जननायकप्रति श्रद्धाञ्जलि – असरल्ल

कमन देवान
आज जननायक बीपी कोइरालाको ३० औँ स्मृति दिवस । मलाई थाहाँ छैन, बीपी कोइरालाले जन्माएको पार्टी नेपाली कांग्रेस बीपीबाट प्रतिपादित राजनीतिक–वैचारिक चिन्तक र सिद्धान्तमा निष्ठा राख्छ वा यो निष्ठाको उचाईबाट कांग्रेस सिसिफसको ढुङ्गो झैँ लडिमात्र रहेको छ । प्रसङ्गवस असरल्ल बसाईमा प्रजातान्त्रिक समाजवादको विषय सुस्ताएको यो बखत व्यस्ततालाई धकेल्ने प्रयासमा छु, दुईचार अक्षर फुराउन ।
उसो त अचानक ‘फेरि सुन्दरीजल’ नामक पुस्तकमा बीपीले समेटेका विचारहरु (जो जेल डायरीको संकलित रुप हो ) मा नचाहेरै पनि मन डुलेको छ । यसअघि दुईपटक सरसर्ती पढिसकेकाले बोझलाग्दो राजनीतिक कुराकानी र मनोवादात्मक उनका शब्दहरु उपर उस्तो ध्यान दिएकै होइन । यद्यपी, यतिबेला देशमा जुन असहमति र राजनीतिक निषेधको गम्भीर संकटकाल जारी छ, अनि लाग्यो २०३३ सालमा बीपीले राष्ट्रिय मेलमिलापका लागि चालेको कदम ’bout सामान्य चिन्तन गर्नै पर्ला । महान् वैज्ञानिक ग्यालिलियोले भनेका छन्– ‘संसारमा सबैभन्दा गाह्रो बिषय सोच्नु हो ।’ मलाई त्यही भाईले गाँजेको छ । देश हाँक्ने जिम्मा लिएका बडेमानका बृद्धि भएका नेतागणले त सोच्न नसकेको र मेसो खुट्याउन नसकेको विषयमा मेरो मथिङ्कल दुख्नुको कुनै तुक छैन ।
समग्र अर्थ कति प्रधान विषय हो, आजको राजनीति यस दिशातिर लम्कन सकेको छैन कि ! भन्ने लाग्छ । त्यसैले २००७ सालको क्रान्तिपछि मुलुकले प्राप्त गरेको प्रजातन्त्र र नेपाली जनताले प्राप्त गरेका अधिकारहरु पूर्णतः संस्थागत हुन सकेका अवस्था छैनन् । यस्तो लाग्छ, देशमा राजनीति, प्रशासन, ऐन, कानुन सबै महत्वपूर्ण अङ्गहरु बेलगाम दौडिएका छन् । देश, राष्ट्र जनता, राष्ट्रियता, समृद्धि विकास जस्ता बिषय ज–जसले भाषणमा जति ओकले पनि फरक पर्दैन । सम्भवतः २०३३ साल पुष १६ गते निर्वासित राजनीतिक जीवन अन्त्य गर्दै राष्ट्रिय मेलमिलापको प्रस्ताव लिएर देश  फर्केका बीपी कोइरालाले उसबेला देखेको मुलुकको सङ्गिन खतराको अवस्था आज पनि टरिसकेको छैन । उत्तर र दक्षिणका शक्तिशाली राष्ट्रहरुका बीचको नेपाल राष्ट्र र यसको  सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय एकता र समृद्धि भारत स्वतन्त्र भएको र नेपालमा प्रजातन्त्र प्राप्त भएकै दशकदेखि गम्भीर खतरनाक कुटनीतिका रुपमा छ ।
चीन र भारतको आन्तरिक इच्छा शक्तिमा आउने जुनसुकै परिवर्तनले पनि नेपालको बाह्य तथा आन्तरिक सुरक्षालाई असर गर्छ । बीपीले २०३३ सालमा भन्न र बुझाउन खोजेको त्यही उच्च कुटनीतिक यथार्थलाई तत्कालीन पञ्चायती शासनले यति गम्भीर मुद्दा बनायो कि, देश र जनतामा राष्ट्रता रक्षाको जागरण भर्न देश पसेका उनलाई त्यही विषयले सुन्दरी जलको जेल जीवनको उपहार दियो । बीपी उपर भएको धोकाले पनि इंगित गरेको एउटा गम्भीर षड्यन्त्र र पहिचान भएको कटु वास्तविकता भन्नु नेपालमा २४० वर्षसम्म शासकीय बागडोर समहालेर बसेको शाही शासकीय राजतन्त्र कदापी, नेपाली धरातलमा जनसर्वोच्चता स्थापित भएको छ त्यही सर्वोच्चताको जगबाट लोकतान्त्रिक राज्य व्यवस्था जन्मिएको देख्न चाहदैनथ्यो ।
सिङ्गो राष्ट्रको अभिभावकत्व पाएको संस्था नै जनताका इच्छा बिपरीतको शासन लाद्ने मानसिकताबाट ग्रसित रहनुले पनि करिब ४ दशक अ िमुलुक र जनताका लागि जननायक बीपीले देखाएको बाटो पहिल्याउन नसक्दाको परिणतिले नै त्यस यताका थुप्रै राजनीतिक उथलपुथल र हिंसा भए । अन्ततः जनताका आकांक्षा, शक्ति, सामथ्र्य र चाहनालाई लल्कार्ने निरंकुश राजतन्त्रको स्थान र इतिहासको पानामा सीमित भएको छ ।
आज पति निरंकुश र एकात्मक राजसंस्था र यसले कायम गरेका असंख्य विभेद्का अवशेषहरु कायमै रहेको अवस्था छ । अधिनायकत्व सहितको कथित राजकीय शासन कल्पना गरेर पुनः राजगद्धीमा बस्ने दिवास्वप्नहरु मोहमय बन्दै गरेका अवस्थ छन् । धर्म, जाति वा अरु विभिन्न प्रपञ्चबाट राजसंस्था ब्युँताउने प्रयास गरिन्छन् भने अब नेपाली परिवेश त्यसका विरुद्ध परिपक्व भई, मुकाबिला गर्न सक्ने अवस्थाबाट अघि बढेको छ । ढटवारेहरुलाई यसको राजनीतिक हेक्का रहनै पर्दछ । बीपीले देखाएको प्रजातान्त्रिक समाजवादलाई भज्याई खाने मनोरोगको स्थायी उपचार आजको आवश्यकता हो । लोकतान्त्रिक अधिकारको निर्वाद उपभोग गर्दै नेपाली राष्ट्रता मजबुद बनाउने दिशामा मुलुकका सबै दल र नागरिक लाग्न सके जननायक बीपी कोइरालालाई वास्तविक श्रद्धाञ्जलि मिल्ने छ ।

मानसिकतामा परेको खडेरी – असरल्ल

कमन देवान
बलेसी खनेर आँगन पुर्नेहरूको कमी छैन समाजमा । ‘आफ्नो हात गजन्नाथ’ सबैका लागि न मैले कसैकोे मतलव गर्नुप¥यो, न त कसैलाई मेरा ’bout मतलब हुनुप¥यो । यतिबेलाको नेपाली परिवेश हो यो । नेपाल राष्ट्र र नेपाली पहिचान मेची–महाकाली र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा भारतको विहार लगायत भित्र नेपाल खोज्नलाई ग्लोब फन्का मार्नै पर्ने हुन्छ । निक्कै बेर नियाल्दा मात्र देखिने नेपालको नक्सा वास्तवमै ठिट लाग्दो आकारको छ । तर, ग्लोब देखिने निर्जिव नेपाल भन्दा सामान्य आँखाले दिनानुदिन देखिएको नेपाल अझ ठिटलाग्दो र विचरो बन्दै गएको छ । नेपाल भनेको के हो ? कुनै दिन विद्यालय स्तरका हाजिरीजवाफमा यस्तै प्रश्न सोधिन सक्छन् । तर, त्यतिबेला सही उत्तर दर्शकदिर्घाबाट समेत प्राप्त नहुन सक्छ ।
मलाई त्यस्तो लाग्छ, देश वा राष्ट्रता भनेको माटो वा भुगोलको थुप्रो र आयतन मात्रै होइन । राष्ट्र भनेको राजनीतिक परिभाषाले बुझाउने ‘क्तबतभ’ वा राज्य (जो निरंकुश हुन्छ) मात्रै होइन । राष्ट्र भनेको अनेकौँ राष्ट्रियताहरूको समान उपस्थिति, योगदान, श्रम र सहकार्य सहितको साझा मनोविज्ञान हो । नेपाल राज्यलाई सूनै सूनले भरेर वा प्रत्येक नेपाली नागरिकलाई १÷१ करोड रुपैयाँ बाँढेर समृद्धि ल्याउने कसैले प्रयत्न गरे त्यो स्थायी र सही कार्यक्रम हुन सक्दैन । कुनैदिन, यो राष्ट्र राज्यको नाम नेपाल बाहेक अरु नै रुपान्तरण गर्न परे पनि त्यो आपत्तिको विषय हुन सक्दैन । किनकि, हिजो वर्मा भनिएको मुलुक आज म्यानमार हुँदा फरक परेको छैन । अग्रणी सभ्यताको मिश्र मुलुकलाई पहिले प्राक इतिहासमा इजिप्ट भनियो, पछि मिश्र र मिश्रपछि पुनः त्यो मुलुकको नाम ‘इजिप्ट’ नै कायम भएको छ । यस्ता अपवादका विषयहरू राजनीतिक मात्रै होइनन् । प्रत्येक मुलुकका नागरिकहरूको चासो, सरोकार, सहज जीवनयापन आदि कारणले पनि प्रभावित छन् । तर, जसरी सिक्किम राष्ट्र भारतमा विलय गरियो वा तिब्बत राष्ट्र चीनमा अधिनस्त बन्यो, यी उदाहरणहरू १९ औँ शताब्दीका आखिरी तिरका घटनाहरू हुन् । जसले कुनै एक स्वतन्त्र राष्ट्र राज्यलाई नै इतिहासदेखि समाप्त ग¥यो । तथापि, यस्ता मुलुकका जनताको मनोविज्ञान आज पनि राष्ट्रताका पक्षमा छ । प्यालेस्टाइन मुलुक इजरायलले युद्धका माध्यमबाट अधिनस्त गरेको मुलुक हो । तर, आज पनि यासेर अराफत जस्ता राष्ट्रभक्त प्यालेस्टाइनीहरू आफ्नो राष्ट्र खोजिरहेका छन् । अर्थात यस्ता उदाहरणहरूले हामीलाई यो बुझ्न सहज हुन्छ कि, सर्वप्रथम राष्ट्र र राष्ट्रता भनेको नै साझा मनोविज्ञान सहितको परिचय हो । नेपाली हुनु भनेको पृथक पहिचान र मौलिक नेपालीपना हो । अरु विश्वका विकसित वा कम विकसित धनी वा अति गरीब मुलुकका नागरिकहरू भन्दा पृथक जीवनशैली, सोच र विचार भएको संस्कृति, राष्ट्रतालाई नागरिकताको कागज मात्रै सम्झने वा चुनाव जित्ने छट्टु भाषण मात्रै ठान्ने मानसिकतालाई मृत घोषणा गर्न जरुरी छ । माओले भन्नुभएको छ–‘सबै विचारहरूलाई समान फूल्न देऊ ।’ अर्थात, नेपाली राष्ट्रताका प्रतिकूल अर्थ नलाग्ने गरी जनताका सबै आकांक्षालाई पूर्ति नलाग्ने गरी जनताका सबै आकांक्षालाई पूर्ति गर्ने जिम्मा राष्ट्रको हो । ३ करोड नेपालीले सर्वसम्मत निर्णय गरेर नेपाल नरहेको घोषणा गरे भने पनि त्यसको युगौँ पछि समयसम्म हाम्रो राष्ट्रता थप मजबुद हुनसक्छ । परिवर्तनलाई वा वस्तुगत यथार्थलाई स्वीकार गर्न नसक्नु हाम्रो मानसिकतामा परेको खडेरी बाहेक अरु होइन । विश्वास गर्न नसक्नेहरू या त संकीर्ण र निरंकुश हुन्छन् अथवा राष्ट्रताका पक्षपाति होइनन् । साझा राष्ट्रता सबैको विश्वास भावना, सहकार्य, विविधतामा एकता सहितको निरन्तरता हो ।

सर्वोत्कृष्ट प्राणी – असरल्ल

कमन देवान
सिद्धान्त, शैली, बोली, प्रवचन र प्रतिबद्धता भन्दा व्यवहार माथि हुन्छ । मानिस के, कसरी वा कस्तो बोल्छ ? त्यो मानिसलाई चिन्न काफी छैन । केवल मानिससँग परिचित हुने र सङ्गत गर्ने विषय हुन सक्दछ । तर, वास्तवमा कुनै पनि मानिसको ’bout बुझ््नलाई उसले अरुसँग गर्ने व्यवहार नै आवश्यक तत्व हो । जो मानिस आफूमा इमान्दार छैैन, ऊ अरु कसैका लागि पनि इमान्दार बन्न सक्दैन । मानिसको इमान्दारितालाई जाँच्ने कसी भन्नु पनि उसको व्यवहार नै हो । तर, व्यवहारिकताको अर्थ कुनै पुस्तकमा महान् वाणीका रुपमा लेखिएका आदर्श शब्दहरु भने होइनन् । आदर्श शब्दहरुले मानिसलाई कुनै सकरात्मक चिन्तनका लागि प्रभावित सम्म गर्न सक्छ तर समग्र आचरणमै परिवर्तन ल्याउन भने सक्दैन । कुनै एउटा छात्रले अरुकै सहयोगमा गृहकार्य बुझाए जस्तो वा कुनै एक गृहिणीले नोकर चाकर मार्पmत घरायसी क्रियाकलापमा चुस्तता ल्याउनु जति सजिलो आफ्नो आचरण परिवर्तन गर्नु विल्कुलै छैन । आचरण आफै भित्र आफ्नै प्रयासबाट मात्र परिवर्तन गर्न सकिन्छ, अरुले भनिदिएका, औँल्याइदिएका, देखाइदिएका वा सुनाइदिएका र सघाइदिएका भरमा त्यो कदापि सम्भव छैन । सर्वप्रथम हामीले यस सत्यलाई आत्मसाथ गर्न जरुरी छ । अधिकांश समाजमा घरेलु हिंसाका घटनाहरु दिनानुदिन वृद्धि भइरहेका छन् । महिलाहरु विशेष गरी र पुरुषहरु समेत बोक्सी वा बोक्सीका आरोपमा प्रताडित बन्दै आएका घटनाहरु हाम्रा लागि सामान्य जस्तै छन् । त्यस्तै, दाइजोको निहुँमा महिलाहरु माथि अझै पनि हिंसा रोकिएको अवस्था छैन । सामान्य रुघा, खोकी, झाडाबान्ता मात्रै छैन, मृत्युको सिकार पनि बन्ने गरेको छ । जातभात, छुवाछुत, धर्म, वर्ण जस्ता बेतुकका प्रसङ्ग आज समाज विग्रहका प्रमुख तत्व बन्दै गएका छन् । मानिस समाज भन्दा बाहिर छैन । ऊ आफै भित्र प्रदुषित छ, सँगै उसको सामाजिक परिवेश दुर्गन्धित बनिरहेको अवस्था छ । सामाजिक परिवेशलाई दोष लाग्ने काम गर्न तम्सिएको मानिस कति सचेत छ ? कति इमान्दार र व्यवहारवादी छ ? अब समयले यी गौण ठानिएका गम्भीर विषयहरु उपर चिन्तन गर्ने समय आएको छ । यद्यपि, चिन्तनका लागि मात्रै गरिएको औपचारिकता पूरा गर्ने कार्यले अबको मानिसको इमान्दारिताको परिभाषा किताबी वा दर्शनको ठेली हुन सक्दैन । इमान्दारिता भनेको आफू वा आफ्नो जस्तै समस्या अरुका पनि छन् भन्ने बुझ्न सक्ने क्षमता र मानसिकताको विकास हुनु हो । इमान्दारिता भनेको अरुले आफूलाई जस्तो व्यवहार गरोस् भनेर अपेक्षा राखिन्छ, आफूले अरुलाई त्यस्तै व्यवहार गर्न सक्नु र गर्न तयार हुनु पनि हो । इमान्दारिता भनेको बोले अनुसार वा जिम्मेवारी बहन गरे अनुसारको कर्तव्य पूरा गर्न सक्ने व्यवहारिकता हो । तथापि, कसैको मन भित्र निहित व्यवहारिक स्वार्थ नबुझी उसका भनाईमा पछि लाग्ने कार्य समय, श्रम, विवेक र इच्छा शक्तिको नाश गर्नु शिवाय अरु होइन । केही दिन अघि पूर्वाञ्चलको एउटा एफएम रेडियो स्टेशनमा काम गरिरहेका सबै कर्मचारीले राजीनामा दिए । पूर्वकै एउटा अस्पताल चल्न नसकेर सेवा बन्द गर्ने स्थितिमा पुग्यो । अरु यस्ता थुप्रै सेवा प्रदायक संस्थाहरुको भट्टा बस्न थालेको छ । समग्र राष्ट्रकै हालत जोखिमग्रस्त अवस्थाको छ । यसो भनिरहँदा दिग्दार र शंका लाग्छ, कतै हामी पनि भट्टा बस्ने अवस्थाकै युगमा त पुृगेका छैनौँ ? चाहे राजनीति भन्नुहोस् वा अन्य जुनसुकै नीति, नेपाली समाज र परिवेश कतैबाट पनि सुरक्षित छैन । सिङ्गो असुरक्षित परिवेशमा दम्भ गर्ने हाम्रो वास्तविकता केवल आडम्बरी मुस्कान र रवाफ मात्र हो । रवाफ र दम्भले पेट भरिँदैन, किनकि यो सामान्य व्यवहारिक पक्ष हो । हामीलाई थाहा छ, नेपाली समाज दम्भ र आडम्बरी ओढेर निकृष्ट व्यवहार गर्छ अनि सतहमा उत्कृष्ट आदर्श फलाक्छ मात्र । चाहे नेता, चाहे अभिनेता, उद्योगपति, व्यापारी, कैयौँ वा फुटपाटका पसले देखि कृषक, श्रमिक, बेगारी वा दुराचारी सबैलाई एउटै बास्केटमा राखेर तौलन हिच्किचाइरहनु पर्दैन । चिकित्सक, प्राध्यापक, न्यायाधिश, सुरक्षा अधिकारी, प्रशासक, कर्मचारी, पत्रकार, लुटेरा, डाका वा पकेटमार सबैको प्रथम र आधारभूत आवश्यकता निर्वाह हो । जीवन निर्वाह गर्नु प्राकृतिक अधिकार हो मानिसका लागि । प्रत्येक मानिस जन्मन्छन् र मर्छन् प्राकृतिक नियम फरक छैन, तर मानिसका निर्वाहका पेशा, शैली, क्षमता र व्यवहार भने फरक छन् ।
समग्रमा मानिस व्यवहारका कारण कलङ्कित वा पुरस्कृत हुने गर्दछ । इमान्दारिताका कारण स्थापित वा विस्थापित हुने गर्दछ । यद्यपि, मानिसका व्यवहार र इमान्दारिताले आफूलाई मात्र नभएर ऊसँग सम्बन्ध र सरोकार राख्ने उसले लिएको दायित्व अन्तर्गतका उसको पक्षका वा उसले तोकेर काम लगाएका, परिचालित, निर्देशित वा प्रेरित गरेका अरु मानिसहरु जे समेत अवस्था र स्थितिमा गम्भीर प्रभाव पार्दछ । यो अवस्था नै नेपाली परिवेशका लागि घातक सिद्ध बन्दै गएको छ । केही वर्ष विभिन्न नाममा सञ्चालित नेटवर्किङ्ग व्यवसायको हिवगतले पनि कतिपय अवस्थामा माथि वर्णन गरिएका विषयवस्तुलाई सरल ढङ्गले बुझ्न मद्दत पुग्ने छ । अन्ततः मानिस नै मानिसको दुःख, नियति, पीडा, भय, त्रास, विपत्ति र मृत्युको कारण बन्दछ । आखिर सृष्टिकै सर्वोत्कृष्ट प्रांणी पनि त मानिस एक्लो न हो ।

आरती, एरिका र गङ्गा – असरल्ल

जुनार बस्नेत
तन भगत चर्चिच लेखक हुन्  । युवा छन् । भारतीय हुन्  । उनका पुस्तकको बिक्री अत्यासलाग्दो छ  । भारतमा मात्र होइन, विश्वभरि नै उनका कृतिको अहिले खुबै चर्चा हुन्छ  । समीक्षा हुन्छ  । आलोचना र समालोचना हुन्छ  । उनको पछिल्लो पुस्तक रिभुल्युसन २०२० भारतका प्राचीन सहर वाराणसी र वरिपरि घुम्छ  । काशी प्रयागघाटको सँझको आरतीलाई उनका सटीक शब्दले तस्विरमा साँच्चै मज्जाले सजाएको छ  । काशी नपुग्ने, गङ्गाको जलमा डुङ्गा नचढ्नेहरू पनि पुस्तक पढ्दा त्यही पुगेको अनुभव गर्छन्  । मैले पनि अनुभव गरेको थिएँ  । पुस्तक पढ्नेहरू जो वाराणसी पुग्छन्, साँझमा गङ्गामा डुङ्गामा तैरिन हतारिन्छन् । झलमल्ल आरती देख्दा कति सुन्दर रौनक हुन्छ त्यहाँ  । सङ्गीतमय भक्तिको सुरिलो झङ्कार त्यसमा थपिन्छ  । एकसुरले बजेका घन्टाले मन तान्छ  । गङ्गाजलमा तैरिएको सहरका चित्रले भूतलमा स्वर्ग झरेको अनुभूति गर्छ  । आखिर मानिसलाई त्योभन्दा आनन्द त कहाँ मिल्ला र ?
ग्वाटेमालाकी एरिका पुस्तक पढेरै साँझको आरती रमाइलो हेर्न गङ्गाकिनार पुगिन््  । पुस्तकका प्रसङ्ग र त्यो आरतीको साँझको वर्णन गर्दै थिइन् आफ्ना पे्रमीसँग  । वी आर इन्जोइङ टु मच, उनी सङ्गीतका आनन्दमै भन्दै थिइन्  । त्यही अपराह्न (२१ फागुन २०६८) काठमाडौँबाट बनारस पुगेको नेपाली पत्रकारको एक समूह गङ्गाको मध्येभागमा डुङ्गामा सयर छ, यतिबेला  । एरिकाको डुङ्गा पनि सँगसँगै गङ्गामा हेलिएको छ  । साँझ छिप्पियो क्रमशः क्षितिज चुक घुप्ट्याएजस्तो अँध्यारो  । अकाशमा पिलपिल तारा । तर, एक टुक्रा कतै स्वर्ग नै झरेको त होइन भन्ने झल्को दिइरहेको छ, साँझको आरतीले । अनेकौँ डुङ्गामा, मध्यभागमा पुगेर तस्वीर लिनेहरूको होड छ । नेपाली पत्रकारलाई प्रदर्शक (गाइड)को सौभाग्य पनि मिलेको छ । बीएचयुमा पढेका सञ्जय श्रीवास्तव काशीको ८४ घाटको गाथा सुनाउँदै छन्, यतिबेला । भन्छन्,“काशीका घाटको विशेषता अनेक छन् । मणिकर्निका घाटमा शव जलिरहेका छन् । त्यहाँ २४सै घन्टा शव जलिरहेका हुन्छन् । काशीमा शव जलाउँदा मोक्ष पाउने हिन्दु धर्मावलम्बीको अटुट विश्वासले टाढा–टाढाबाट पनि त्यहाँ शव आउँछन् । जीवनको अन्तिम अवस्थामा काशीबास गर्ने चलन अहिले पनि छ । कतिपय नेपाली पनि ऐतिहासिक कालखण्डदेखि नै काशीबास गर्थे ।” सञ्जयले सिन्धिया घाट चिनाए । सिन्दिया खानदानले डुमराजासँग पैसा बिछ्याएर घाट किनेको ऐतिहासिक कथा सुनाए । जिज्ञासा र अन्तत्र्रिmया पनि थिए त्यहाँ ।
१८ फागुन २०६८ बाट बनारस उडान भर्न शुरु गरेको बुद्ध एयरले उडानको दोस्रो खेपमा फागुन २१ गते पत्रकारको एक समूह काठमाडौँबाट त्यहाँ पु¥याएको थियो । कम्पनीकी सञ्चार सम्पर्क अधिकृत बिनिता थापा अलिकति पनि समय खेर नफाली समय उपयोग गर्ने पक्षमा थिइन् । आरतीको त्यो सङ्गीतमय धुनमा मग्न हुन त्यही साँझ हामी गङ्गा पुगेका थियौँ । अपराह्न ५ः३० मा लालबहादुर शास्त्री विमानस्थल छोडेपछि पटेल नगरको एक होटलमा हतारले पुगियो । शुरुमा रिक्सा र रिक्साले पनि भीड छिचोल्न छोडेपछि पैदलै काशीघाट पुग्दा बनारसी भीड र व्यस्तताले नराम्ररी हिर्कायो । बीस अर्बको उत्तरप्रदेशको जनसंख्यामा बनारसले ४० लाख रुपैयाँको हिस्सा राख्छ । भीड र अन्यन्तै भीड । होलीको पूर्वसन्ध्या स्पष्टै देखिन्थ्यो । बिनाहेलमेटका मोटरसाइकल चढेकाहरू कोही–कोही राताम्यै थिए । यी सबै छिचोलेर गङ्गा आरतीले धेरैलाई चुम्बकीय शैलीमा तानिरह्यो । आरतीको त्यो सङ्गीतमय धुन कम नभए पनि रात छिप्पिन समय लागेन । गाइड सञ्जयले होटल फर्कने उर्दी मात्र सुनाएनन्न् डुङ्गामै अर्काे दिनको घुमफिर कार्यतालिका पनि सुनाए । होटलमा आएपछि भने बिहान ६ बजे नै तयार नहुने साथीहरू छुट्नुभयो भने म क्षमामात्र माग्न सक्छु ।
बल्लभजी (पत्रकार बल्लभमणि दाहाल, दी राइजिङ नेपाल) सँग साँझ धेरै कुरा भए । एउटै कोठा सेयर गर्दा मन मिल्ने साथी भए घरबाट पर पुगेपछि अलि सजिलो हुन्छ । कुराकानी मिल्छ । बनारससित नेपालको राजनीति जोडिएको लामो परम्परा छ । पिताजी कृष्णप्रसाद कोइरालाको प्रवास, बीपी कोइरालाको बाल्यकालीन बनारस जीवन र राजनीतिदेखि पुष्पलालको बनारस बसाइलगायत धेरै कुरा हाम्रा सम्झना र चर्चामा आए । मैले अध्ययन गरेका विषय मेरो स्मरणमा आए । उतिबेला प्रवासमा रहँदा कृष्णप्रसाद कोइरालाको परिवारले छतमा बसेर चना खाएका प्रसङ्गको वरिपरि स्मरण घुम्यो । जेल जर्नललगायत बीपीका कृति सम्झिएँ । त्यो त्याग र आजको हाइफाई राजनीति, कहाँ, कसरी तुलना गर्नु ?
पन्डाको सियो
भोलिपल्ट हामी दुईले “मर्निङवाक” सकेर होटल फर्कंदा घडीले ६ बजेको देखाएको थियो । सञ्जय हाम्रा लागि गाडी लिएर पाँच मिनेटअघि नै “लबी”मा आइसकेका थिए । साथीहरू एक–एक गरेर आउन लागे । विनिताजीलाई साथीहरू छुट्छन कि भन्ने चिन्ता थियो । १५ मिनेट कुर्ने भए सञ्जय । थप १० मिनेट कुर्दा पनि केही साथी आएनन् । आखिर छुटे । यात्रामा साथी छुट्दा नमज्जा त हुन्छ । लगत्तै थियो, गङ्गा स्नान । हामी अघिल्लै दिनको स्थल गएका थियौँ । गङ्गा भर्खर ब्युँझँदै थिइन् । स्नानअघि हामीले बागमती सम्झियौँ । बिहानै नुहाएका हामीलाई पानी अँचाए पुग्ने निष्कर्ष निकाल्यौँ । पानी अँचाएर स्नानरूपी आत्माशुद्धि गर्ने तौरतरिका हामी सबैको कुरा मिल्यो ।
बनारसका पन्डा’bout धेरै सुनिएको कुरा हो । आज हेर्नु थियो । पितृको श्राद्ध गर्ने साथी पनि सँगै थिए । साइबाबाको थानसँगै पन्डाहरूबीच ग्राहक तान्ने होड चलिरहेको थियो । शुरुमा उनीहरू सियो बन्दा रहेछन् । किनार सफा थियो भन्न मिल्दैन तर श्रद्धालुलाई मजाले नुहाउन त्यसले कुनै बाधा गरेको थिएन । एकपटक गङ्गामा नुहाउँदा जीवनको सम्पूर्ण पाप नष्ट हुर्ने धार्मिक विश्वासलाई सञ्जय पटक–पटक सम्झाउँदै थिए । पानी अँचाएपछि मैले पनि पूजा गरेँ । अनेक करबिन्ती गर्दा पनि पन्डाको हातको टीका मैले लगाइनँ । आफँै टीका लगाएँ । दक्षिणा भने उसलाई दिएँ । ऊ मलाई कर्के आँखाले हेर्दै थियो । सायद उसले मलाई बेग्लै सूचीमा राख्यो होला । श्राद्धको चार–पाँच मिनेटको विधि गर्न साथीलाई शुरुमा उसैले उक्सायो । दिवङ्गत पितृका निम्ति साथी सहमत भए । पचास रुपैयाँसम्मले सामान्य विधि हुने उसैले भन्यो तर पछि जब सङ्कल्प शुरु भयो, दस हजारबाट “बार्गेनिङ” शुरु ग¥यो । समूह हाम्रो बलियै भएकाले अँध्यारो मुखमा तीन सयले त्यो पनि जबरजस्ती मान्न ऊ तयार भयो । पन्डा’boutमा अरूहरूले भनेका अनकौँ कुरा सम्झिएँ । वास्तवमै पन्डाको चरित्र बनारसको विकृति हो । हातमा सङ्कल्प गर्न लगाएर उनीहरूले गर्ने “बार्गेनिङ”लाई जसरी घृणा गरे पनि त्यो कमी नै हुन्छ । क्रमश…

परिस्थिति भन्दा बाहिर – असरल्ल

कमन देवान
थाहा छैन, जीवनका ’bout जीवितै गरिएको अनुभूति मृत्युपछिको कपोकल्पित स्वर्ग वा नर्कमा पुगेर कसरी आत्म चीरस्थायी रहन्छ ? वा भौतिकवादी मान्यताका आधारमा मानिसको जीवन, शरीर, भावना, समवेदना र उद््वेगको मूल्य कति रहन्छ ? विषय अनेक छन् । विषयका ’bout पनि अनेकन दृष्टिकोण हुन सक्दछन् । तसर्थ, व्याख्या र तर्कका आ–आफ्नै स्थान, उचाई र मूल्याङ्कन हुनुलाई अस्वभाविक मान्न मिल्दैन । विचारका लागि जीवित शरीरको मूल्य छ कि छैन ? छ भने के कारणले वा छैन भने कसरी ? एकाध मानिस यसरी पनि तर्क गर्छन् । तर आफ्नै किरिया खाएर अरु उपर सतोसराप गाल्छ मान्छे । आफ्नै आङ्गको भैसी नदेख्ने रतन्धो रोगको दीर्घ रोगी ऊ निश्चित आयुका लागि जीवनभर अनिश्चित बाँचिरहन्छ ।

मैले देखेको सत्य यस्तो पनि छ कि–एकाध मान्छे पाए सम्म र जानेसम्मको सबै अपराध गर्छन् । मानौँ, पुरानो नेपाली उखान यसो भन्छ – “गाई मार्नु र भाइ मार्नु महापाप” । अर्थात् हिन्दु धर्मग्रन्थको गन्ध बोक्ने यो भनाईमा के स्पष्ट छ भने गाई भनेकी लक्ष्मीकी प्रतीक र लक्ष्मी भनेकी धनकी देवी भएकीले गाईसँग धार्मिक र आर्थिक दुई किसिमको सम्बन्ध छ । त्यसैले गौ हत्या अपराध हो । अर्को कुरो, भाइ माथि कुनै पनि कारणले अन्यायपूर्ण व्यवहार गर्नु सिङ्गो कूलको प्रतिष्ठा माथिको बेइमानी हो । आफ्नै कूलको म¥यादा माथि दाग लाग्ने काम गर्नु भनेको कुलांघारी कृत्य हो । त्यसैले कुनै अज्ञात समयमा माथि वर्णित कथन मानिसका लागि आज पनि प¥याप्त मिल्दो देखिन्छ । अपराध जसरी गर्दा पनि अपराध हो । किनकि अपराधको पर्याय छैन, न त यसको प्रायश्चित नै सम्भव छ ।

कथा लेख्नेहरुले शब्दमै उभ्याएका पात्रहरु भगवान भए । कथनमा बुनिएका मान्यताहरु संस्कार भए । कथाका पात्रहरुका काल्पनिक आदर्श वाणीहरु संकलित धर्मग्रन्थ बने । आजका मान्छे यिनै धर्म ग्रन्थहरुकै बुुई चढेर चन्द्रमा हुँदै मंगलग्रहसम्मको यात्रा नजिक लम्किएका छन् । तर यो पनि इच्छाको उपज मानिएको छ । वैज्ञानिकहरुको मत अनुसार बाँदरबाटै मानिस उभिएर हिँड्ने भए । त्यसमा पनि ती मानिसका प्रत्यासीहरु केवल बाँदर ररिरहे जो मानिस हुने अज्ञात चाहनाबाट प्रभावित बन्न सकेनन् । यद्यपि, बाँदर र मानिस यतिबेला दुई बेगल प्राणीका रुपमा अस्तित्वमा छन् यी दुई बीचको प्रवृत्ति, चिन्तन, विवेक, चेतना आदि कुरामा आकाश–पातल अन्तर छ । जो केवल बाँदरका रुपमा जीवित प्रजाति छ, ऊ केवल आफ्नो पेटका लागि अरु उपर नोक्सानी पु¥याइरहन्छ । तर, जो विकसित प्रजाति ऊ नियत, आशक्ति, ईष्र्या, द्वेष, कारण, स्वार्थ इत्यादिका कारण अरु उपर हावी बनिरहन चाहन्छ । यसर्थ, विवेक नभएको मान्छे पुस्ताले गरेको गल्ती क्षम्य हुन सक्छ तर विवेकशील बाँदरहरुको गल्ती अक्षम्य हुनेछ ।

मैले बुझेको सामान्य निष्कर्ष के हो भने आफूले चाहे आकाशै खस्ता पनि नपिरोलिने मान्छेको मन र वुद्धि आफ्नो चाहनाका खिलाफ, जून धर्तिमा उत्रिँदा पनि पुल्ठा बालेरै विरोधको नारा घन्काउन लागि पर्छ । अर्थात, आफ्ना लागि मात्रै मान्छेले सञ्चय गरी ल्याएको मन, दया, करुणा र संवेदनशीलता यति संकुचित बन्यो कि अन्ततः त्यो कल्याणको महासागर एक थोपा आँसुका अघि समेत मूल्यहीन मात्र बनिरह्यो ।

सत्य र प्रवृत्तिका बबुराहरु – असरल्ल

कमन देवान
प्रवृत्तिका बबुराहरुको एउटा अडान थियो छ र रहिरहने छ । उनीहरु यदाकदा भनिरहन्छन् बोलिरहन्छन् मानिरहन्छन् र टेरिरहन्छन् कि ठूलो भन्नु नै विशाल ठूलो भन्नु नै उत्तम ठूलो भन्नु नै महान् ठूलो भन्नु नै अलंकार र ठूलो भन्नु नै सर्वस्वीकृत सत्य । शाब्दि ढङ्गको अर्थप्रधानतामा ँठूलो’ भन्नु ठूुुलो या नि अघि दावी गरिएका विषयवस्तुसँग मिल्दोजुल्दो अवस्थाको हुन सक्छ नहुन पनि सक्छ । ठूलो के ठूलो कसरी र ठूलो किन यी पाटोका चिन्तनलाई गम्भीर ढङ्गले विश्लेषण गर्ने हो भने त्यसका विविध कोणहरु हुन सक्छन् । कारण अवस्था गुण अर्थ र सारमा समेत ँठूलो’ को अर्थहीनता नखुल्ने भए यो व्रह्माण्डमा त्यसको अर्थ स्पष्ट नहुने निश्चित छ ।
हात्ती नचाउने ँमाउतेदाई’ निर्देशकीय भूमिकाले ठूलो मान्न सकिन्छ तर आकार शरीरको आयातन तौल स्वरुप आदिमा र बलको तुजुकमा पनि हात्ती ठूलो हो । यही सामान्य उदाहरणका आधारमा विश्लेषण गर्ने हो भने आ-आफ्नै गुण र कार्यका लागि ँमान्छे’ र ँजनावर’ को ठूलोत्वमा दोष लगाउने ठाउँ छैन । बरु यहाँ नेर त तर्क तर्कना र जिकिरहरुको घोंचपेच र चर्काचर्की चल्छ अन्ततः वस्तुगत यथार्थमा प्राप्त हुने निष्कर्षमा सबै पाटोका पक्ष माथि ध्यान दिइन्छ । संसारको चलिरहेको परिपाटी र अभ्यास भन्दा पृथक गतिलो सोच्नु एउटा प्रयोग हुन सक्छ तर सबै प्रयोग सफल नहुन सक्छन् तथापि असफल प्र्रयोग अभ्यास हुन सक्दैन भन्ने प्रवृत्तिका बबुराहरुको तर्क आफैमा विरोधाभाषपूर्ण छ ।
विज्ञान र प्रविधिले थुप्रै अभूतपूर्व चमात्कारहरुलाई सार्थक तुल्याएको छ । पृथ्वी भित्र अन्तरिक्ष र अन्य ग्रहहरु सम्मको यात्रा सम्भव भएको छ । मानव जनजीवनका थुप्रै गतिविधि र दिनचर्या सहज हुँदै गएको छ । त्यस्तै प्रविधिको दुरुपयोगका कारण मानव समुदाय र पृथ्वीकै लागि अनेकन चुनौतिहरु समेत देखा पर्दै गएका छन् । युगले दु्रत गतिमा फड्गो मार्नुमा विज्ञान र प्रविधिको योगदान छ तर यहीँनेर भूल्न नहुने अर्काे कुरो अन्ततः मानव चेतनाको विकास खोज-अनुसन्धान र कल्पनाशीलताका कारण नै विज्ञान र प्रविधिको उत्पत्ति र विकास भएको छ । अर्थात एक-अर्काका लागि यी दुवै कुराको महत्व र अस्तित्व छ । तर यदि कुनै एकले अर्काेको अस्तित्व स्वीकार्न नसकेको परिस्थितिमा द्वन्द्व सृजना हुने खतरालाई टार्न सकिँदैन ।
प्रवृत्ति आफैमा कमजोरी हो । जो सँग साँढे प्रवृत्ति छ मिचाहा प्रवित्ति छ र जो आफ्नै पाइताला मुनि मात्र अरुलाई किचिरहन चाहन्छ त्यो प्रवृत्ति सबैभन्दा घातक नियतबाट प्रेरित हुन्छ । प्रवृत्तिका बबुराहरुको नियत भन्नु सदासर्वदा आफ्नै पाऊमा अरुले झुकिदिउन् भन्ने हुन्छ । उनीहरु सबैलाई त्यसै गरी झुकिरहेको मात्र देख्छन् तर आफ्नो वास्तविक उचाई चाँहि बिस्रन्छन् । कुनै पनि वृक्षमा जतिधेरै फल लाग्छ त्यो त्यति नै धेरै निहुरिएको हुन्छ यो युग सुरुवात देखिको दृष्टान्त हो । तर जो फलविहीन् छ ऊ सर्वदा आफ्नो कथित अभिमानको खोक्रो गर्वमा उचो र सर्वदा उचो स्थापित रहिरहन खोज्छ । तथापि वस्तुगत मानेमा रित्तो र खोक्रो अभिमान भन्नु साश्वत सत्य हुन सक्दैन सत्यको एउटै महानता वा कमजोरी भन्नु सत्य हुनु नै हो । त्यसैले सत्यलाई नकार्ने प्रवृत्ति त्याग्न जरुरी छ ।