्रकारका बोसोभन्दा भिसेरल बोसो परक हुन्छ । यसले स्वास्थ्यमा बढी प्रभाव पार्दछ । भिसरेल बोसो बढी सक्रिय हुन्छ, यसले दम गराउने यौगिकहरु उत्पादन गर्छ । भिसरेल बोसो बढीजस्तो पेटमा हुन्छ । अनुसन्धानकर्ता जुली भोन बहरेनले बताइन् । एजेन्सी

अण्डामा क्यान्सरबाट बचाउन सक्ने गुण – स्वास्थ्य चर्चा

मानिस कमजोर भएमा अण्डा खाने गरेको पाइन्छ । यसरी अण्डालाई शक्ति दिनको लागि प्रयोग गरेता पनि मुटु र क्यान्सरबाट बचाउन सहयोग गर्छ भन्ने थोरैलाई मात्र थाहा छ ।
अमेरिकाको अल्बर्टा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले काँचो अण्डाको पहेलो भागमा एन्टिअक्सिडेन्ट हुने बताएका छन् । जुन एन्टिअक्सिडेन्टले मुटु र क्यान्सरबाट बचाउन ठूलो सहयोग पु¥याउँदछ ।
अनुसन्धानकर्ताहरुले काँचो, अण्डाको पहेलो भागमा एक स्याउ तुलनामा दोब्बर एन्टिअक्सिडेन्ट हुने सुझाव दिएका छन् । गहुँ वा मकै खुवाइएका पोथीले पारेको अण्डाको पहेलो भागको जाँच गरेका थिए । यसक्रममा अण्डाको पहेलो भागमा ट्राइप्टोफन र टाइरोसिन हुने पत्ता लगाए । यी दुवै एमिनो एसिड
शक्तिशाली एन्टिअक्सिडेन्ट हुन् ।
आर्गनिक रुपमा हुर्काइएको पोथी कुखुरा जसले पर्याप्त भिटामिन र खनिज पाएको हुन्छ । काँचो अण्डाको पहेलो भागमा दुईवटा एमिनो एसिडको खोज हुनु भनेको स्वास्थ्यका लागि अण्डा खानुपर्ने कथनको पुष्टिमा एक कदम मात्र हो । यसमा थप अनुसन्धान आवश्यक छ । यसअघि काँचो अण्डाको पहेलो भागमा एन्टिअक्सिडेन्ट थिएन । अण्डालाई फ्राई वा उमालियो भने त्यसको एन्टिअक्सिडेन्ट गुण करीब आधा घट्छ । माइक्रोवेभ ओभनमा तताइएमा त अण्डाको पोषण  झनै नष्ट हुन्छ । अनुसन्धानकर्ताहरुले दिएको सुझाव अनुसार यदि अधिकतम फाइदा लिने हो भने अण्डाको पहेलो भागलाई सेतो भागसँगै खानु पर्छ । एजेन्सी

सुन्दर छालाका लागि साथपात

सागपात र फलफूलको नियमित सेवनले मानिसको स्वास्थ्यमा निकै राम्रो प्रभाव पार्ने कुरा त हामीले थाहा पाएकै कुरा हो । हरियो सागपात र पहेँला फलफूलमा पाइने भिटामिन ए ले आँखा स्वस्थ राख्ने तथा अरु स्वास्थ्य समस्याबाट पनि बचाउने विज्ञहरु बताउँछन् ।
तर पछिल्लो अध्ययनले सागपात र फलफूलले आँखालाई मात्र होइन छाला पनि सुन्दर र स्वस्थ बनाउने तथ्य पत्ता लगाएको छ ।
स्कटल्याण्डको युनिभर्सिटी अफ सेन्ट एन्ड्रियुजका शोधकर्ताहरुले गरेको अनुसन्धानले फलफूत तथा सागपातको नियमित सेवन गर्ने मानिसको छाला सुन्दर तथा चम्किलो बन्ने र त्यसले मानिस बढी आकर्षक तथा सुन्दर देखिने तथ्य फेला परेको हो ।
अनुसन्धानका क्रममा शोधकर्ताहरुले विश्वविद्यालयका ३५ जना विद्यार्थीमाथि ६ हप्तासम्म अध्ययन गरेका थिए । उनीहरुको फलफूल तथा सागपात सेवनको दर र छालाको रंगको स्थितिका बीच तुलना गरिएको थियो । यसक्रममा सागपात र फलफूल पर्याप्त खाने विद्यार्थीहरुको छाला प्राकृतिक रातो तथा गुलाबी पहेँलो रंगमा परिवर्तन भएको थियो ।
फलफूल तथा सागपातमा हुने क्यारेटिन्वाइड भन्ने तत्वले छालाको रंग तथा स्वास्थ्यमा प्रभाव पार्ने वैज्ञानिकहरुको भनाइ छ । यस्तो तत्व पर्याप्त नभएका मानिसको छालाको रङ्ग फिक्का हुँदै जान्छ ।

धेरै घिउले शुक्रकिटमा क्षति – स्वास्थ्य

पुरुष मित्रहरु, चिल्लो पदार्थ भएका खानेकुराहरु धेरै खानुहुन्छ भने अबदेखि आफ्नो आहारामा परिवर्तन गर्नुहोला । यसो भन्दैमा चिल्लो पदार्थ खाँदै नखानुहोला भन्ने खोजेको होइन ।
चिल्लो पदार्थ भएका खानेकुराको अत्याधिक सेवनले तपाईको यौनस्वास्थ्यमा नराम्रो असर पु¥याउँछ । अमेरिकी वैज्ञानिकहरुले हालै गरको अध्ययनले धेरै चिल्लो पदार्थ खाने पुरुषहरुमा शुक्रकिटको उत्पादन कम हुने तथ्य पत्ता लगाएका छन् ।
भोजनमा बढी चिल्लो तथा जंकफुड खाने पुरुषहरुको विर्यमा शुक्रकिटको मात्रा न्यून हुने र भएका शुक्रकिटको गुणस्तर पनि कम हुने शोधकर्ताहरुको निष्कर्ष छ ।
अध्ययनका क्रममा शोधकर्ताहरुले अमेरिकी प्रजनन क्लिनिकमा आउने पुरुषहरुसँग उनीहरुको भोजनको प्रकृति र शुक्रकिटको अवस्थाका विषयमा जाँच गरेका थिए ।
बोस्टनको हार्वाड मेडिकल स्कूलका प्राध्यापक जिल अटम्यानको नेतृत्वको वैज्ञानिकहरुको टोलीले गरेको अध्ययनका क्रममा बढी चिल्लो पदार्थ खाने पुरुषहरुमा कूल शुक्रकिटको संख्या मात्र नभएर विर्यमा शुक्रकिटको घनत्व समेत कम पाइयो । चिल्लो पदार्थ बढी खाने गरेका पुरुषहरु सबैमा शुक्रकिटको मात्रा प्रतिमिलिलिटर विर्यमा १ करोड ५० लाख औषतभन्दा कम पाइएको छ ।
तर माछा तथा वनस्पति तेलमा पाइने चिल्लो पदार्थ भने तुलनात्मक रुपमा बोसो तथा घिउ जस्ता जीवजन्य चिल्लोपदार्थ भन्दा स्वास्थ्यका लागि कम हानिकारक रहेको विज्ञहरु बताउँछन् ।

पुरुषलाई हृदयघातको समस्या बढी – स्वास्थ्य चर्चा

हृदयाघात अर्थात् ूहर्ट-अट्याकू विश्वमा मानिसको ज्यान लिने भयानक स्वास्थ्य समस्याको रुपमा रहेको छ । यो समस्याबाट महिला पुरुÈ कोहीपनि अछुतो छैनन् । तर एक अध्ययनले पुरुÈहरु महिलाभन्दा हृदयाघातको बढी खतरामा रहेको देखाएको छ ।
बि्रटिस हर्ट फाउन्डेसनले गरेको अध्ययनले पुरुÈसहरुमा हृदयाघातको खतरा महिलामा भन्दा बढी हुन्छ । साथै महिलामा भन्दा पुरुÈमा १०-१५ वÈ्र अगावै हृदयाघात तथा मुटु सम्बन्धी अन्य रोग देखिने फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनका डाक्टर हेलेन विल्सनले पुरुÈमा हुने वाइ क्रोमोजोमका कारण्ँ हृदयाघातको खतरा बढी भएको हो । यी क्रोमोजोम मुख्यतया दुई समूहका हुने र ती मध्ये ह्याप्लोग्रुप प्रथम समूहका क्रोमोजोम हुने पुरुÈमा मुटुरोग तथा मधुमेहको खतरा ५० प्रतिशतले बढ्ने लेसेस्टर विश्वविद्यालयका अनुसन्धानकर्ताहरुको भनाइ छ । तर वाइ क्रोमोजोममा के त्यस्तो तत्व हुन्छ जसको कारण्ँ मुटुरोग तथा हृदयाघातको खतरा बढ्छ भन्ने ’boutमा पत्ता लागि नसकेको अनुसन्धानकर्ताहरु बताउँछन् । त्यस्ता जोखिमयुक्त जिनलाई जिन थेरापीमार्फत परिवर्तन गर्न सकिएमा हृदयाघातको खतरा घट्ने उनीहरुको भनाइ छ । फोटो पनि छ

ूएरोबिक एक्सरसाइजमा महिलाहरुको बढ्दो लोकपि्रयताू

वैद्य योग प्रशिक्षक श्री गंगा ढकाल
स्वस्थ्य जीवन जिउने कुरा कसलाई पो रहर नलाग्ला र ! आफूलाई स्वस्थ्य राख्न मानिसले मात्रै होइन सबै प्राणिले अनेकौ प्रयत्न गरेकै हुन्छन् । त्यसमा पनि सर्वश्रेष्ठ प्राणि मानिने मानिस अझ झन् चनाखो नै हुन्छ अनेकाँै उपायको खोजी गरेकै हुन्छ । स्वस्थ रहनको लागि व्यायाम आहार विहार र व्यावहारको उत्तिकै भूमिका भएतापनि व्यायामको भने महत्वपूर्ण भुमिका हुन्छ ।
व्यायाम एक्सरसाईज मानिसले उमेर अनुसार क्षमता अनुसार रोग अनुसार अवस्था अनुसार विभिन्न मोडलका एक्सरसाइजहरुको प्रयोग गरेका हुन्छन् । कोहि जीम हाउस र फिटनेस सेन्टर जान्छन् कोहि व्याडमिन्टन भलिबल फूटबल खेल्छन् कोही मार्निङवाकमा व्यस्त रहन्छन् । कोहि योग प्राणायाम आसन मेडिटेसनको माध्यामबाट स्वस्थ्य रहन कोशिस गर्छन् । त्यति मात्र हैन सत्संगमा गएर तालि बजाएर हाँसेर पनि व्यायाम गर्ने गर्छन् । उमेर अनुसार रोग अनुसार गरिने व्यायामहरु छुट्टाछुट्टै हुन्छन् र त्यसरी नै प्रयोग पनि गरिन्छन् ।
डान्स सेन्टर गएर डान्स गर्नुलाई पनि व्यायामको रुप नै मानिन्छ । चाहे जे जसरी होस् शरीरमा अनावश्यक बोसो बढ्न नदिनु हाड जोर्नि नसामा समस्या आउनु नदिनु ग्रन्थि र तन्तुहरुलाई सकि्रय बनाउनु नै व्यायामको निष्कर्ष हो । पछिल्ला दिनहरुमा शरीरलाई स्वस्थ्य र फुर्तिलो छिटो छरितो राख्नको लागि आनन्तिद भएर गरिने व्यायाम एरोविक एक्सरसाइज विश्व वजारमा निकै नै लोकपि्रय बन्दै गईरहेको छ । पुरुषहरुको तुलनामा महिलाहरु बढी सहभागी हुने एरोविक एक्सरसाईज ठूलाठूला शहरहरुमा मात्र हैन साना साना शहरहरुमा पनि लोकपि्रय बन्दै गइरहेको छ ।

विकसित मुलुकहरुमा व्यस्त जीवन शैली भएका मानिसहरुले प्रयोग गर्ने गरेको एरोविक एक्सरसाइज नेपालमा पनि त्यत्तिकै लोकपि्रय छ । बिहान ४ बज्न पाउँदा नपाउँदै एरोविक सेन्टरमा महिलाहरुको भिडभाड शुरु हुन्छ । सहभागीहरुसँगको प्रतिकि्रयामा कोही भन्छन् मोटोपन घटाउन कोही भन्छन् स्लीम बन्न कोही भन्छन् दिनभरी फुर्ति रहन कोही भन्छन् उचाई बढाउन कोही भन्छन् रोग निर्मूल गर्न । मोटोपन उच्चरक्तचाप महिनावारी गडबढी थाइराइड पिनास साइनस माइग्रेन जस्ता समस्या भएका मानिसहरुले सङ्गीतको तालमा शरीरलाई सामान्य ढङ्गले चलाउनाले रोग नियन्त्रण गर्न सकिने छिटो छरितो एक्सरसाईज हो एरोविक ।
दमक नगरपालिकामा रहेको दमक डान्स सेन्टर सोरठी कला केन्द्र डि एण्ड डान्स सेन्टर र एक्युप्रेसर हेल्थ केयर सेन्टर दमक-१३ मा नियमित एरोविक एक्सरसाईज गराइन्छ ।
एक्कुप्रेसर हेल्थ केयर सेन्टर दमक-१३ की साचालिका वैद्य श्रीमति शान्ता नेपाल बताउँछिन्- पहिला पहिला म योगा मात्र सिकाउथे सहभागीको रुची अनुसार एरोविक शुरु गरेपछि एक्सरसाइज गर्नेहरुको निकै भीड बढेको छ । ८०% भन्दा बढी महिलाहरुको उपस्थिति हुने एक्युप्रेसर हेल्थ केयर सेन्टरमा निशुल्क स्वस्थ्य परिक्षण गरेर मात्र एक्सरसाईजमा सहभागी गराइन्छ किनकी उनी भन्छिन् -महिलाहरुको शारिरिक अवस्था ’bout जानकारी लिएर मात्र कुन पोज गराउनु मिल्ने कुन पोज गराउन नमिल्ने छुट्याउनु पर्ने हुन्छ । सोही अनुसार गराउनु पर्ने हुन्छ । एरोविक एक्सरसाइज ’boutमा सहभागिहरुसँग प्रतिकि्रया लिदा दमक-११ की ममता रन्तिजकार १० के।जी ओजन घटाएको जानकारी गराउँछिन् भने दमक-१४ सविना राना ५ के।जी ओजन वढेकी बताउँछिन् । शिक्षिकाहरु चक्करघटिकि ममता पौडेल हि।मा।वि कि रुक्मिणा भण्डारी सरस्वती उच्च मा।वि।sि कजन खतिवडा इलाका प्रशासन कार्यालयमा कार्यरत यज्ञ निरौला पशुहाटका खडानन्द दाहाल लामो समय देखि ढाड दुख्ने समस्याबाट हैरान भएको र धेरै पैसा समेत खर्च गरियो तर अन्तमा एरोविक एक्सरसाइज र योगासन मार्फत आफू स्वस्थ रहेको बताउँछन् । स्वास्थ्यकर्मीहरुमा ए।एन।एम÷सि।एम।ए लखनपुरकी देवका भण्डारी बेलडाँगीकि निर्मला इटहरिकि सुस्मा लामो समयदेखि साइटिकाको समस्या थियो । आफूले सिकेको र पढेको उपचार गर्दा पार नलागे पछि एरोविक र योग गर्न थालेको छु अनि ठीक भएको छ । त्यसै गरि घुडा दुख्ने समस्या भएकि बिर्तामोडकि नरमाया लिम्बू खुदुनावारीकि विष्णुमाया खड्का पनि आफूलाई स्वास्थ भएको बताउँछिन् । कुर्कुचामा हड्डि बढेको भनेर इन्जेक्सन समेत लगाए तर ठिक भएन अहिले भने सही उपचार पाए । दमक-१३ कि कमला निरौला र लखनपुरकि यशोदा अधिकारी बताउँछिन् ।