रतुवामा दैनिक विवाद

दमक, ६ साउन/मर्मत भइरहेको झापाको रतुवा पुलमा दैनिकजसो झगडा तथा विवाद हुन थालेको छ ।
त्यहाँको सुरक्षा र ट्राफिक व्यवस्थापन मिलाउन प्रहरीलाई समेत हम्मे–हम्मे भएको छ । एकतर्फी रुपमा यातायातका साधन सञ्चालन गर्नुपर्ने र एकैपटक सवारी साधनको लाम लाग्दा सुरक्षा व्यवस्थापनमा कठिनाई भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक हरि खतिवडाले रतुवा पुलमा ट्राफिक व्यवस्थापनमा कठिनाई भएको बताउँदै त्यहाँ हरहमेशा प्रहरी परिचालन गर्न जनशक्ति कम भएको जानकारी दिए ।
पुलमा केही समय पहिले ट्राफिक प्रहरीको मोबाईल लुटिएपछि दुई दिनसम्म सशस्त्र प्रहरी परिचालन गरिएको थियो । यातायात व्यवसायी र यात्रुबीच समेत पुल पार गर्ने विषयमा विवाद हुन थालेपछि थप कठिनाई भएको प्रहरीको भनाई छ । सडक कार्यालयले भने पुल मर्मतको काममा थप केही दिन लाग्ने स्पष्ट गरेको छ ।

टिप्पणी छोड्नुहोस्