saun 6

स्रष्टा धनकुटे कान्छा र भाइ सुर्य सुब्बासँग विहिवार साँझ दमकस्थित सडक विभाग कार्यालय परिसरमा प्रकाश आङ्देम्बेद्वारा खिचिएको फोटो । फोटो : प्रकाश आङ्देम्बे

२०६९ जेठ १२ गते

सुरक्षित मातृत्व कार्यक्रम लागु भएपछि दमकस्थित लाफलाइन अस्पतालमा प्रसुती गराउनेको संख्या बढ्दो छ। फोटोः पिपुल्स टाइम्स

विद्युत कर्मचारीलाई कार्वाही

विराटनगर, ९ जेठ/दुई उद्योगबाट मासिक आठ हजार रुपैयाँ लिई विद्युत् चोरीमा सहयोग गर्ने नेपाल विद्यत् प्राधिकरण विराटनगर शाखाका एक कर्मचारी कारबाहीमा परेका छन् ।
अवैध रुपमा विद्युत् चोरी गरेको आरोपमा मोरङको मझारेस्थित साह लघु उद्योग र प्रमोद राइस मिलमा नेपाल विद्युत् प्राधिकरण विराटनगर शाखाका इलेक्ट्रिसियन मनोजकुमार मण्डल कारबाहीमा परेका हुन् । उनीमाथि निलम्बन प्रकृया अगाडि बढाइएको प्रधिकरणले जनाएको छ ।
क्षेत्रीय विद्युत् प्राधिकरणको मिटर जडान गरी विद्युत् चोरी गरेर बिक्री गरेको पुष्टि भएपछि उनीमाथि कारबाही थालेको प्राधिकरणको विराटनगरस्थित प्रशासन शाखाले जनाएको छ । प्राधिकरणका विराटनगर विद्युत् वितरण शाखाका प्रमुख शतिशकुमार कर्णले प्रमाणसहित विद्युत् चोरीमा
मण्डल फेला परेकाले कारबाहीका लागि केन्द्रीय कार्यालय काठमाडौँ पठाइएको तथा मण्डललाई कार्यालयको काम र जिम्मेवारीबाट हटाएको बताए ।
ती दुवै उद्योगमा गत वैशाखमा छड्के अनुगमन गर्दा क्षेत्रीय विद्युत् प्राधिकरणको मिटर जडान गरेर बिजुली चोरी गरिरहेको भेटिएको थियो ।

जेठ ९ गते

बन्दले जनजीवन प्रभावित : आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आह्वान गरेको आमहड्तालको दोश्रो दिन देशका सबै जसो स्थानमा बजार, पसल, उद्योग तथा सवारी साधन ठप्प भए ।

दमक चौकको सडक पेटीमा तरकारी किनबेच गरिदै । सडक आसपासमा सञ्चालन हुने यस किसिमका ब्यापारसगै बढ्ने भीडभाडले दुर्घटनाको सम्भावना बढ्ने गरेको छ ।   फोटोः पिपुल्स टाइम्स

२०६९ जेठ ८ गते

बन्दका क्रममा सुनसान दमक चौक ।  फोटोः पिपुल्स टाइम्स

बिर्तामोडमा आयोजित सद्भाव ¥यालीमा सहभागीहरु ।

२०६९ जेठ ६ गते

चिया खेतीमा राते रोग

संस्था उद्घाटन समारोहमा सहभागीहरु ।

पदक प्राप्त गरेपछि खुसीयाली मनाउँदै बिजयी खेलाडीहरु ।


baisakh 17

समय डिजिटलको ः दमक–११ स्थित नयाँ तरकारी बजार लाइनमा रहेको पूर्वे सप्लायर्समा डिजिटल काटाबाट सामान तौलिइदै । यस किसिमका आधुनिक उपकरणको प्रयोगले व्यवसायमा सहजता ल्याएको छ । फोटोः पिपुल्स टाइम्स

समय डिजिटलको ः दमक–११ स्थित नयाँ तरकारी बजार लाइनमा रहेको पूर्वे सप्लायर्समा डिजिटल काटाबाट सामान तौलिइदै । यस किसिमका आधुनिक उपकरणको प्रयोगले व्यवसायमा सहजता ल्याएको छ । फोटोः पिपुल्स टाइम्स

पत्रकार पौडेल हत्या प्रकरण प्रहरीको अर्को प्रतिवेदन सार्वजानीक, सञ्चारकर्मी तथा नागरिक समाजद्वारा असन्तुष्टि

बिर्तामोड(३०चैत)÷ जिल्ला प्रहरी कार्यालय झापालले ८ दिन अघि झापाको बिर्तामोडमा हत्या गरिएका पत्रकार यादव पौडेलका ’boutमा बुधबार सार्वजनिक गरेको प्रतिवेदन प्रति पत्रकार तथा नागरिक समाजका अगुवाहरुले आपत्ति जनाएका छन् ।
प्रहरीले घट्नालाई तोडमोड गरी प्रतिवेदन सार्वजनिक गरिएको भन्दै नेपाल पत्रकार महासंघका अगुवा तथा नागरिक समाजका अगुवाहरुले आपत्ति जनाएका हुन् । प्रहरीको प्रतिवेदनमा पत्रकार पौडेललाई उनीसँगै गएका होटल व्यवसायी युवराज गिरीले तीन तला माथिबाट धकेलेर मारेको उल्लेख छ । उनी पत्रकार पौडेलको सक्रियतामा प्रकाशन हुने भनिएको ‘उज्यालो पूर्व’ नामक पत्रिकाका प्रकाशक थिए । गिरी र पौडेलले हत्या हुने दिन समेत दिन भर बिर्तामोडमा पत्रिकाको कार्यालय कोठा खोजीमा खटिएका थिए ।
    प्रहरीले पक्राउ गरेका मध्ये मोरङको सुन्दरपुर–५ घर भई बिर्तामोडमा पूर्वाञ्चल सेकुवा कर्नर सञ्चालन गर्ने सोमनाथ ढकाल, उनकी श्रीमती मञ्जु भनिने फूलमाया कार्की, होटल व्यवसायी युवाराज गिरी र पाँचथर घर भई बिर्तामोडमा डेरा गरेर ठेक्का व्यवसाय गर्ने मदन राई विरुद्ध पत्रकार पौडेलका जेठान छविलाल खतिवडाले गत चैत २५ गते प्रहरीमा किटानी जाहेरी हालेका थिए । प्रहरीले प्रतिवेदन सार्वजनिक गर्दै हत्यामा गिरी, कार्की र ढकाल मुख्य अभियुक्त रहेको जनाएको छ । प्रहरीले किटानी जाहेरी परेका राई भने फरार रहेको जनाएको छ । पक्राउ परेकी होटल सञ्चालिका कार्की तथा गिरीबीच डेढ वर्ष देखि सम्बन्ध रहेको र शारीरिक सम्पर्क समेत हुने गरेको कार्कीले प्रहरी समक्ष बयान दिएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । घट्नाका ’boutमा थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।
    जिल्ला प्रहरी कार्यालय  झापाका प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालका अनुसार लामो समय देखि चिनजान रहेका गिरीले राति १२.४० बजे पूर्वाञ्चल सेकुवा कर्नरको छतबाट खसालेर हत्या गरेका हुन् । शव परीक्षण प्रतिवेदनमा समेत शरीरका कुनै ठाँउमा धारिलो हतियार प्रयोग नभएको र फोक्सो तथा कलेजो फुटेको र दुई ओटा करङ् भाँचिएकोे प्रहरीले जनाएको छ ।
प्रहरीको प्रतिवेदनमा २१ गते राति ७ बजे तिर पौडेल तथा गिरी बिर्तामोड बसपार्क नजिकैको देउराली होटलमा पुगेर राति १० बजे सम्म बसेको र सो पछि बिर्तामोडस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा केहीबेर बसी घट्ना भएको पूर्वाञ्चल सेकुवा कर्नर तर्फ लागेको उल्लेख छ । राति ११ बजे तिर सेकुवा कर्नरबाट नैं पौडेलसँगै रहेका गिरी र मदन राई नामका व्यक्तिबीच २० मिनेट भनाभन भएको र सो पछि केही व्यक्तिहरु सहित राई सेकुवा कर्नरको बाहिर आएर होहल्ला गरेको प्रहरीले जनाएको छ । करिव १५ मिनेटको विवाद पछि ५÷६ जनाको संख्यामा आएका राई सहितको टोली फर्किको प्रहरी प्रतिवेदनमा उल्लेख छ  । सो पछि पत्रकार पौडेलको हत्या भएको लम्सालले बताए ।
    प्रतिवेदनले घट्नामा संलग्न अरुलाई उन्मुक्ति दिलाउने र दोषीलाई समेत न्यून कार्बाही गराउने प्रयास गरेको महासंघ झापा शाखाका अध्यक्ष गणेश पोखरेलले बताए । यस्तो प्रतिवेदनले घट्नाको सत्यता सार्वजानीक गर्न नसकेकाले निश्पक्षरुपमा घट्नाको पुन ः छानविन गरिनु पर्ने उनको माग छ ।
    पत्रकार पौडेलको हत्या ’bout छानविन गर्न नेपाल पत्रकार महासंघले गठन गरेको उच्च स्तरीय मिडीया मिशनका सदस्य समेत रहेका महासंघका केन्द्रीय सचिव जगत नेपालले हत्याको निश्पक्ष छानविन नभए र वास्तवीक दोषीमाथि कार्वाही नभए सम्म पत्रकारहरुको आन्दोलन नरोकिने बताए ।
        सो अघि महासंघ झापा शाखा र प्रेस चौतारीको आयोजनामा बिर्तामोडमा भएको विरोध ¥याली पछि आयोजित कोणसभामा महासंघका केन्द्रीय सचिव जगत नेपाल, झापा शाखाका अध्यक्ष गणेश पोखरेल, प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष प्रकाश खतिवडा, केन्द्रीय सदस्य चेतन अधिकारी, प्रेस युनियनका केन्द्रीय सदस्य कृष्ण हुमागाँई  क्रान्तिकारी पत्रकार संघ झापाका अध्यक्ष तारामणि सापकोटा लगायतका वक्ताले पत्रकारको आन्दोलनलाई कमजोर बनाउने गरी प्रहरीले प्रतिवेदन सार्वजनिक गरेको बताए ।
    यस्तै झापाका उद्योगी व्यवसायी तथा राजनीतिक दलका नेताहरुले समेत पत्रकारहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् । झापा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश डालमिया, निर्माण व्यवसायी संघ झापाका अध्यक्ष गणेश बस्नेत, जिफन्ट मेचीका सचिव श्रीमननारायण पौडेलले घट्नाको निष्पक्ष छानविन हुन नसकेको बताए । नेकपा एमालेका अध्यक्ष रविन कोईरालाले भने प्रहरी–प्रशासन घट्नालाई कमजारे बनाउने प्रयत्नमा लागेको उल्लेख गरेका छन् । कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सदस्य अशेष घिमिरे, नेविसंघका जिल्ला सभापति नारायण गिरी लगायतले घट्नामा संलग्नहरुलाई अविलम्ब कार्बाही गरिनु पर्ने माग गरे ।
    पत्रकार पौडेलको गत चैत २२ गते राति बिर्तामोडको बसपार्क नजिकै हत्या गरिएको थियो । उनी राजधानी दैनिक, एभिन्युज टेलीभिजन तथा झापाबाट प्रकाशन हुने मेची टाईम्स दैनिकमा आवद्ध थिए ।

आन्दोलनका थप कार्यक्रम
उच्च स्तरीय मिडिया मिशनका सदस्य, महासंघ झापा शाखा तथा झापाका अगुवा पत्रकारहरुको भेलाले आन्दोलनलाई थप सशक्त पार्ने निर्णय गर्दै आन्दोलनका थप कार्यक्रम तय गरेको छ ।
महासंघका केन्द्रीय सचिव जगत नेपाल, केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक मोहनकाजी न्यौपाने, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष प्रकाश खतिवडा, अनिजका केन्द्रीय उपाध्यक्ष दीपिन राई, प्रेस युनियनका केन्द्रीय सदस्य कृष्ण हुमागाँई, प्रेस चौतारीका केन्द्रीय सदस्य चेतन अधिकारी, जिल्ला अध्यक्ष गोपाल गड्तौला, क्रान्तिकारी पत्रकार संघ झापाका अध्यक्ष तारामणि सापकोटा, महासंघ जिल्ला शाखाका पदाधिकारी लगायतको भेलाले आन्दोलनलाई थप शसक्त पार्ने निर्णय गर्दै थप आन्दोलन घोषणा गरिएको हो ।
जस अनुसार बिहीबार गैह्रसरकारी संस्था महासंघसँग छलफल, अन्तरक्रिया तथा घट्नाको विरोधमा प्रदर्शन गर्ने, आगामी बैशाख २ गते झापाका सम्पादक, प्रकाशक तथा सञ्चारगृह सञ्चालकहरुसँग छलफल र अन्तरक्रिया गर्ने, बैशाख ३ गते पेशागत महासंघसँग छलफल र अन्तरक्रिया गर्ने, बैशाख ४ गते पौडेलेको १३ औं पुन्य तिथिका दिन रक्तदान कार्यक्रम गर्ने र बैशाख ५ गते जिल्लाका राजनीतिक दलहरुसँग छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम रहेका छन् । त्यस्तै भेलाले पत्रकार पौडेलको हत्या भएको १३ औं दिन सम्म छापा सञ्चार माध्यम तथा टेलिभिजनहरुमा प्रकाशन÷प्रशारण गरिने गरेको प्रेस स्वतन्त्रताको पक्षमा तथा हत्याको विरोधको नारालाई निरन्तरता दिने समेत निर्णय गरेको छ ।

तस्विर ः वाँयाबाट क्रमश ः हत्याका आरोपी युवाराज गिरी, होटल सञ्चालीका मन्जू भनिने फूलमायाँ कार्की र होटल सञ्चालक सोम ढकाल ।

सुपारीसहित १४ पक्राउ

काँकडभिट्टा, चैत्र ९/ अबैध रुपमा सुपारी भारत तर्फ लैजादै गर्दा झापा जिल्ला प्रहरीले बुधबार ५ सय १० केजी सुपारी सहित १४ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार पूर्वी सीमाको दशगजा क्षेत्रमा गस्तीको समयमा ११ भारतीय र ३ नेपाली अवैध सुपारीसहित पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट ७ थान साईकल, २ थान रिक्सा समेत बरामत गरेको बताइएको छ ।
पक्राउ पर्नेहरुमा भारत दार्जिलिङ बस्ने मनिल किसान, तिलक बिक, युवराज बिक, केशव बर्मन, नक्शालबाडी बस्ने जितु किसान, संजिव धिमाल, मनिल किसान, तिलक बिक, केशव बर्मन, जलाईगुडी बस्ने सुबोध सुनवा, मिन्टु दास, अलेस राय, दुधगेट बस्ने मनिक राय, पोडिबारी बस्ने सत्य नारायण राय रहेका छन् भने नेपालीहरु तर्फ झापा मेचीनगर–१० बस्ने भीम सुब्बा, कुमार कटुवाल र मेचीनगर–१२ बस्ने पर्शुराम राजवंशी रहेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको सुपारी आवश्यक कार्बाहीको लागि मेची भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।