इलाममा बल्ल ६० प्रतिशत रोपाईँ सकियो

इलाम, ६ साउन/पानी नपरेपछि साउन लागिसक्दा समेत इलामका सबै किसानले अझै धान रोप्न पाएका छैनन् । पानी नपरेकाले इलाममा अहिलेसम्म ६० प्रतिशत मात्र धान रोपाइ“ सकिएको छ । अघिल्लो बर्È समयमा नै मनसुन हु“दा असार मसान्त सम्म ८० प्रतिशत रोपाइ“ सकिएकोमा यस पटक भने मनसुनकै कारण्ँ ढिला भएको हो ।
समयमा समयमा पानी नपरेका कारण अझै रोपाई गर्न नसकिएको सोयाङ्ग–६ का किसान दाताराम सञ्जेलले बताए । वर्षेनी एक मुरी वीउको धान रोप्दै आएका उनले पानी नभएकै कारण हालसम्म रोपाईको सुरसार नभएको बताए ।
त्यस्तै माई, जोगमाई, पुवामाई, रतुवा आसपासका बेंसीहरू र दक्षिणी गाविस दानाबारी, चुलाचुली, महमाई, बा“झो, इभाङ्गलगायतका पनि रोपाईं हुन नसकेको किसानहरूले बताएका छन् । कतिपय खेतहरूमा मकै निकाले मात्र रोपाई गरिने भएकाले पनि धान रोप्न ढिला भएको बताईको छ ।
साउनको पहिलो हप्तासम्म पनि रोपाई आधा मात्र सकिनु दुर्भाग्य हो । यसले धान उत्पालनलाई पक्के असर पु¥याउने किसानहरू बताउ“छन् ।
इलाममा १४ हजार आठ सय हेक्टर जमिनमा धान खेती हु“दै आएको छ । जसमध्ये करिव सात हजार हेक्टरमा रोपाई सकिएको जिल्ला कृÈि विकास कार्यलयले जनाएको छ । जिल्लामा आधा खेतमा मात्र सि“चाई सुविधा छ । धेरै ठाउ“मा धान रोप्न किसानहरूले आकासे पानीको भर पर्नुपर्ने जिल्ला कृषि विकास कार्यालयका अधिकृत राजेन्द्र मल्ले बताए । जिल्लामा मुख्यगरी मन्सुली, भाले मन्सुली, राधा १७, राधा १२, बासमति, मिथिला, सावित्री, जातका धान लगाईने गरिन्छ ।
देशभर मलको अभाव भईरहेका बेला इलाममा भने मल अभावको खासै असर पारेन । धेरै किसानहरूले गोबर मल नै प्रयोग गर्ने गरेकाले रासायनिक मल नहु“दा पनि खासै प्रभाव नपारेको कार्यालयका अधिकृत मल्लले जानकारी दिए ।
समयमा नै पानी नपरेपछि निरास बनेका किसानहरू यतीबेला मनशुन सक्रिय हुनसाथ खेत–खेतमा देखिएका छन् । साउन लागिसक्दा पनि किसानहरू धान रोप्न व्यस्त छन् ।

टिप्पणी छोड्नुहोस्