बन्दी रिहाइका लागि गुहार

दमक, ६ साउन/भुटानको जेलमा रहेका एकजना कैदीलाई रिहाइ गर्न आफन्तले विदेशबाटै पहल थालेका छन् ।
भुटानको चेम्गाङ जेलमा रहेका खगेन्द्र खनाललाई रिहागर्न अपिल गर्दै क्यानडामा पुनर्वासमा गएका आफन्तले अन्तराष्ट्रिय रेडक्रस मार्फत पहल गरेका हुन् ।
क्यानडामा रहेका मामा यादव न्यौपाने र दिदी दुर्गा भट्टराइले क्यानेडियन रेडक्रस मार्फत पहल थालेका हुन् । मामा यादवले रेडक्रस मार्फत जेलमा चिठी समेत पठाइएको टेलिफोनमा बताए ।
रेडक्रसले खनाललाई रिहा गर्न पहल समेत थालेको छ । उनी सन् २००८ मा पक्राउ परेका थिए ।

टिप्पणी छोड्नुहोस्