केबुलकारको कथा

कार्तिकेय घिमिरे
नमस्कार ! मेरो नाम रज्जु गाडी हो । मलाई अंग्रेजीमा केबुलकार भन्छन् । कसैकसैले भने मलाई गोन्डोला पनि भन्छन् । आज म तपाईलाई आफ्नो यात्राको कथा सुनाउछु है ।
मलाई मनकामना दर्शन प्रा.लि. नाम गरेको कम्पनीले नेपालमा ल्याएको हो । मानिसहरु नेपालमा मलाई मनकामना केबुलकारको नामले चिन्छन् । मलाई एसडब्लु कमपनीले बनाएको हो । पहिलो सुरुमा नेपाल आउँदा म निक्कै डराएको थिएँ । ठूला–ठूला पहाड माथिबाट दौडदा मेरो जिउ नै सिरिङ् हुन्थ्यो । अहिले मलाई बानी परिसक्यो । मनकामना मन्दिरको दर्शन गर्न जाने यात्रु बोकेर वारिपारी गर्न मलाई निक्कै मज्जा आउँछ ।
दिनदिनै थुप्रै मान्छे मेरो जिउमाथि चढेर मनकामना मन्दिर जान्छन् । म एक पटकमा ४५० किलोसम्मका ६ जना मान्छेलाई बोक्न सक्छु । मान्छेहरु म माथि चढेर निकै रमाउँछन् । कति मान्छेहरु त आहा ! केबुलकार चढ्दा त प्लेन चढे झै रमाइलो हुँदोरहेछ भनेर एकदमै रमाउँछन् । धेरै वर्षदेखि मान्छेलाई मनकामना पु¥याउने काम मैले गर्दै आएको छु ।
म माथि चढ््न आउने मान्छे थरिथरीका हुन्छन् । कोही मान्छेदेखि मलाई हाँसो उठ्छ । कोही मान्छेदेखि रिस पनि उठ्छ । कोही मान्छे भने मलाई धेरै माया गर्छन् । यस्तै हाँसो, रिस र मायाको मेरो यात्राको कथा सुरु गरुँ है ।
एक दिनको कुरा हो । एउटा मोटो मान्छे लमक्लमक् गर्दै ममाथि चढ्यो । उसले भादगाउँले टोपी लगाएको थियो । उसले त्यो दिन वारि फर्कने बेलामा चारजना केटाएउटी आमैसँगै चढे । म दौड्न सुरु गर्नासाथ ’em याहु ! केबुलकार हिँड्यो भनेर कराउन थाले । ’em खुसी भएको देख्दा मलाई पनि खुसी लाग्यो । म पहाडबाट बिस्तारै तलतिर दौडदै थिएँ । ति केटामध्येको एउटा अलि छुच्चो जस्तो देखिने केटाले चुइँगम खाएर मेरो जिउमा ट्याप्प टाँसिदियो । मलाई झनक्क रिस उठ्यो । म चिच्याउँदै कराएँ– ए भाइ तिमीले मेरो जिउमा किन फोहोर टाँसेको हँ ? मैले अचानक कराउँदा ति चारैजना केटा निक्कै डराए । मैले फेरि नरम हुँदै भने– यसरी अर्काको जिउमा फोहोर गर्नु राम्रो हो त ? सबैले होइन अब हामी यस्तो गर्दैनौँ भनी एकै स्वरमा कराए । मलाई ठीकै लाग्यो ।
जाने बेलामा ति चारैजनाले मलाई बाइबाइ केबुलकार दाई भनेर गए । मलाई एकदमै आनन्द आयो । एकदिन त क्या गजब भयो नि ! एकजना दाइ धोती लगाएर पान चपाउँदै म माथि चढे । त्यो दिन उनी एक्लै थिए । मैले दौडाउँदै उनलाई पारीको स्टेशनतिर लग्दै थिएँ । मस्र्याङ्दी नदीको माथिको आकाश मार्गमा पुगेपछि झ्याप्प बत्ती गयो । म ठ्याक्क रोकिएँ । ति त डराए जोडसँग रुन पो थाले बा ! मैले उनलाई सम्झाउँदै भने– ए भाइ साहेब ! नरुनुहोस् । अहिले एकछिनमा जेनेरेटर (बिजुली निकाल्ने मेसिन) चल्छ । अनि म दौडिहाल्छु नि । मेरो कुरा सुनेर ति चुप भए । उनी मेरो जिउमा अडेस लागेर शान्त भइ बसे । पाँच मिनेटपछि म दौडन सुरु गरेँ । ति दाई खुसीले रमाए । मलाई पनि खुसी लाग्यो ।
पारीको स्टेशनमा उत्रने बेलामा ति दाजुले पान खाएको मुखले मेरो जिउमा प्याच्च थुके  उनको स्वभाव देखी मलाई झनक्क रिस उठ्यो । धेरै कुरा सोचेर केही नबोली बसेँ । त्यो दिनभरी मेरो ‘मुड अफ’ भयो । त्यसपछि के–के भयो मलाई केही कुरा सम्झना छैन । त्यसको दुई चार दिनपछि भने म फेरि चङ्गा भएँ । मेरो मन फुरुङ्ग भयो । म आज कस्ता यात्रु आउने हुन् भनी उनीहरुको प्रतिक्षामा थिएँ । एउटी सानी बच्ची फुर्किदै म माथि चढिन् । उनीसँगै उनकी आमा पनि थिइन् ।
मेरो जिउमाथि चढ्नेबित्तिकै ति बच्चीले खुसी हुँदै भनिन्– मामु बिस्तारै बसिस्यो, केबुलकार अंकललाई दुख्ला नि ! मलाई अचम्म लाग्यो । मैले ति बच्चीलाई निक्कै नियालेर हेरेँ । उनका साना–साना आँखा थिए । गोलो चिटिक्क परेको हँसिलो अनुहार थियो । म एकटकसँग ति बच्चीलाई हेर्दै दौडिरहेको थिएँ । त्यति नै बेला अचानक आकाश कालो भएर आयो । बादल गुडुङ गुडुङ गर्दै कराउन थाल्यो । ठूलो आँधीबेहेरी आयो । बच्ची रुन कराउन थालिन् । ‘नरोऊँ नानी तिमीलाई केही हुँदैन । म तिमीसँग छु नि’– मैले भनेँ । मेरो बोली सुनेर बच्चीले अचम्म मान्दै मलाई ट्वाल्ल हेरिन् । मलाई चिनिनौँ ? म तिम्रो केबुलकार अंकल हुँ । मैले बच्चीलाई सम्झाउँदै भनेँ । त्यसपछि बच्ची रुन छाडिन् । उनले आफ्ना साना आँखाको आँशु पुछ्दै भनिन्–‘अंकल’ । मलाई डर लाग्यो । छिटो मनकामना मन्दिर लैजानुस् न भन्या । प्यारी बच्चीको आँखामा आँसु देखेर मलाई हावासँग झोँक चल्यो । म पनि के काम, बेतोडसँग हावालाई टेर्दै नटेरी पारि स्टेशनतिर दौडिएँ । बच्ची खुसी हुँदै हाँस्न थालिन् । मलाई पनि खुसी लाग्यो । पारिको मनकामना स्टेशनमा पुगेपछि बच्ची मेरो जिउबाट उत्रिन् । उनी ‘मामु केबुलकार अंकललाई पनि मनकामना मन्दिरमा लैजाने’ भनेर जिद्दि गर्न थालिन् ।

आयोग – लघुकथा

रन्जु “मार्ग”
फेरि पनि अस्पतालबाट मिर्गाैला हरायो ।
अस्पतालमा खैलाबैला मच्चियो १ एक पल्ट होइन, दुई पल्ट होइन, पाँच–पाँच पल्ट एकै ठाउँ बाट यसरी बारम्बार मिर्गाैला हराउँदा अस्पताल एक रहस्यको केन्द्र बन्यो ।
विभिन्न पत्रपत्रिकाले मिर्गाैला हराएको खबर प्राथमिकताका साग छाप्यो । सांसदहरुले यस’boutमा आवाज उठाए । उनीहरुले यस ’boutमा आयोग गठन गर्नु पर्ने माग राखे । जनताहरुले पनि छानबिन हुनुपर्ने कुरा उठाए । अन्तत समिर्गाैला छानबिन आयोग गठन भयो । आयोगमा अस्पतालका प्रमुख डाक्टर सहित तीन सदस्य सम्मिलित भए ।
छानबिन टोलीले आफ्नो काम शुरू गरेयों । सबैभन्दा पहिले छानबिन टोलीले अस्पतालमा काम गर्ने सम्पूर्ण कर्मचारीलाई सोधपुछको लागि बोलायो ।
उनीहरुलाई एक एक गरी सोध्ने क्रम जारि भयो । तपाइको नाडीमा लगाएको घडी नयाँ जस्तो छ नि ? कहिले किनेको ?
होइन हजुर, कहाँको नयाँ हुनु नि, पाँच वर्ष
अगाडि विवाहमा ससुरालीले दिएको उपहार हो । कहिलेकाही मात्र लाउँछु त्यसैले नयाँ जस्तो देखिएको छ ।
तपाई जानुस् ।
उ गयो । छानबिन टोलीले अर्काे कर्मचारीलाई बोलायो । अर्काे भित्र छिरे पछि छानबिन टोलीले उसलाई शिर देखि पाउ सम्म हे¥यो ।
ओहो । तपाइले नयाँ शर्ट–पाइन्ट पो लगाउनु भएको छ । कहिले किन्नु भयो ?
कहाँको नया हुनु नि हजुर, पाँच वर्ष अगाडि विवाहमा दुलाहा बन्दा किनेको । म यो कहिलेकाही मात्र लगाउने गर्छु त्यही भएर नयाँ जस्तो देखिएको होला ।
ल तपाई पनि जानुस् ।
यसै गरी त्यहाँ काम गर्ने सबै कर्मचारीसँग सोधपुछ गरियो । अन्तमा, आयोग टोलीले एउटा निर्णय गरे ।
“हामीले सोधपुछ गर्दा दुई जनाको जवाफ एकै हुन आएकोले यी दुवै जनामाथि शंका लागेको छ । त्यसैले यिनीहरुलाई कारबाई गर्न निर्देशन दिइन्छ ।

दिव्य माछा – कथा

विजु सुवेदी “विजय”
असन चोकमा एउटा दिव्य ढुङ्गाको माछा छ । त्यहाँ सबैले पूजा गर्छन्, जान्छन् । बच्चाहरू त्यहाँ खेलिरहेका थिए । नातिले सोध्यो ः– यो ढुङ्गाको माछालाई किन पूजा गरेको ? त्यत्तिकैमा हजूरबुबाले भन्नुभयो–“हे भुराहरू तिमीहरूलाई के थाहा यो माछाको ’boutमा ? यसको ’boutमा मलाई यही ठाउँमा ल्याएर म बच्चा बेला मेरो हजूरबुबाले भन्नुभएको थियो । त्यस्तै मेरो हजूरबुबालाई पनि बच्चा बेला यही ठाउँमा ल्याएर उहाँको हजुरबुबाले उहाँलाई बच्चाबेला यही माछाको ’boutमा भन्नुभएको थियो । त्यत्तिबेलादेखि पुस्तौं पुस्ता हस्तान्तरण हुँदै मसम्म यो माछाको ’bout इतिहास जिउँदै छ । त्यसैले तिमीहरू पनि यही ठाउँमा नै यो इतिहास’bout सुन ।”
धेरै पहिले काठमाडाँैं उपत्यकामा एकजना नामूद राजज्योतिष थियो । उसले ज्योतिषि हेरी भनेको कुरा कहिल्यै फरक पर्दैनथ्यो । एकदिन उक्त ज्योतिषको छोरो जन्म्यो । आफ्नो छोरो जन्मेको मिति, तिथि अनुसार उसले ज्योतिषि हेर्दा आफ्नै बुबाको टाउको खाने कारण बन्छ भन्ने नतिजा देखेर ऊ अत्तालिन्छ । अनि के गरुँ कसो गरुँ भन्दै उसले आफ्नो नवजात शिशुलाई आफ्नो चाकरहरूलाई अह्राएर खोलामा बगाउन पठाउँछ । शिशुलाई एकजना दाउरेले भेट्टाउँछ । उसले आफ्नो गाउँमा लगेर हुर्काउँछ ।
राजज्योतिषको ज्योतिषि विज्ञानले तहल्का मच्चाउँदै जान्छ । हुँदा हुँदा बीस वर्ष बितिसकेको हुन्छ । एकदिन काठमाडाँैं उपत्यकामा अनिष्ट हुन लाग्यो भनेर हल्ला चल्छ । त्यो अनिष्ट के रहेछ भने एउटा ठूलो दिव्य माछा हुरी बतासले ल्याएको रहेछ त्यो काठमाडाँैं उपत्यकामा खस्न लागेको रहेछ । राजज्योतिषले ज्योतिषि हेरिसकेपछि त्यो माछालाई बचाउन सके पूरै विश्व अनिष्ट हुनबाट जोगिन्छ भन्ने ठहर गर्छ । राजज्योतिषले ग्रह, नक्षत्र सबै हेरेर राजालाई भनेर राजकोषको खर्चबाट हालको रानीपोखरी भएको पूरै क्षेत्र जुन पूरै सुख्खा क्षेत्र थियो त्यो पूरै क्षेत्रमा पोखरी बनाउन लगाउँछ र शनिबारको दिन बिहान उक्त पोखरीमा माछा खस्दछ भन्ने ठहर गर्दछ ।
उता दाउरेले हुर्काएका बीसवर्षे जवान युवक पनि आफ्नो पूर्खाको वंशाणुगत गुणको प्रभावले गाउँमै हुर्किए पनि सानैदेखि ज्योतिषिमा रुचि राखी लागिपरेकाले गर्दा २० वर्षे उमेरसम्ममा ज्योतिषिको हरेक कुरामा पारङ्गत भइसकेको हुन्छ । त्यत्तिबेला ऊ पनि काठमाडौं उपत्यका घुम्न आएको हुन्छ । राजज्योतिषले अनिष्ट हुनबाट जोगाउन बनाउन लगाएको पोखरी पनि हेर्दछ । उसले पनि आफ्नो ज्योतिष विज्ञानको सहायताले अनुसन्धान गर्दछ । उसले भने त्यत्रो ठूलो खर्च गर्नु नपर्ने २ हात चौडा र ४ हात लम्बाइको क्षेत्र भाग भए हुने भनेर अनुसन्धान गर्दछ । उसले भने रानीपोखरीभन्दा करीब ३०० मीटर परको असन चोकनिर २ हात चौडा र ४ हात लम्बाइको आयात आकारको चिन्ह लगाउँछ र माछा यहाँ खस्दछ भन्ने ठहर गर्दछ । अनि उसले त्यो सानो २ हात चौडा र ४ हात लम्बाइको अत्यन्तै सानो पोखरी बनाउँछ । त्यो चिन्ह लगाएको देखेर काठमाडौ उपत्यकाभरि हल्लीखल्ली हुन्छ । यो सानो पोखरी बनाएको कुरो दरवारमा पुग्छ । उक्त २० वर्षे जवान युवकलाई राजज्योतिषको अगाडि हाजिरी गराइन्छ ।
राज ज्योतिष ः– मैले अहिलेसम्म ज्योतिष हेरिसकँे त्यो कहिल्यै मिथ्या भएको छैन ।
जवान युवक ः– अब मिथ्या हुनेवाला छ ।
राज ज्योतिष ः– यदि तिमीले भनेको मिलेन भने तिमीलाई फाँसी दिइने छ, के यो तिमी मञ्जूर गर्छाै ?
जवान युवक ः– गर्छु तर यदि हजूरले भनेको मिलेन भने हजूरलाई फाँसी दिइनुपर्छ नि ?
राजज्योतिषलाई आफ्नो ज्योतिषिमा ठूलो घमण्ड भैसकेको थियो । त्यसैले उसले दरबारमा यही प्रक्रियाको लागि तत्कालै कानूनी प्रक्रिया मिलाउन लगाउँछ ।
जवान युवक ः– हजूरले सबै हेर्नुभएको मिल्छ । तर मैले भनेकै ठाउँमा माछा खस्छ किनकी हजूरले हुरीबतासको गतिको हिसाबै गर्नु भएको रहेनछ ।
राजज्योतिष ः– म अरु कुरा सुन्न चाहन्न, तिमीले भनेको मिल्यो भने मलाई फाँसी । मैले भनेको मिल्यो भने तिमीलाई फाँसी ।
शनिबारको दिन ठूलो हुरी बतास आउँछ । माछा रानीपोखरीको ३०० मीटर परको असन चोकमा जवान युवकले २ हात चौडा ४ हात लम्बाइबो चिन्हो लगाएकै अत्यन्त सानो पोखरीमा खस्छ ।
राजज्योतिषलाई फाँसी दिइन्छ । जवान युवकलाई राजज्योतिष बनाइन्छ । जवान युवकले राजज्योतिषको घमण्ड तोड्छ । जवान राजज्योतिषले पुरानो राजज्योतिषको सम्पूर्ण कागजातहरू अध्ययन गर्न थाल्छ र उसले आफ्नो २० वर्षअगाडिको कुण्डली फेला पार्छ । त्यसबाट ज्योतिषि हेर्दा पुरानो राजज्योतिष जवान राजज्योतिषको बाउ भएको पत्ता लगाउँछ र कुण्डलीको योग अनुसार आफ्नै बुबाको टाउको खाने कारण बन्छ भन्ने नतिजा निस्कन्छ ।