माओवादी बैठकमा प्रचण्ड र बाबुराममाथि नै आक्रमण – मुख्य समाचार

प्रहरी र पूर्व जनसेनाद्वारा उद्दार

काठमाडौं, ६ साउन/एकीकृत नेकपा माओवादीको राजधानीमा जारी विस्तारित बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री समेत रहेका उपाध्यक्ष डा. बाबुराम भट्टराईमाथि नै आक्रमण भएको छ ।

प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि भएको समूहगत छलफलको रिपोर्टिङ गर्ने क्रममा भोजपुरा राज्य समितिको तर्फबाट को बोल्ने भन्न ’bout सुरु भएको विवादले उग्ररुप लिएपछि प्रचण्ड र बाबुराम पक्ष एक–अर्का पक्षका शीर्ष नेताहरूमाथि नै जाइलागेका हुन् ।
विवाद बढ्दै गएपछि प्रचण्डका विश्वासपात्र पोलिटव्यूरो सदस्य प्रभाकर बैठक स्थलबाट बाहिरिन खोजेका उपाध्यक्ष भट्टराईमाथि जाइलागेका हुन् । उनले भट्टराईलाई कठालो समाउने प्रयास गरेका थिए ।
आफ्ना नेतामाथि आक्रमण भएपछि आक्रोसित भट्टराई पक्षीय एक कार्यकर्ताले पार्टी अध्यक्षमाथि नै कुर्सी प्रहार गरे । बैठकमा सहभागी एक नेताका अनुसार कार्यकर्ताले हानेको कुर्सी प्रचण्डको ढाडमा लागेको थियो । प्रचार–प्रसार उपसमिति संयोजक विश्वभक्त दुलालले भने –‘सामान्य विषयमा सुरु भएको विवाद, तानातान र हानाहानको स्थितिमा पुगेको हो । ’
कसरी बढ्यो तनाव ?
शुक्रबार ११ बजे बस्ने भनिएको बन्दसत्र एकघण्टा ढिलो गरी शुरु भयो । बैठक सुरु भए लगत्तै नामावली सूची अनुसार भोजपुराका बलिदान साहलाई अध्यक्षको प्रतिवेदनमाथि भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्न मञ्चमा बोलाइयो । भट्टराई पक्षका साहले बोल्न थाल्ने बित्तिकै मञ्च र तल रहेका प्रचण्ड पक्षका नेता तथा प्रतिनिधिले आफ्ना पक्षका अशोक जैसवालले बोल्नुपर्ने भन्दै हुटिङ गरे ।
भट्टराई पक्षकाले भने साहले बोल्न थालिसकेकोले उनले बोलेपछि अशोकलाई बोल्न दिनुपर्ने बताए । तर, प्रचण्ड पक्षधरले एकोहोरो हुटिङ र होहल्ला गर्न छाडेनन् । यसको नेतृत्व नेतृ अञ्जना विशंखेले गरेकी थिइन् ।
बोल्न थालेका आफ्ना पक्षका नेतालाई अवरोध गरेको भन्दै मञ्चमा रहेका भट्टराई, देवेन्द्र पौडेल लगायतले विरोध जनाए । बोल्नै नपाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ भनेर भट्टराई र पौडेलले प्रतिवाद गरे लगत्तै त्यहीं रहेका प्रचण्ड पक्षधर नेता जनार्दन शर्मा प्रभाकरको पारो तात्यो । ‘गुटबन्दी गर्ने तिमी नै हौ’ भन्दै उनले भट्टराईमाथि हात हाल्न खोजे । सँगै रहेका पौडेल, डिलाराम आचार्य लगायतका नेताहरूले छेकेका कारण्ँ प्रभाकरको हात बाबुराममाथि पर्न पाएन ।
उपाध्यक्षमाथि नै हातपात गर्न खोजेको भन्दै भट्टराई पक्षधर नेताहरूले चर्को विरोध र हुटिङ गरे । त्यो बेला अध्यक्ष प्रचण्डले ‘हैन मिलाऔं, शान्त रहनोस्’ भन्दै थिए । तर, हातपातकै स्थिति आएपछि बाबुराम पक्षधर कार्यकर्ता पनि प्रतिवादमा उत्रिए । बझाङका एक प्रतिनिधिले पार्टी अध्यक्ष प्रचण्डमाथि कुर्सी प्रहार गरे । कार्यकर्ताबाट नै नेताहरू असुरक्षित रहेको थाहा पाएपछि प्रहरीले हस्तक्षेप गरेर शीर्ष नेताहरूलाई ‘रेस्क्यू’ गर्नु परेको स्रोतको भनाई छ ।

बिप्पाले भट्टराई हैरान
काठमाडौं, ६ साउन/पार्टी भित्र आवश्यक छलफल नै नगरी भारत भ्रमणका बेला बिप्पा सम्झौता गरेर आएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई विस्तारिक बैठकमा यहि विषयले हैरान पारेको छ ।
पार्टीमासँगै छँदा मोहन वैद्य किरण पक्षधरले प्रधानमन्त्री एवम् पार्टी उपाध्यक्ष भट्टराईलाई पदमा बसेदेखि आलोचना गर्दै बिप्पा सम्झौतापछि त सडकमै झरेर विरोध गरेको थियो ।
बिप्पा सम्झौता तथा सेना समायोजन, हतियार हस्तान्तरण लगायत शान्ति प्रक्रियासँग जोडिएका मुद्दामा भट्टराईले पार्टी र राष्ट्रहित विपरित कदम चालेको आरोप वैद्य पक्षले लगाउँदै आएका छन् ।
राजधानीमा जारी विस्तारित बैठकमा अध्यक्षको प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्ने क्रममा नेताहरूले बिप्पाको कुरालाई उस्तै जोडतोडले उठाउन थालेपछि उनी तनावग्रस्त बन्दै गएका छन् ।
अध्यक्ष प्रचण्डको प्रदिवेदनमा बिप्पा सम्झौता ठीक वा बेठीक हो भन्ने ’bout प्रष्ट कुरा उल्लेख नभएको भन्दै विस्तारित बैठकमा सहभागी प्रतिनिधिहरूले असन्तुष्टी जनाएका छन् ।
पार्टी नेतृत्ससँग छलफल नै नगरी भट्टराईले बिप्पा सम्झौता गरेको कुरा बाहिर चर्चामा रहे पनि अध्यक्षको प्रतिवेदनमा यस’bout केही उल्लेख छैन ।
विस्तारित बैठकमा विप्पाको कुरा उठाएर भट्टराईको आलोचना हुन थालेपछि प्रधानमन्त्री पत्नी हिसिला यमीले भने बिप्पा सम्झौताको पुस्तिका नै बोकेर बाँड्दै हिँडेकी छिन् । शुक्रबार उनले बैठक स्थलमा पुस्तिका लगेर बाँडेकी हुन् । उनले छोरीको रातो झिल्को नाम गरेको जर्नल र विप्पाको पुस्तिकासँगै लगेर कार्यकर्तालाई बाँडेको बैठकमा सहभागी एक नेताले बताए । बिप्पा ’boutको भ्रम हटाउन भन्दै उनले यसो गरेकी हुन् ।
यस्तै विस्तारित बैठकमा सहभागी प्रचण्ड पक्षधर नेताहरूले गृहकार्य नै नगरी समायोजन प्रक्रिया थालेको भनेर पनि भट्टराईको आलोचना गरेका छन् । पूर्व लडाकुलाई सेनामा समायोजन गर्ने विषयमा पहिल्यै उमेर र शिक्षा’bout प्रष्ट अडान नलिँदा अहिले प्रक्रिया अवरुद्ध भएको उनीहरूको भनाई छ ।

कमाण्डरलाई ४ वर्ष जेल

पाँचथर, ६ साउन/जिल्ला प्रशासन कार्यालय पाँचथरले गत वर्षअघि हतियार सहित पक्राउ परेका भूमिगत लिम्बुवान राष्ट्रिय परिषद् (स्वतन्त्र) का कमाण्डर (अध्यक्ष) राजेन्द्र सिगूलाई ४ वर्ष काराबास र ६५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको इजलासले भूमिगत समूहका नेतालाई हात हतियार तथा खरखजानाको मुद्दामा उक्त सजाय गरेको हो ।
प्रहरीका अनुसार प्रहरीले गत वर्षको जेठ १७ गते सिगूलाई उनको पञ्चमी–६ को घरबाट एक थान कटुवा पेस्तोल, एक राउण्ड गोली, धनुषकाँण र तीर सहित पक्राउ गरेको थियो । जिल्ला प्रशासनको आदेशले थुनामा रहेका उनले भूमिगत समूहको नाममा विभिन्न व्यक्तिलाई धम्क्याएर चन्दा उठाउने गरेका थिए ।

इलाममा बल्ल ६० प्रतिशत रोपाईँ सकियो

इलाम, ६ साउन/पानी नपरेपछि साउन लागिसक्दा समेत इलामका सबै किसानले अझै धान रोप्न पाएका छैनन् । पानी नपरेकाले इलाममा अहिलेसम्म ६० प्रतिशत मात्र धान रोपाइ“ सकिएको छ । अघिल्लो बर्È समयमा नै मनसुन हु“दा असार मसान्त सम्म ८० प्रतिशत रोपाइ“ सकिएकोमा यस पटक भने मनसुनकै कारण्ँ ढिला भएको हो ।
समयमा समयमा पानी नपरेका कारण अझै रोपाई गर्न नसकिएको सोयाङ्ग–६ का किसान दाताराम सञ्जेलले बताए । वर्षेनी एक मुरी वीउको धान रोप्दै आएका उनले पानी नभएकै कारण हालसम्म रोपाईको सुरसार नभएको बताए ।
त्यस्तै माई, जोगमाई, पुवामाई, रतुवा आसपासका बेंसीहरू र दक्षिणी गाविस दानाबारी, चुलाचुली, महमाई, बा“झो, इभाङ्गलगायतका पनि रोपाईं हुन नसकेको किसानहरूले बताएका छन् । कतिपय खेतहरूमा मकै निकाले मात्र रोपाई गरिने भएकाले पनि धान रोप्न ढिला भएको बताईको छ ।
साउनको पहिलो हप्तासम्म पनि रोपाई आधा मात्र सकिनु दुर्भाग्य हो । यसले धान उत्पालनलाई पक्के असर पु¥याउने किसानहरू बताउ“छन् ।
इलाममा १४ हजार आठ सय हेक्टर जमिनमा धान खेती हु“दै आएको छ । जसमध्ये करिव सात हजार हेक्टरमा रोपाई सकिएको जिल्ला कृÈि विकास कार्यलयले जनाएको छ । जिल्लामा आधा खेतमा मात्र सि“चाई सुविधा छ । धेरै ठाउ“मा धान रोप्न किसानहरूले आकासे पानीको भर पर्नुपर्ने जिल्ला कृषि विकास कार्यालयका अधिकृत राजेन्द्र मल्ले बताए । जिल्लामा मुख्यगरी मन्सुली, भाले मन्सुली, राधा १७, राधा १२, बासमति, मिथिला, सावित्री, जातका धान लगाईने गरिन्छ ।
देशभर मलको अभाव भईरहेका बेला इलाममा भने मल अभावको खासै असर पारेन । धेरै किसानहरूले गोबर मल नै प्रयोग गर्ने गरेकाले रासायनिक मल नहु“दा पनि खासै प्रभाव नपारेको कार्यालयका अधिकृत मल्लले जानकारी दिए ।
समयमा नै पानी नपरेपछि निरास बनेका किसानहरू यतीबेला मनशुन सक्रिय हुनसाथ खेत–खेतमा देखिएका छन् । साउन लागिसक्दा पनि किसानहरू धान रोप्न व्यस्त छन् ।

‘मुलुकको समृद्धिका लागि सहकारी’

दमक, ६ साउन/देशका विपन्न वर्गलाई आर्थिक रुपले समृद्ध बनाएर मुलुक निर्माण गर्नु नै सहकारीको मुख्य अभियान भएको शुक्रबार झापाको दमकमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।
गृहणी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड दमक–११ को प्रारम्भिक साधारणसभामा बोल्दै उनीहरुले सहकारीमा इमान्दारिता, पारदिर्शता र लगनशीलताको आवश्यकता पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी संघका सञ्चालक गणेश बस्नेत, जिल्ला सहकारी संघ झापाका अध्यक्ष हरिचरण बानियाँ, डाँफे बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक चुडामणि ओझा, सहकारीकर्मी पुष्पप्रभा घिमिरे लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष कृष्ण तिम्सिनाको अध्यक्षतामा  कार्यक्रममा सम्पन्न भएको थियो । संस्थामा ४ सय बढी महिला शेयर सदस्यहरु रहेका बताइन्छ ।

मन्दिरबाट मिश्र हटाइए

लखनपुर/औँशीमा गोरु जोतेर धार्मिक अवहेलना गरेको भन्दै लखनपुर–१ सितापुरीस्थित लक्ष्मीनारायण मन्दिरमा पीडित राघविन्द्र मिश्र निकालिएका छन् । करिब ४ वर्षदेखि मन्दिरको दैनिक पुजापाठ गरिआएका पण्डित मिश्रले बिहीबार आफ्नो खेतमा गोरु जोतेको आरोप लगाउँदै उनलाई मन्दिरका पुजापाठबाट हटाइएको मन्दिरका अध्यक्ष लेखनाथ गौतमले जानकारी दिए । मन्दिरका दाता, गाउँलेहरूको शुक्रबार बसेको भेलाले पण्डित मिश्रले धार्मिक अवहेलना गरेकाले नियमानुसार हटाइएको गौतमको भनाई छ । ४÷५ वर्षदेखि स्थानीयस्तरमा सञ्चालनमा आएको सो मन्दिर स्थापना गर्न दाता जानुकादेवी निरौलाले १२ कठ्ठा जग्गा दान गरेका थिए ।

सिंहदेवीको साधारणसभा

दमक, ६ साउन/झापाको दमक–१ स्थित सिंहदेवी सहकारी संस्था लिमिटेडले शुक्रबार साधारणसभा तथा अधिवेशन सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष मित्रप्रसाद पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शिक्षासेवी खेमनाथ दाहाल, दमक नगरपालिका टोल विकास सञ्जालका प्रतिनिधि भरतमणि चुडाल, डाँडागाउँ टोल विकास संस्थाका सचिव पदम न्यौपाने लगायतले बोलेका थिए ।
कार्यक्रममा अािर्थक वर्ष २०६८÷६९ को आर्थिक प्रतिवेदन लेखा संयोजक निर्मला दाहाल (गुरागाई) ले प्रस्तुत गरेकी थिइन् भने संस्थाको आय–व्यय सचिव दीपक बरालले प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने सदस्यहरु, उत्कृष्ट कार्य गर्ने कर्मचारी र सहयोगी पदाधिकारीहरु लगायतलाई पुरस्कृत गरिएको थियो ।
यसैबीच शुक्रबार नै सहकारी संस्थाको नयाँ सञ्चालक समिति समेत चयन गरिएको छ । मित्रप्रसाद पराजुलीको अध्यक्षतामा गठित ९ सदस्यीय समितिका उपाध्यक्ष, सचिव, कोषाध्यक्षमा क्रमशः हेमलता प्रधान, दीपक बराल र गोमा ढकाल छन् भने सदस्यहरुमा राजन अधिकारी, पदम न्यौपाने, कमला अधिकारी, लक्ष्मी कडुवाल, सीता चुडाल छन् ।
त्यस्तै लेखा समिति संयोजकमा भरतमणि चुडाल र सदस्यहरुमा केशव गौतम र धनकुमारी बेघा छन् । सो कार्यक्रममा सञ्चालन सचिव दीपक बरालको रहेको थियो ।

धनेश्वरको वार्षिकोत्सव

दमक, ६ साउन/झापाको दमक–१० स्थित धनेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेड दमकले शुक्रबार आफ्नो तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष अशोक थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्येष्ठ शेयर सदस्य टिकादत्त दाहाल, भीमप्रसाद न्यौपाने, मोहन कार्की र गीता लामा लगायतले बोलेका थिए ।
संस्थाका सचिव लक्ष्मी उप्रेतीको सञ्चालन रहेको कार्यक्रमका बीच वार्षिक आय–व्यय समेत प्रस्तुत गरिएको थियो । दमक÷झापाको दमक–१० स्थित धनेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेड दमकले शुक्रबार आफ्नो तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष अशोक थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्येष्ठ शेयर सदस्य टिकादत्त दाहाल, भीमप्रसाद न्यौपाने, मोहन कार्की र गीता लामा लगायतले बोलेका थिए ।
संस्थाका सचिव लक्ष्मी उप्रेतीको सञ्चालन रहेको कार्यक्रमका बीच वार्षिक आय–व्यय समेत प्रस्तुत गरिएको थियो ।

मालपोतमा राप्रपा नेपालको ज्ञापन पत्र

दमक, ६ साउन/मालपोत कार्यालय दमकमा सेवाग्राहीले चर्को सास्ती खेप्नु परेको भन्दै सुधारका लागि राप्रपा नेपालले शुक्रबार ज्ञापन पत्र बुझाएको छ ।
संगठनका नगर अध्यक्ष थापाले सेवाग्राहीका गुनासा सम्बोधन गर्न विभिन्न मागहरू अघि सार्दै कार्यालयका प्रमुख डा. बच्चुराम कार्कीलाई त्यस्ता माग पत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउन अध्यक्ष थापा सहित पार्टीका केन्द्रीय सदस्यहरूमा राम थापा, धनेन्द्र सुब्बा लगायत रहेका थिए । सो अवसरमा ज्ञापन पत्र बुझ्दै प्रमुख कार्कीले
 सेवाग्राहीका गुनासा हटाउन आफू क्रियाशील रहने प्रतिबद्धता जनाएका थिए । यस्तै पार्टीले नापी दमकमा समेत केही दिन अघि सेवा प्रणालीमा गुनासा आएको स्मरण गराउँदै तत्काल सुुधार गर्न ज्ञापन पत्र बुझाएका पार्टीका केन्द्रीय सदस्य थापाले जानकारी दिए ।

बन्दी रिहाइका लागि गुहार

दमक, ६ साउन/भुटानको जेलमा रहेका एकजना कैदीलाई रिहाइ गर्न आफन्तले विदेशबाटै पहल थालेका छन् ।
भुटानको चेम्गाङ जेलमा रहेका खगेन्द्र खनाललाई रिहागर्न अपिल गर्दै क्यानडामा पुनर्वासमा गएका आफन्तले अन्तराष्ट्रिय रेडक्रस मार्फत पहल गरेका हुन् ।
क्यानडामा रहेका मामा यादव न्यौपाने र दिदी दुर्गा भट्टराइले क्यानेडियन रेडक्रस मार्फत पहल थालेका हुन् । मामा यादवले रेडक्रस मार्फत जेलमा चिठी समेत पठाइएको टेलिफोनमा बताए ।
रेडक्रसले खनाललाई रिहा गर्न पहल समेत थालेको छ । उनी सन् २००८ मा पक्राउ परेका थिए ।

रतुवामा दैनिक विवाद

दमक, ६ साउन/मर्मत भइरहेको झापाको रतुवा पुलमा दैनिकजसो झगडा तथा विवाद हुन थालेको छ ।
त्यहाँको सुरक्षा र ट्राफिक व्यवस्थापन मिलाउन प्रहरीलाई समेत हम्मे–हम्मे भएको छ । एकतर्फी रुपमा यातायातका साधन सञ्चालन गर्नुपर्ने र एकैपटक सवारी साधनको लाम लाग्दा सुरक्षा व्यवस्थापनमा कठिनाई भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक हरि खतिवडाले रतुवा पुलमा ट्राफिक व्यवस्थापनमा कठिनाई भएको बताउँदै त्यहाँ हरहमेशा प्रहरी परिचालन गर्न जनशक्ति कम भएको जानकारी दिए ।
पुलमा केही समय पहिले ट्राफिक प्रहरीको मोबाईल लुटिएपछि दुई दिनसम्म सशस्त्र प्रहरी परिचालन गरिएको थियो । यातायात व्यवसायी र यात्रुबीच समेत पुल पार गर्ने विषयमा विवाद हुन थालेपछि थप कठिनाई भएको प्रहरीको भनाई छ । सडक कार्यालयले भने पुल मर्मतको काममा थप केही दिन लाग्ने स्पष्ट गरेको छ ।