सिंहदेवीको साधारणसभा

दमक, ६ साउन/झापाको दमक–१ स्थित सिंहदेवी सहकारी संस्था लिमिटेडले शुक्रबार साधारणसभा तथा अधिवेशन सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष मित्रप्रसाद पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शिक्षासेवी खेमनाथ दाहाल, दमक नगरपालिका टोल विकास सञ्जालका प्रतिनिधि भरतमणि चुडाल, डाँडागाउँ टोल विकास संस्थाका सचिव पदम न्यौपाने लगायतले बोलेका थिए ।
कार्यक्रममा अािर्थक वर्ष २०६८÷६९ को आर्थिक प्रतिवेदन लेखा संयोजक निर्मला दाहाल (गुरागाई) ले प्रस्तुत गरेकी थिइन् भने संस्थाको आय–व्यय सचिव दीपक बरालले प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने सदस्यहरु, उत्कृष्ट कार्य गर्ने कर्मचारी र सहयोगी पदाधिकारीहरु लगायतलाई पुरस्कृत गरिएको थियो ।
यसैबीच शुक्रबार नै सहकारी संस्थाको नयाँ सञ्चालक समिति समेत चयन गरिएको छ । मित्रप्रसाद पराजुलीको अध्यक्षतामा गठित ९ सदस्यीय समितिका उपाध्यक्ष, सचिव, कोषाध्यक्षमा क्रमशः हेमलता प्रधान, दीपक बराल र गोमा ढकाल छन् भने सदस्यहरुमा राजन अधिकारी, पदम न्यौपाने, कमला अधिकारी, लक्ष्मी कडुवाल, सीता चुडाल छन् ।
त्यस्तै लेखा समिति संयोजकमा भरतमणि चुडाल र सदस्यहरुमा केशव गौतम र धनकुमारी बेघा छन् । सो कार्यक्रममा सञ्चालन सचिव दीपक बरालको रहेको थियो ।

टिप्पणी छोड्नुहोस्